• |

अष्ट्रेलिया ब्यापी मनाईयो एन्ज्याक डे

सिड्नी । आज अष्ट्रेलियाका बिभिन्न प्रमूख सहरहरुमा भब्यता पूर्वक एन्ज्याक डे मनाईएको छ । पहिलो बिश्वयुद्धमा अष्ट्रेलिया र न्यूजिल्याण्डका सैनिकहरुले संयूक्त रुपमा लडेको दिवशको रुपमा यसलाई संझना गरिन्छ । एन्ज्याक डे कै पूर्व सन्ध्यामा शुक्रबार अष्ट्रेलियाका प्रधानमन्त्री टोनी एवर्टले गोर्खा सैनिकको दुईसय बर्ष पुगेको सन्दर्भमा शुभकामना सन्देश पनि दिएका थिए ।

उनले नेपाली नयाँ बर्षको अवशरमा पनि ढिलो गरि शुभकामना सन्देश पठाएका थिए । आज अष्ट्रेलियाको प्रमूख सहर सिड्नीमा अष्ट्रेलियन सेनाले परेड गरेका थिए । उक्त परेडमा नेपाली झण्डा सहित भूतपूर्व गोर्खा सैनिक र तिनका परिवार पनि सहभागि भएका थिए ।

त्यस्तै मेलवर्नको मुटुमा रहेको फेडरेशन स्क्वायर अगाडि दोश्रो बिश्वयुद्धमा मारिएका सैनिकहरुको संझनामा श्रद्धाञ्जली सभाको आयोजना गरिएको थियो । जहाँ सयौं नेपाली र अष्ट्रलियनहरु उपस्थित भएका थिए ।

त्यस्तै पश्चिम अष्ट्रेलियाको पर्थ स्थीत किङ्स पार्कमा पनि एन्ज्याक डेको बिशेष कार्यक्रम आयोजना गरिएको थियो । उक्त कार्यक्रमको प्रमूख आकर्षणको रुपमा दुई सय किलोमिटर दौडेर पुरा गरेका किरण गुरुङ थिए । उनलाई अष्ट्रेलियन सेना , जनता र नेपालीहरुले पनि किङ्स पार्कमा भब्य स्वागत गरेका थिए ।

सरकारी स्तरमा एन्ज्याक डे भब्य रुपमा मनाईरहेको भए पनि अष्ट्रेलियाका आदीवासी अधिकारकर्मीहरुले अष्ट्रेलियाका आदीवासी माथी भएको दमन र हत्या बिरुद्ध आजै राजधानी क्यानबेरामा प्रदर्शन गरेका छन् ।

उनीहरुले साम्राज्य बिस्तारमा भएको बलिदानलाई भन्दा अष्ट्रेलियामा भएको आदीबासी माथीको दमन र हत्यालाई स्मरण गर्नुपर्ने बताएका छन् । क्यानबेरामा आयोजित आदीवासी अधिकारकर्मीहरुको प्रदर्शनमाथी सरकारले दमन गरेको बताईएको छ ।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

बलात्कार गरेको आरोपमा एक पक्राउ

दुई सय ६५ जनामा स्क्रब टाइफस, १८ जनामा डेंगु रोगको संक्रमण

यमपञ्चकको दोस्रो दिन आज कुकुर तिहार

चितवनमा मतदाता संख्या तीन लाख ५४ हजार

स्वास्थ्य संस्थाको चल र अचल सम्पत्ति अब स्थानीय तह मातहतलाई जिम्मा