• |

नेता ज्ञवालीले सिड्नीमा भने ‘ढुक्क हुनुहोस् संविधान बन्छ’

सिड्नी । अष्ट्रेलिया भ्रमणमा रहेका नेकपा एमालेका नेता तथा पूर्व मन्त्री प्रदीप ज्ञवालीले आईतबार दिउसो सिड्नीको नेपाली समुदायलाई नेपालमा संविधान निर्माण हुनेमा ढुक्क पारेका छन् । उनले स्टारफिल्ड स्थित रसियन क्लवमा सोमबार मध्यान्ह उपस्थित भएका सयौं नेपालीहरुलाई दशकौं लामो राजनीतिक संघर्षबाट आएको परिपक्व नेतृत्व नयाँ संविधान निर्माणमा अहोरात्र खटिरहेकाले संविधान निर्माण भएरै छाड्ने विचार व्यक्त गरे । उनले केही दल र नेतृत्वमा अतिवादी सोच र जनमतलाई अवमुल्यन गर्ने प्रवृति भएकोले संविधान निर्माणमा ढिलाई भएको विचार पनि ब्यक्त गरे ।

प्रवाशी नेपाली मञ्च अष्ट्रेलियाको निमन्त्रणामा अष्ट्रेलिया भ्रमणमा रहेका नेता ज्ञवालीले अष्ट्रेलियामा रहेका नेपालीहरुको नेपालको विकासमा महत्वपूर्ण भूमिका रहने पनि बताए । साथै उनले एकपटकको नेपाली सधैंको नेपाली भन्ने भावनाप्रति  प्रतिवद्ध भएकाले नेपालीको नागरिकता निरन्तरताबारे आफूहरु गंम्भीर रहेको विचार ब्यक्त गरे ।

कार्यक्रममा सिड्नीमा क्रियाशील प्रवुद्ध व्यक्तीहरु सहभागि थिए । कार्यक्रममा नेता ज्ञवालीलाई विभिन्न संघ संगठनका प्रतिनिधिहरुले जिज्ञासा राखेका थिए ।

सम्बन्धित समाचार

अष्ट्रेलियामा नेपाली विद्यार्थी चौथो स्थानमा

Nepali-Student-Graduating-1-13022017103126-1000x0

नारायण खड्का अष्ट्रेलियामा अध्ययनका लागि विद्यार्थी भिसा पाउने देशहरुमा नेपाल चौथो स्थानमा परेको छ । अष्ट्रेलिया सरकारको पछिल्लो तथ्यांक अनुसार…

अष्ट्रेलियाको संसदीय निर्वाचनमा नेपाली उम्मेदवार

aus

अष्ट्रेलिया । पश्चिम अष्ट्रेलियामा अबको एक महिनापछि हुन लागेको संसदीय निर्वाचनमा एक नेपालीले उम्मेदवारी दिएका छन् । अष्ट्रेलियाको राजनीतिक दल…

अष्ट्रेलियामा पार्टीको गतिबिधि संयोजन गर्न सुमन खरेललाई नयाँ शक्तिको अनुरोध

suman-kharel-with-brb

सिड्नी । नयाँ शक्ति पार्टी नेपाल, कार्यकारी समिति नवलपुरले अष्ट्रेलियामा पार्टीको गतिबिधि संयोजन गर्न अष्ट्रेलियामा रहदै आएका पार्टीका संस्थापक सदस्य…

धुर्मुस सुन्तलीलाई एडिलेटबाट १२ लाख सहयोग

dhurnus-suntali

एडिलेट । एकिकृत नमुना मुसहर बस्ती निर्माणका लागी सहयोग जुटाउन अष्ट्रेलिया पुगेका जोडि सितारम कट्टेल धुर्मुस र कुञ्जना घिमिरे सुन्तलीलाई…

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

विवादका कारण भक्तपुर क्षेत्र नं २ मा मतगणना शुरु हुन सकेन

काठमाण्डौँ क्षेत्र नं ५ मा पोखरेल अगाडि

मतपेटिकालाई लक्षित गरी दुईवटा बम विस्फोटन

प्रकाशमान सिंहलाई कडा टक्कर दिदैं रविन्द्र मिश्र

मोरङमा मतगणना शुरु