• |

अष्ट्रेलियाली प्रमुख प्रतिपक्षी दलले दियो नेपाली नयाँ बर्षको शुभकामना

सिड्नी । नेपाली नयाँ बर्ष २०७२ को अवशरमा अष्ट्रेलियाको प्रमुख प्रतिपक्षी दल लेवर पार्टीका नेताहरुले नेपालीलाई शुभकामना दिएका छन् । अष्ट्रेलियन लेवर पार्टीमा सक्रिय नेपाली समुदायका नेता भरत नेपाल मार्फत उक्त पार्टीका नेताहरुले नेपालीहरुलाई नयाँ बर्ष २०७२ को शुभकामना दिएका हुन् । नेपाली समुदायका नेता भरत नेपालले अनलाईन चौतारीसँग कुरा गर्दै अष्ट्रेलियावासी नेपालीहरुको भावनालाई कदर गरेर राजनीतिक दल र नेताहरुबाट यस्तो शुभकामना प्राप्त भएकोमा नेपाली समुदायका तर्फबाट धन्यबाद ज्ञापन गरेका छन् ।

अष्ट्रेलियन लेवर पार्टीका तर्फबाट संसदमा प्रतिनिधित्व गर्ने छाया प्रधानमन्त्री विल शोर्टेन र नागरिकता तथा बहुसाँस्कृतिक छाया मन्त्री मिशेल रोल्याण्डले संयुक्त शुभकामना पत्र लेखेर नेपाली समुदायको मन जितेका छन् ।

उनीहरुले शुभकामना बक्तव्यमा भनेका छन् लेबर पार्टीको संघीय संसदीय दलका तर्फबाट हामी नेपाली नयाँ बर्ष मनाउने सबै अष्ट्रेलियनहरुलाई हार्दिक शुभकामना दिन चाहन्छौं । बक्तव्यमा नेपाली संस्कृति, खाना र संगीत अष्ट्रेलियन जीवन शैलीमा भिजिसकेको भन्दै यो प्रभाव पार्ने नेपालीपनको प्रशंशा गरिएको छ । र भनिएको छ नेपाली नयाँ बर्ष अघिल्ला बर्षहरुको प्रतिविम्ब समिक्षा गर्ने महत्वपूर्ण अवशर पनि हो । यो महत्वपूर्ण अबशरमा अष्ट्रेलियन लेवर पार्टी अष्ट्रेलियालाई सफल राष्ट्र बनाउन महत्वपूर्ण योगदान गर्ने नेपाली समुदायलाई हार्दिक धन्यबाद ज्ञापन गर्दछ ।

वक्तव्यमा अझ अगाडि भनिएको छ अष्ट्रेलिया धेरै संस्कृति र धर्म मान्ने प्रत्येक मानिसको कथाबाट अगाडि बढेको छ र यो वहुलताले अन्य क्षेत्रहरुसँग हाम्रो सम्बन्ध मजबूत बनाएको छ । हामीलाई गहिरो बिश्वास छकी बहुसाँस्कृतिकताले अष्ट्रेलियालाई समृद्ध र सम्मुन्नत राष्ट्रमा रुपान्तरण गरेको छ । यो रुपान्तरणका लागि तपाईहरुजस्तो समुदायको महत्वपूर्ण योगदान छ ।

सम्बन्धित समाचार

अष्ट्रेलियामा नेपाली विद्यार्थी चौथो स्थानमा

Nepali-Student-Graduating-1-13022017103126-1000x0

नारायण खड्का अष्ट्रेलियामा अध्ययनका लागि विद्यार्थी भिसा पाउने देशहरुमा नेपाल चौथो स्थानमा परेको छ । अष्ट्रेलिया सरकारको पछिल्लो तथ्यांक अनुसार…

अष्ट्रेलियाको संसदीय निर्वाचनमा नेपाली उम्मेदवार

aus

अष्ट्रेलिया । पश्चिम अष्ट्रेलियामा अबको एक महिनापछि हुन लागेको संसदीय निर्वाचनमा एक नेपालीले उम्मेदवारी दिएका छन् । अष्ट्रेलियाको राजनीतिक दल…

अष्ट्रेलियामा पार्टीको गतिबिधि संयोजन गर्न सुमन खरेललाई नयाँ शक्तिको अनुरोध

suman-kharel-with-brb

सिड्नी । नयाँ शक्ति पार्टी नेपाल, कार्यकारी समिति नवलपुरले अष्ट्रेलियामा पार्टीको गतिबिधि संयोजन गर्न अष्ट्रेलियामा रहदै आएका पार्टीका संस्थापक सदस्य…

धुर्मुस सुन्तलीलाई एडिलेटबाट १२ लाख सहयोग

dhurnus-suntali

एडिलेट । एकिकृत नमुना मुसहर बस्ती निर्माणका लागी सहयोग जुटाउन अष्ट्रेलिया पुगेका जोडि सितारम कट्टेल धुर्मुस र कुञ्जना घिमिरे सुन्तलीलाई…

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

बलात्कार गरेको आरोपमा एक पक्राउ

दुई सय ६५ जनामा स्क्रब टाइफस, १८ जनामा डेंगु रोगको संक्रमण

यमपञ्चकको दोस्रो दिन आज कुकुर तिहार

चितवनमा मतदाता संख्या तीन लाख ५४ हजार

स्वास्थ्य संस्थाको चल र अचल सम्पत्ति अब स्थानीय तह मातहतलाई जिम्मा