• |

फेसबुकमा बलीउडका टप टेन स्टारहरु

सोसल नेटवर्किङ साइड फेसबुकको क्रेज बलीउडमा पनि अत्याधिक रहेको पाइन्छ । बलीउडका अधिकाँश स्टारहरुको फेसबुकमा अफिशियल पेज रहेको पाइन्छ । उक्त पेजहरुमा करोडौँको संख्यामा लाइक देख्न सकिन्छ । फेसबुकको यो रेशमा टप टेनमा पर्न सफल कलाकारहरु यस प्रकार रहेका छन् ।

१ दीपिका पादुकोण- वर्ष २०१३ मा आफ्ना चलचित्र मार्फत धमाल मच्चाउन सफल अभिनेत्री दीपिका पादुकोण फेसबुकको यो रेशमा नम्मर वानमा रहेकी छिन् । उनको अफिशियल पेजलाई १ करोड ४३ लाखले मन पराएका छन् । दीपिका अभिनीत चलचित्र राम लीला ,चेन्यइ एक्सप्रेश र रेश -२ गरी तीन वटा चलचित्रले गत वर्ष सय करोड क्लबमा प्रबेश गरेका थिए । अहिले पनि दीपिकाले अधिकाँश ठूला प्रोजेक्टमा काम गरिरहेकोले यस वर्ष पनि उनी अत्याधिक सफल हुने बिश्वास गरिएको छ ।

२ सलमान खान- बलीउडका चर्चित नायक सलमान खानको फेसबुकमा पनि चर्चा कम छैन । उनको अफिशियल पेजलाई १ करोड ४२ लाख ४३ हजारले लाइक गरेका छन् । सलमान अभिनीत पछिल्लो चलचित्र जय हो ले बक्स अफिसमा धमाकेदार व्यापार गर्न नसके पनि सय करोड क्लवमा भने प्रवेश गरेको थियो । गत वर्ष भने उनी अभिनीत कुनैपनि चलचित्र रिलीज भएन ।

३ आमिर खान -मिस्टर परफेक्टनेस अमिर खान यस लिष्टमा तेश्रो नम्मरमा रहेका छन् । उनको अफिशियल पेजलाई १ करोड १० लाख ३५ हजारले लाइक गरेका छन् । गत वर्ष उनी अभिनीत चलचित्र धुम- ३ ले बलीउडमा अहिलेसम्म बनेका संपूर्ण रेकर्ड ब्रेक गर्न सफल भएको थियो । गत मार्च २ देखी प्रसारण भइरहेको चर्चित टेलीभिजन कार्यक्रम सत्यमेव जयते सिजन २ पछि उनको यो रेश अझ अगाडी बढ्ने देखिएको छ ।

४ प्रियंका चोपडा -पूर्व बिश्व सुन्दरी एवं बलीउड सफल नायीका प्रियंका चोपडा फेसबुक लाइकमा चौथो नम्मरमा रहेकी छिन् । उनको अफिशियल पेजलाई १ करोड ८ लाखले लाइक गरेका छन् । वर्ष २०१३ मा उनी अभिनीत चलचित्र कृष- ३ अत्याधिक सफल भएको थियो । यो वर्षको शुरुमा रिलीज भएको उनी अभिनीत पछिल्लो चलचित्र गुण्डे पनि व्यबसायीक रुपमा सफल भएको छ ।

५ सनी लियोन- क्यानडीयन पोर्न स्टार तथा बलीउड अभिनेत्री सनी लियोनको फेसबुक पेजमा पनि १ करोड बढीको लाइक देख्न सकिन्छ । उनको अफिशियल पेज १ करोड ४ लाख ५८ हजार लाइकको साथ टप टेनको पाँचौ स्थानमा रहेको छ । प्रदर्शनको तयारीमा रहेको चलचित्र रागिनी एम एम एस -२ को कारण सनी यतिबेला चर्चामा छिन् । हरर चलचित्र रागिनी एमएमएस -२ को ट्रेलर पोर्न साइडमा पनि रिलीज गरिएको थियो ।

६ अमिताव बच्चन- बलीउड महानायक अमिताव बच्चन फेसबुक लाइकको मामलामा अलि पछाडि नै रहेका छन् । उनको अफिशियल पेजमा १ करोड १० लाख लाइक रहेको छ । तर पनि अन्य कलाकार भन्दा उनको पेज लाइक गर्नेको संख्या तिब्र रुपमा बढेको पाइएको छ । पछिल्लो समय चलचित्रमा उती सा¥हो व्यस्त नभए पनि उनको चर्चामा कमी भने आएको छैन । यस वर्ष उनी अभिनीत चलचित्र भूतनाथ- २ प्रदर्शनमा आउने छ ।

७ अक्षय कुमार- बलीउड एक्सन किङ अक्षय कुमार पनि फेसबुक लाइकको दृष्टीमा पछाडि नै रहेका छन् । उनको अफिशियल पेजमा ८३ लाखले लाइक गरेका छन् । फेसबुक टप टेनमा सातौ नम्मरमा रहेका अक्षय कुमार अभिनीत चलचित्र राउडी राठौरले वर्ष २०१३ मा सय करोड क्लबमा प्रवेश गरेको थियो । उनी अभिनीत प्रदर्शनमा आएको पछिल्लो चलचित्र वोशले बक्सअफिसमा धमाल मच्चाउन असफल भएको थियो ।

८ सोनाक्षी सिन्हा -छोटो समयमै बलीउडमा निकै सफल हुन सफल अभिनेत्री सोनाक्षी सिन्हाको अफिशियल पेजले ७८ लाख लाइक पाएको छ । फेसबुक पेजलाई आधार मान्दा बलीउडमा टप टेनको आठै स्थानमा पर्न सफल सोनाक्षी अन्य कलाकार भन्दा फेसबुकमा बढी सक्रिय देखिन्छिन् । आफ्ना नयाँ नयाँ फोटो फेसबुकमा सेयर गरीरहने यी नायीकाको पछिल्लो प्रदर्शित चलचित्र आर राजकुमार हो । यो चलचित्र सय करोड क्लबमा प्रबेश नगरे पनि सफल चलचित्रको लिस्टमा रहेको छ ।

९ शाहरुख खान- बलीउड बादशाहको रुपमा परिचित नायक शाहरुख खान फेसबुकमा भने निकै पछाडी रहेका छन् । उनको अफिशियल पेजलाई केवल ७२ लाखले मात्र लाइक गरेका छन् । वर्ष २०१३ मा प्रर्दशित उनी अभिनीत चलचित्र चेन्यइ एक्सप्रेश दुई सय करोड क्लबमा प्रवेश गरेको थियो ।

१० सोनम कपूर- बलीउड सफल नायक अनिल कपूरकी छोरी सोनम कपूर पनि फेसबुक लाइकको आधारमा टप टेनमा अटाएकी छिन् । उनी अभिनीत पछिल्लो चलचित्र बेबकुफियाले राम्रो चर्चा पाए पनि व्यबसायीक श्रपमा असफल भएको थियो ।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

विवादका कारण भक्तपुर क्षेत्र नं २ मा मतगणना शुरु हुन सकेन

काठमाण्डौँ क्षेत्र नं ५ मा पोखरेल अगाडि

मतपेटिकालाई लक्षित गरी दुईवटा बम विस्फोटन

प्रकाशमान सिंहलाई कडा टक्कर दिदैं रविन्द्र मिश्र

मोरङमा मतगणना शुरु