• |

भूकम्प पछिको पून:निर्माणबारे शेष घलेका तीन शुत्र

काठमाडौं, २६ जेष्ठ । गैह्र आवासीय नेपाली संघका अध्यक्ष शेष घले नेपालमा गएको महाभूकम्प पछि राहत बितरण र पून निर्माणमा सक्रियताका साथ लागि परेका छन् । गैरआवासीय नेपाली संघको तर्फबाट उनले बिश्वभरका नेपालीहरुलाई आपतकालिन राहत संकलन अभियानका लागि आह्वान गरेका थिए ।

सोहीअनुसार संसारभरका नेपालीहरुले संकलन गरेको करिव १० करोड रुपैयाँ बिभिन्न ७ जिल्लाका भूकम्प पीडीतका लागि राहत बितरण गरेको थियो । संघले सिन्धुपाल्चोकसँगै काभ्रे, धादिङ, नुवाकोट, गोरखा, रसुवा र गोरखामा गरी कूल १० हजार परिवारलाई न्यूनतम राहत वितरण गरेको थियो ।

पीडितका लागि ब्यक्तिगत रुपमा २ करोड सहयोग गरेका शेष घलेले अब गैह्र आवासीय नेपाली संघ पूननिर्माणमा लाग्ने बताएका छन् । एक हजार घर निर्माण गरी पून निर्माणमा सरकारलाई सघाउने तयारी गर्दै गर्दा अनलाईन चौतारीसँग कुरा गर्दै उनले आफ्ना पून:निर्माणका ३ शुत्र अगाडि सारेका छन् ।

१, बसाई सराई रोक्ने:- पूननिर्माण कार्य गर्दा सकेसम्म बसाई सराईलाई रोक्नुपर्ने उनको सुझाव छ । बसाई सराईले तत्कालीन रुपमा केहि राहत मिले पनि दिर्धकालिन रुपमा नकारात्मक असर पार्न सक्ने उनको अनुमान छ ।

२, बिदेश पलायन रोक्ने:- भूकम्प पछि पीडितहरुलाई आर्थिक अभाव श्रृजना हुनु स्वभाभिक हो । जस्को कारण पीडितहरु दाया बाया नसोचि सोझै बैदेशिक रोजगारीलाई रोज्न सक्छन् । जस्को असर प्रत्यक्ष रुपमा पूननिर्माणमा पर्न जाने उनको तर्क थियो । पून:निर्माण आफै हुने होईन । त्यसको लागि दक्ष युवाशक्तिको आबश्यकता पर्दछ । यस्तो बेलामा भएका युवाहरुलाई स्वदेशमै कामको अवशर श्रीजना गनुपर्ने र बिदेशमा रहेकालाई पनि स्वदेश पर्काउने आकर्षक प्याकेज ल्याउनुपर्ने उनको तर्क थियो ।

३, राजनीतिक दलहरु आफ्ना कार्यकर्ता भन्दा माथी उठ्नुपर्ने:- अहिले राहत बितरण गरेजस्तो गरी राजनीतिक दलहरुले आ आफ्ना कार्यकर्ताको लागि मात्र पून निर्माणमा लाग्ने हो भने त्यसले जनताहरुमा बिभाजन आउने घलेको बुझाई छ । यो संकटको बेला राजनीतिक दलहरुले पार्टी भन्दा माथी उठेर जनता मन जित्ने गरी पूर्न:निर्माणमा खट्न उनको सुझाव छ । यसो गरेमा राजनीति प्रति निराश जनतामा केहि परिवर्तन आउन सक्ने उनको अनुमान रहेको छ ।

 

 

सम्बन्धित समाचार

संयुक्त राष्ट्रसंघकोे ७२औँ महासभामा मानव अधिकार परिषद्मा नेपाल निर्वाचित

Nepal-Flag

वाशिङ्टन डिसी, ३१ असोज । संयुक्त राष्ट्रसंघकोे ७२औँ महासभाले मानव अधिकार परिषद्मा नेपाललाई पनि निर्वाचित गरेको छ । विभिन्न देशका…

उपप्रधानमन्त्रीद्वारा नेपालको महावाणिज्य दूतावास कार्यालयको उद्घाटन

Krishna_Bdr_Mahara

काठमाण्डौँ, २५ भदौ । उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले चीनको ग्वान्जाओस्थित नेपालको महावाणिज्य दूतावास कार्यालयको आज उद्घाटन गरे । परराष्ट्रमन्त्री…

हरितालिका तीजका अवसरमा राष्ट्रपतिद्धारा शुभकामना

bidhya_bhandari_crop1446045468031.jpg_1718483346

काठमाण्डौँ, ८ भदौ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली महिलाहरुको महान् चाड हरितालिका तीजका अवसरमा स्वदेश र विदेशमा रहेका सम्पूर्ण नेपालीमा…

प्रधानमन्त्री देउवा आज नयाँ दिल्ली प्रस्थान

प्रधानमन्त्री_देउवा_दिल्ली_प्रस्थान__फोटोफिचर_8015

काठमाण्डौँ, ७ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवा भारतको पाँच दिवसीय राजकीय भ्रमणका लागि आज नयाँ दिल्लीतर्फ प्रस्थान गरेका छन् ।…

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

दुर्घटना न्यूनीकरण गर्न रिफ्लेक्टर स्टिकर

प्रदेश नं १का प्रदेशसभा सदस्यको शपथ

क्याफे गफ दोश्रो संस्करण भाग-१

विवादका कारण भक्तपुर क्षेत्र नं २ मा मतगणना शुरु हुन सकेन

काठमाण्डौँ क्षेत्र नं ५ मा पोखरेल अगाडि