• |

बाबुरामका गुरुचेलाको भेटघाट (फोटो फिचर)

मनऋषि धिताल

काठमाडौं । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफ्ना गुरु हवार्ड वर्कलेसँग बुधबार बिहान आफ्नै निवासमा भेटघाट गरेका छन् । छोरा जोन वर्कले र बुहारी जनी सहित भट्टराई निवास पुगेका फादर हवार्ड वर्कलेलाई आफ्नो निवासमा स्वागत गर्न पाउदा डा. भट्टराई भावुक देखिन्थे । उनी स्वागत गर्न ढोका सम्म पुगे । डोर्याएर आशनमा बसाले र नजिकैको एउटा कुर्ची आफैले उठाएर आफ्ना बालसखा तथा गुरुका छोरा जोनलाई आसनग्रहण गराए । स्वास्थ्य स्थीति बाट कुराकानी शुरु भयो ।dr2 fitute

डा. भट्टराईले गुरु हवार्डलाई सोधे कतिबर्ष हुनुभयो ? उनका छोरा जोनले नै जवाफ दिए एक हप्ता भित्रै नब्बे बर्ष पार गर्नुहुन्छ । त्यसो त नेपाली तथा नेपालमा रहेका फादर वर्कलेका मित्रहरुले मंगलबार साँझ नै उनको जन्म दिवश मनाएका थिए । डा. बाबुराम भट्टराईले भनेः ‘थाहा पाएको भए म पनि आउने थिए ।’ डा. भट्टराई १९७० मा एसएलसी बोर्ड प्रथम हुँदा बोर्ड दशौं भएका जाजरकोटका डा. के. बी. रोकायाले बुधबार बिहानको भेटघाट तय गरेका थिए । त्यतिबेला उपेन्द्र देवकोटा, धनराज अर्याल र कालीबहादुर रोकाया तीनजना बोर्ड दशौं भएका थिए ।brb with cal bdr

एकपटक भट्टराईको बैठक कक्षमा सन्नाटा छायो । फादर वर्कलेले सन्नाटा तोडेः ‘तिमी मेरो प्रीय बिद्यार्थी कहिल्यै दोश्रो भएनौं म तिमिप्रति गर्व गर्दछु ।’ अहिले चाँहि के गर्दै छौं ? भट्टराईले ज्ञानी चेला झैं उत्तर दिए, ‘तपाईको आर्शिबादले राम्रो गरिरहेकै छु । जनताको सेवामा छु । गोर्खाका दुई क्षेत्रबाट फरक फरक समयमा चुनाव जिते । भर्खर नयाँ संबिधान बनायौं । अव नेपाल नयाँ युगमा प्रबेश गर्यो ।’ फादर वर्कलेले आफ्नो छोरातर्फ देखाउदै भने उसले तिम्रो बारेमा बेलाबेला जानकारी दिईरहन्छ । डा. बाबुराम भट्टराईले अब आफुले राजीनामा दिईसकेको बताएपछि फादर झुक्किए र भनेः ‘के प्रधानमन्त्री बाटै राजीनामा दियौं ?’ डा.
भट्टराईले आफूले पहिले नै प्रधानमन्त्रीबाट राजीनामा दिएको र फेरी गोरखाबाट सभासद्मा चुनिएर आएको बेलिबिस्तार लगाए ।

फादर वर्कले सन् १९६० मा काठमाडौको दाहिने किनारा हुँदै हिडेरै गोरखाको आफपिपल र लुईटेल पुगेका थिए । उनले हिडेरै त्यहाँ पुगेको र बिद्यालय खोलेको स्मरण गरे । डा. भट्टराईले भनेः ‘गोरखाको ईतिहासमा आधुनिक शिक्षाको जग बसाल्न तपाईको महत्वपूर्ण भूमिका छ । अहिले एउटा गाउँमा एक सयको हाराहारीमा ईन्जिनियरहरु छन् ।’ कुराकानी भईरहदा फादर वर्कलेका छोराले लुईटेल स्कुलको ईतिहास स्मरण गर्न आफ्ना पितालाई अनुरोध गरे । त्यसको भिडियो रेकर्ड राख्न थाले । भारतको रक्सौलमा जन्मेका जोन स्पष्ट नेपाली बोल्छन् र स्मरण गर्दछन् । बाबुराम तपाई र म ६१ बर्ष पुग्यौं । हामी लुईटेलमा सानोमा सँगै खेल्थ्यौं । डा. भट्टराईले आँपको रुखमुनी बसेको भज्याङ र चौतारीमा डुलेको स्मरण गरे ।gorkha-school

