• |

प्रधानमन्त्री आकस्मिक रुपमा ईराक भ्रमणमा

सहायता बढाउने

सिड्नी । अष्ट्रेलियाका प्रधानमन्त्री टोनी एबोटले आकस्मिक रुपमा ईराकको भ्रमण गरेका छन् ।
आफ्ना इराकी समकक्षी हैदर अल अबादीसँग ईस्लामिक स्टेटविरुद्धको ईराकी कारवाहीको विषयमा छलफल गर्न एबोट इराक गएका हुन् ।
भेटमा इराकी प्रधानमन्त्री हैदरले सहयोगका निम्ति अष्ट्रेलिया सरकार र प्रधानमन्त्री एबोटलाई धन्यवाद दिएका छन् ।
त्यस अवसरमा अष्ट्रेलियाका प्रधानमन्त्री एबोटले अतिवादीविरुद्धको कारवाही ईराकको मात्र चासोको विषय नभएर यो विश्वकै चासोको विषय भएको बताए ।
एबोटले भने–‘यो संघर्ष विश्वकै निम्ति हो, उनीहरुले जुन किसिमको गतिविधि गरिरहेका छन्, यो विश्वको निम्ति चुनौती हो । ईस्लामिक स्टेटका नाममा उनीहरुले जस्तो खालको गतिविधि गरेका छन्, त्यसले उनीहरु विश्व मानवताविरुद्ध नै लागेका छन् भन्ने पुष्टि हुन्छ ।’
एबोटले अतिबादीहरुका कारण लाखौं विस्थापित हुनुपरेको दशौं हजार मारिएको तथा अपहरण, हत्या, बलात्कार जस्ता घटना भएका कारण यस क्षेत्र नै अशान्त बनेको बताए । उनले अशान्तिको बाछिटा अष्ट्रेलियासम्म पुगेको भन्दै अष्ट्रेलियाका प्रधानमन्त्री एबोटले ईराकमा मानवीय सहायता अझै बढाउने घोषणा पनि गरेका छन् ।
एबोटसँगै अष्ट्रेलियाका नयाँ रक्षामन्त्री केबिन एन्ड्रयू पनि इराक भ्रमणमा गएका छन् ।
उनीहरुले अष्ट्रेलियन मिलिटरी बेसको पनि भ्रमण गरी उनीहरुले गरेको कार्यको उच्च प्रशंसा पनि गरेका छन् ।

सम्बन्धित समाचार

अष्ट्रेलियामा बिभिन्न मनोरञ्जनात्मक कार्यक्रम सहित सुर्के थैली साँझ हुदैं

20562071_1035184113283972_22221013_n

अष्ट्रेलिया । नेपाली गीत संगीत लाई आजको दिन सम्म पुर्याउने सधैं नौलो र मिठो शब्द संगीत भर्न अब्बल सर्जक राजन…

अष्ट्रेलियामा नेपाली खाना प्रर्बधन कार्यक्रम सम्पन्न

17203501_1390669787652322_230605292_n

अष्ट्रेलिया, २६ फागुन । युनिग्लोव विजनेस ग्रुप तथा क्युइनस्फोर्ड कलेजको सहकार्य र टु टेबलको आयोजनामा अष्ट्रेलियाको व्रिस्वेनमा एकदिनको नेपाली खाना…

अष्ट्रेलियाको पर्थमा नेपालीमाँझ जात्रा

jatra

गत शुक्रबार देखि अल नेपाल प्रदर्शनमा आएको चलचित्र ‘जात्रा ‘ले दर्शकको उच्च साथ पाएको छ । चलचित्रलाई समिक्षक तथा दर्शकहरुले…

अष्ट्रेलियामा बेजोड प्रस्तुतिको तयारीमा शिव परियार र अल्मोडा उप्रेती

musical night

नजिकिदै गरेका चाडवाडलाई मध्यनजर गर्दै अष्ट्रेलियाका बिभिन्न शहरहरुमा बृहत सांगीतिक कार्यक्रम म्युजिकल नाईट हुने भएको छ । म्युजिकल नाईटको सुरुवात…

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

विवादका कारण भक्तपुर क्षेत्र नं २ मा मतगणना शुरु हुन सकेन

काठमाण्डौँ क्षेत्र नं ५ मा पोखरेल अगाडि

मतपेटिकालाई लक्षित गरी दुईवटा बम विस्फोटन

प्रकाशमान सिंहलाई कडा टक्कर दिदैं रविन्द्र मिश्र

मोरङमा मतगणना शुरु