• |

‘इन्टरस्टेट स्पोटर्स मिट’ सम्पन्न

भिक्टोरिया । नेपलिज एसोसिएसन अफ भिक्टोरियाको आयोजनामा टिडब्लुजीजी इन्टरस्टेट स्पोर्टर्स मिट–२०१४ भिक्टोरियामा भव्य रुपमा सम्पन्न भएको छ ।
डिसेम्बर २७ र २८ गते भएको खेलकुदमा ब्याडमिण्टन, टेबलटेनिस, टेनिस, गल्फ र क्रिकेट प्रतियोगिता आयोजना गरिएको थियो ।
भिक्टोरियाको मेलवर्नमा भएको खेलमा आठ वर्षका बालबालिका देखि ६६ वर्षसम्मका जेष्ठ नागरिकहरुको सहभागिता रहेको थियो ।
नेपालीहरुको आयोजनामा भएको कार्यक्रम खेलको महोत्सव जस्तो देखिएको थियो । जहाँ दुई सय जना खेलाडी सहित झण्डै पाँच सय जनाको सहभागिता रहेको थियो ।
खेलकुदको माध्यमबाट गरिएको उक्त जमघटमा सहभागी हुन भिक्टोरिया, न्यू साउथ वेल्स, क्युन्सल्याण्ड, एसिटी, दक्षिण अष्ट्रेलिया र न्युजील्याण्डबाट समेत सहभागी भएका थिए ।
नेपलिज एसोसिएसन भिक्टोरियाले दोस्रो पटक गरेको कार्यक्रम अन्तर्गतको गाला डिनरमा ३७५ जनाको सहभागिता रहेको थियो ।
कार्यक्रममा यारा सिटीका मेयर काउन्सिलर फिलिप भ्लाहोगिअन्निस, भिक्टोरियाका लागि नेपाली महावाणिज्य दुत चन्द्र योञ्जन, आदीवासी समाज भिक्टोरियाका अध्यक्ष इडल माइकल्फ, टेबल टेनिस भिक्टोरियाका प्रमुख कार्यकारी अधिकृत अना किङ र व्याड्मिण्टन भिक्टोरियाका निर्देशक पिटर रोबर्टसर््को पनि उपस्थिति रहेको थियो ।
खेलकुद कार्यक्रमहरुमार्फत स्थास्थ्य तथा फिटनेशमा सुधार तथा बढुवा, विभिन्न राज्यहरुसँगको सम्बन्ध तथा सामाजिक सहभागिता तथा सहयोग बढाउन कार्यक्रमको आयोजना गरिएको हो । यस्तै, प्रतिस्पर्धा र आत्मविश्वास बढाउने, युवाहरुको क्षमतालाई उजागर गर्ने, खेलसँग सम्बन्धित सँस्थाहरुको सँगको सहकार्य बढाउने तथा हातेमालो मार्फत व्यापार प्रबद्र्धनमा पनि सहयोग पुगोस भन्ने हेतुले कार्यक्रमको आयोजना गरिएको थियो ।
प्रतियोगिता अन्तर्गत क्रिकेटमा भिक्टोरिया क्रिकेट टिम विजयी भएको छ भने न्यु साउथ वेल्स क्रिकेट टिम फस्ट रनर अप र क्युन्सल्याण्ड क्रिकेट टिम सेकेण्ड रनरअप भए ।
यस्तै गल्फको च्याम्पियनसिप लोब्साङ ठुटप भए । अर्को नेपलिज इन्टरस्टेट स्पोर्ट मिट क्युन्सल्याण्डमा सन् २०१६ मा हुने भएको छ ।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

बलात्कार गरेको आरोपमा एक पक्राउ

दुई सय ६५ जनामा स्क्रब टाइफस, १८ जनामा डेंगु रोगको संक्रमण

यमपञ्चकको दोस्रो दिन आज कुकुर तिहार

चितवनमा मतदाता संख्या तीन लाख ५४ हजार

स्वास्थ्य संस्थाको चल र अचल सम्पत्ति अब स्थानीय तह मातहतलाई जिम्मा