अहिले भूकम्पबाट लुईटेल स्कुल भत्किसकेको छ । फादर वर्कले एक हप्ता अगाडि नेपाल आएर लुईटेल र आँपपिपल पुगे । उनले लुईटेल स्कुलको भत्किएको फोटो पनि बाबुराम भट्टराईलाई दिए । र भने अव यो बनाउने जिम्मा तिम्रो हो । भाबुक बाबुरामले उक्त स्कुल लगायत नेपालका भत्किएका धेरै घर तथा भवनहरु बनाउनुपर्ने भएको जानकारी दिए । फादर वर्कलेकीे श्रीमती हाल बिरामी भएकोले नेपाल आउन नसकेको जानकारी छोरा जोनले डा. बाबुराम भट्टराईलाई दिए । आमाको मन राम्रो छ तर शरिर बिरामी , तपाईलाई संझिरहेकी छिन् । छोरा जोनले भूकम्पबाट लूईटेल स्कुल भत्के पनि उनीहरु सानो हुँदा पानी खाने गरेको धारो भने यथावत रहेको स्मरण सुनाए । जोनले उक्त धारोको मुहानमाथि भंज्याङसम्म रहेको बताए ।brb-meet

यसपटक लुईटेल र आँपपीपल दुबै स्कुल पुगेका वर्कले बाबुछोराले स्कुलका बिहानी प्राथना सभामा नेपाली भाषामा बोलेका थिए । कुराकानी चल्दै गर्दा कृष्णप्रसादको घर , भिमप्रसाद गुरुको प्रसंङ्ग र थोमस बर्गीस तथा वर्गीस थोमस गुरुका स्मरण गरे । डा हेलेन हिस्टनको स्मरण पनि भट्टराईले गरे । मैले देखेको पहिलो डाक्टर हेलेन हिस्टन हुन् । मलाई ग्यास्ट्रीक भईरहदा उनले औषधि दिन्थीन् , डा. भट्टराईले स्मरण गरे । क्यानाडाका हर्मन सिम्रोजले गोरखामा कृषिको आधुनीकिकरण गरेको प्रसंङ्ग पनि भेटघाटमा चलेको थियो । सिम्रोजको  योगदानबाट गोरखामा आधुनीक कृषिको शुरुवात भएको पनि डा. भट्टराईले बताए ।
गुरु चेला छलफल चलिरहदा भट्टराई श्रीमती हिसिला र छोरी मानुषी पनि आईपुगे । भट्टराई पत्नी हिसिलाले भनिन् मैले ससुरा बा भन्नु पर्ला है ? फादर वर्कलेले भट्टराई पुत्रि मनुषीलाई सोधे तीमी स्कुल जादै छौं । मानुषीले जवाफ दिईन् म पढ्दै छु । अव पीएचडीका लागि एमफिल सक्दैछु । जोनले बिचैमा भने मेरा छोरा छोरीलाई पनि मैले नेपाली सिकाएको छु । उनीहरु नेपाली बोल्छन् ।brb with his

फादर वर्कलेले लुईटेल बस्दा घरमा उडुसले सताएको , पार्टी पौवामा डुलेको स्मरण गरे । फादर वर्कलेले गोरखा नै किन रोजे होलान् ? डा. के.वी. रोकायाको प्रश्नको जवाफ दिदै वर्कलेले भनेः त्यो तत्कालिन सरकारको निर्णय थियो । भट्टराईले स्मरण गर्दै भनेः ‘म गोरखाको पीछडिएको क्षेत्रको बिद्यार्थी त्यो स्कुल खुल्नु र पढ्न पाउनु संयोग थियो । त्यहाँ पढ्न नपाएको भए के हुन्थ्यो होला ?’ फादर वर्कलेले उपयुक्त समयमा अष्ट्रेलिया आउन निम्तो दिए । २०१३ मा रेडियो जनादेशको उद्घाटनमा अष्ट्रेलिया जाँदा समय अभावले उनले आफ्ना गुरुलाई भेट्न पाएका थिएनन् । भट्टराई सिड्नीबाटै फर्किनु परेको थियो । गुरु त्याँहाबाट एक हजार किलोमिटर टाढा मेलवर्नमा बस्थे ।
अमेरिका जादा चाँहि उनले न्युयोर्कबाट चार घण्टा टाढा गएर उनलाई निकै माया गर्ने गुरुआमा एलेनोरलाई भेटेका थिए । संयोगवस सोहि भेटघाटमा उनका अर्का गुरु  थोमस वर्गिससँग पनि उनको पूर्नमिलन भएको थियो  । डा. भट्टराईले अर्को पटक आफु भट्न आउने बताए । बिदाईमा फादर वर्कलेले डा. भट्टराईलाई अष्ट्रेलियन क्यालेन्डर दिए । फादर वर्कले तथा उनका छोरा जोन र बुहारी जोनी पनि बुधबार मध्यान्ह अष्ट्रेलिया तर्फ फर्के ।brb-bidai

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

बलात्कार गरेको आरोपमा एक पक्राउ

दुई सय ६५ जनामा स्क्रब टाइफस, १८ जनामा डेंगु रोगको संक्रमण

यमपञ्चकको दोस्रो दिन आज कुकुर तिहार

चितवनमा मतदाता संख्या तीन लाख ५४ हजार

स्वास्थ्य संस्थाको चल र अचल सम्पत्ति अब स्थानीय तह मातहतलाई जिम्मा