• |

एक लाख अष्ट्रेलियन डलरको वेलफेयर फण्डको घोषणा सहित चितवन समाज अष्ट्रेलियाको दोस्रो साधारणसभा सम्पन्न, अध्यक्षमा बुद्धि डल्लाकोटी

सिड्नी  । चितवन समाज अष्ट्रेलियाको दोस्रो साधारणसभा अष्ट्रेलियाको सिड्नीस्थित आसफिल्ड पार्कमा शनिबार BBQ लन्चसहितको पिकनिक कार्यक्रमका बीच सम्पन्न भएको छ । उक्त साधारणसभाले बुद्धि डल्लाकोटीको अध्यक्षतामा समाजको नयाँ कार्यसमिति निर्वाचित गरेको छ ।

समाजको १५ सदस्यीय कार्यसमितिमा उपाध्यक्षमा छबि सापकोटा, सचिब अनिल पोखरेल, सह-सचिब धर्म अधिकारी, कोषाध्यक्ष पुरुषोत्तम सडौला, सह–कोषाध्यक्ष सिता भट्टराई र बाँकी १० जना सदस्यहरु रहेको समाजका नवनिर्वाचित उपाध्यक्ष छबि सापकोटाले अनलाइन चौतारीलाई टेलिफोनमा बताए ।

नेपालको चितवन जिल्लाबाट अष्ट्रेलिया पुगेका झण्डै चार सय भन्दा धेरै व्यक्तिहरु समाजमा आवद्ध छन् ।

समाजले अष्ट्रेलियामा रहेका चितवनवासी तथा नेपालको चितवन जिल्लामा आईपर्ने विभिन्न समस्यामा सघाउनुको साथै आफ्नो देशको कला, संस्कृति र भाषाको संरक्षण तथा प्रवद्र्धन गर्दै आइरहेको छ ।

उक्त साधारणसभाले विधान संशोधन तथा नयाँ कार्यक्रमबारे छलफल गर्नुका साथै एक लाख अष्ट्रेलियन डलरको चितवन समाज वेलफेयर फण्डको घोषणा गरेको सह सचिब धर्म अधिकारीले बताए ।

आजै मात्र पनि १६ हजार अष्ट्रेलियन डलरभन्दा धेरै रकम आजै संकलन भएको समाजले जनाएको छ ।

साथै उक्त साधारण सभाले प्राध्यापक, व्यवसायीलाई समेटेर १५ सदस्यीय सल्लाहकार समितिको पनि गठन गरेको छ ।
समाजका निवर्तमान अध्यक्ष प्रकाश कंडेल र उपाध्यक्ष केशव सापकोटा थिए ।

फोटोः रेडियो जनादेश

 

 

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

मोटरसाइकले ठक्कर दिँदा एकको मृत्यु

भाइटीकाको उत्तम साइत ११ः५१ बजे

तिहारको चौंथो दिन गरियो गाई, गोरु, कृषक र गोवद्र्धन पूजा

बलात्कार गरेको आरोपमा एक पक्राउ

दुई सय ६५ जनामा स्क्रब टाइफस, १८ जनामा डेंगु रोगको संक्रमण