• |

एमाले नेता ज्ञवाली अष्ट्रेलिया भ्रमणमा

ब्रिसबेन । नेकपा एमालेका युवा नेता प्रदीप ज्ञवाली विहिबार अष्ट्रेलिया भ्रमणमा आईपुगेका छन् । बुधबार राती नेपालबाट मलेसिया हुँदै क्वीन्सल्याण्डको व्रिसबेनतर्फ उडेका एमाले नेता ज्ञवालीले ट्रान्जिटमा हुँदा क्वालालाम्पुरबाट पुर्व प्रधानमन्त्री सुर्यबहादुर थापाको निधन प्रति दुख ब्यक्त गरेका थिए ।

विहिबार साँझ व्रिसवेनमा नेकपा एमाले समर्थकहरु र ग्रैर आवासिय नेपाली संघ क्वीन्सल्याण्डका नेताहरुले स्वागत गरेका थिए । प्रवाशी नेपाली मञ्च अष्ट्रेलियाको निमन्त्रणामा अष्ट्रेलिया भ्रमणमा आएका नेता ज्ञवालीले यहाँका विभिन्न शहरमा रहेका नेपालीहरुसँग राजनीतिक अन्तरक्रिया गर्ने बताईएको छ । अष्ट्रेलियाका राजनीतिक दलहरुसँग पनि अन्तरक्रिया गर्ने कार्यक्रम रहेको नेता ज्ञवालीले अनलाईन चौतारीलाई बताए ।

यसैगरी शुक्रबार दिउसो उनले अष्ट्रेलियाको पर्यटकीय नगर गोल्डकोष्टको भ्रमण गरेका छन् । पुर्व पर्यटनमन्त्रीसमेत रहेका नेता ज्ञवालीको अष्ट्रेलियाको तेश्रो ठूलो र सन्साईन स्टेटका रुपमा परिचित कुईन्सल्याण्डको भ्रमणलाई यहाँका नेपालीहरुले महत्वका साथ लिएका छन् ।

शुक्रबार साँझ ब्रिसबेनमा हुने कम्युनिटी अन्तरक्रियामा सयौंको संख्यामा नेपालीहरुको उपस्थिती हुने एनआरएन कुईन्सल्याण्डका उपाध्याक्ष रमेश पौडेलले अनलाईन चौतारीलाई बताए । एनआरएन कुइन्सल्याण्डको आयोजनामा हुने उक्त अन्तरक्रिया कार्यक्रमको अध्यक्षता एनआरएन अष्ट्रेलियाका उपाध्याक्ष स्वतन्त्र प्रताप शाहले गर्नेछन् भने प्रवासी नेपाली मञ्च अष्ट्रेलियाका अध्यक्ष डा बिनोद श्रेष्ठ, नेपाली एसोसियशन कुइन्सल्याण्डका अध्यक्ष डा मनोज खनाल लगायतले पनि आफ्ना बिचारहरु राख्ने छन् ।

नेता ज्ञवालीले नेपालको वर्तमान राजनीतिक परिस्थीति,संविधान निर्माण प्रक्रिया, गैह्र आवासिय नेपाली हरुको चासो रहेको दैध नागरिकताको प्रसंङ्ग र नेपालको बिकासमा प्रवासी नेपालीहरुको बहुआयामिक भूमिकाबारेमा आफ्ना बिचार राख्नेछन् ।

सम्बन्धित समाचार

अष्ट्रेलियामा बिभिन्न मनोरञ्जनात्मक कार्यक्रम सहित सुर्के थैली साँझ हुदैं

20562071_1035184113283972_22221013_n

अष्ट्रेलिया । नेपाली गीत संगीत लाई आजको दिन सम्म पुर्याउने सधैं नौलो र मिठो शब्द संगीत भर्न अब्बल सर्जक राजन…

अष्ट्रेलियामा नेपाली खाना प्रर्बधन कार्यक्रम सम्पन्न

17203501_1390669787652322_230605292_n

अष्ट्रेलिया, २६ फागुन । युनिग्लोव विजनेस ग्रुप तथा क्युइनस्फोर्ड कलेजको सहकार्य र टु टेबलको आयोजनामा अष्ट्रेलियाको व्रिस्वेनमा एकदिनको नेपाली खाना…

अष्ट्रेलियाको पर्थमा नेपालीमाँझ जात्रा

jatra

गत शुक्रबार देखि अल नेपाल प्रदर्शनमा आएको चलचित्र ‘जात्रा ‘ले दर्शकको उच्च साथ पाएको छ । चलचित्रलाई समिक्षक तथा दर्शकहरुले…

अष्ट्रेलियामा बेजोड प्रस्तुतिको तयारीमा शिव परियार र अल्मोडा उप्रेती

musical night

नजिकिदै गरेका चाडवाडलाई मध्यनजर गर्दै अष्ट्रेलियाका बिभिन्न शहरहरुमा बृहत सांगीतिक कार्यक्रम म्युजिकल नाईट हुने भएको छ । म्युजिकल नाईटको सुरुवात…

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

बलात्कार गरेको आरोपमा एक पक्राउ

दुई सय ६५ जनामा स्क्रब टाइफस, १८ जनामा डेंगु रोगको संक्रमण

यमपञ्चकको दोस्रो दिन आज कुकुर तिहार

चितवनमा मतदाता संख्या तीन लाख ५४ हजार

स्वास्थ्य संस्थाको चल र अचल सम्पत्ति अब स्थानीय तह मातहतलाई जिम्मा