• |

व्रिसवेनमा दशककै शक्तिशाली आँधी, ५० हजार घर अन्धकार

व्रिसवेन । क्वीन्सल्याण्डको दक्षिण पश्चिमी क्षेत्र व्रिसवेनमा आएको दशककै ठूलो आँधीका कारण जनजीवन अस्तव्यस्त भएको छ ।
१ सय ४० किलोमिटर प्रतिघण्टाको गतिमा आएको आँधीका कारण लाखौं डलरको क्षति भएको छ भने मानवीय क्षतीको विवरण आइसकेको छैन । यद्यपि स्थानीय प्रहरीले अहिलेसम्म मानवीय क्षति नभएको दावी गरेको छ । प्रहरीका अनुसार घटनामा १२ जना घाइते भएका छन् । आँधी सँगै ठूला ठूला असिना पनि परेपछि जनजीवन अस्तव्यस्त बनेको थियो ।
ठूलो प्राकृतिक विपद आएपछि सरकारले उद्दार र सफाईका निम्ति सेना परिचालन गर्ने निर्णय गरेको छ । आँधीका कारण अझै ५० हजार घरहरु अन्धकार भएका छन् । त्यहाँ रहेका लाखौं स्थानीयहरुले विजुलीविना नै रात कटाउनु परेको छ ।
कयौं यातायातका साधनहरुमा क्षति पुगेको छ ।
ब्रिसबेनको मुख्य केन्द्रसहित अन्य ठाउँको क्षतिको विवरण संकलन कार्य जारी रहँदा कम्तिमा १ सय मिलियन डलरभन्दा बढीको क्षती भएको अनुमान छ ।
गर्मीको मौसममा समेत यस किसिमको आँधी, हावाहुरी र साथै असिना पर्दा स्थानीयहरु अन्यौलमा परेका छन् । जलवायु परिवर्तनका कारण यस्तो भएको हुन सक्ने विज्ञहरुको अनुमान छ ।
सरकारले विद्युत सुचारु गर्ने प्रयत्न गरिरहेको छ । जस अनुसार १ सय २० जना कर्मचारी यसैमा खटिएको स्थानीय सरकारले जनाएको छ ।

सम्बन्धित समाचार

अष्ट्रेलियामा बिभिन्न मनोरञ्जनात्मक कार्यक्रम सहित सुर्के थैली साँझ हुदैं

20562071_1035184113283972_22221013_n

अष्ट्रेलिया । नेपाली गीत संगीत लाई आजको दिन सम्म पुर्याउने सधैं नौलो र मिठो शब्द संगीत भर्न अब्बल सर्जक राजन…

अष्ट्रेलियामा नेपाली खाना प्रर्बधन कार्यक्रम सम्पन्न

17203501_1390669787652322_230605292_n

अष्ट्रेलिया, २६ फागुन । युनिग्लोव विजनेस ग्रुप तथा क्युइनस्फोर्ड कलेजको सहकार्य र टु टेबलको आयोजनामा अष्ट्रेलियाको व्रिस्वेनमा एकदिनको नेपाली खाना…

अष्ट्रेलियाको पर्थमा नेपालीमाँझ जात्रा

jatra

गत शुक्रबार देखि अल नेपाल प्रदर्शनमा आएको चलचित्र ‘जात्रा ‘ले दर्शकको उच्च साथ पाएको छ । चलचित्रलाई समिक्षक तथा दर्शकहरुले…

अष्ट्रेलियामा बेजोड प्रस्तुतिको तयारीमा शिव परियार र अल्मोडा उप्रेती

musical night

नजिकिदै गरेका चाडवाडलाई मध्यनजर गर्दै अष्ट्रेलियाका बिभिन्न शहरहरुमा बृहत सांगीतिक कार्यक्रम म्युजिकल नाईट हुने भएको छ । म्युजिकल नाईटको सुरुवात…

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

बलात्कार गरेको आरोपमा एक पक्राउ

दुई सय ६५ जनामा स्क्रब टाइफस, १८ जनामा डेंगु रोगको संक्रमण

यमपञ्चकको दोस्रो दिन आज कुकुर तिहार

चितवनमा मतदाता संख्या तीन लाख ५४ हजार

स्वास्थ्य संस्थाको चल र अचल सम्पत्ति अब स्थानीय तह मातहतलाई जिम्मा