• |

नेपाली युवाको अनुसन्धानले अष्ट्रेलियन अस्पताल सम्मानित

सिड्नी । एक अष्ट्रेलियन अस्पतालमा कार्यरत नेपाली युवाले गरेको नर्सिङ सम्बन्धी नयाँ अनुसन्धानले उक्त अस्पतालको छवी अन्तराष्ट्रिय रुपमा बढाएको छ । अहिले ती नेपाली युवा अष्ट्रेलियन अस्पतालको प्रतिनिधित्व गर्दै सम्मान थाप्न अमेरिका पुगेका छन् । अमेरिकाको फ्लोरिडा राज्यको ओल्र्याण्डोमा उनलाई गत नोभेम्वर १० मा सम्मानित गरियो ।dharma2

उनी हुन् हाल सिड्नी निवासी नेपाली युवा धर्म अधिकारी । उनी पेशाले क्लीनिकल नर्स स्पेसिलिष्ट हुन् । न्यूरोलोजीमा स्नातकोत्तर उनी सिड्नी स्थित सेन्ट भिन्सन प्राईभेट अस्पतालमा कार्यरत छन् । न्यूजिल्याण्ड र अष्ट्रेलियामा शाखा भएको उक्त अस्पतालमा उनले नर्सहरुको सिफ्ट परिवर्तन हुँदा बिरामी हस्तान्तरणको परियोजनामा उनले अनुसन्धान गरेका हुन् ।dharma3

यसअघि एउटा सिफ्टबाट अर्को सिफ्टमा हस्तान्तरण गर्दा छुट्टै स्थानमा बसेर निर्णय लिईने गरिन्थ्यो तर उनले बिरामीकै कोठामा बिरामीकै अगाडि नर्सहरुले हस्तान्तरणको निर्णय लिन्छन् । अष्ट्रेलियाले २०१३ मा स्वास्थ्य क्षेत्रमा नयाँ कानुन ल्याएको थियो । जसमा दशवटा नयाँ मापदण्डहरु तोकिएका थिए । प्रेस गेनी नामक अस्पतालहरुको उत्कृष्टताबारे अनुसन्धान गर्ने संस्थाले बिरामी हस्तान्तरणको नयाँ बिधि संचालन गरेको भनेर सेन्ट भिन्सन प्राईभेट अस्पताललाई पुरस्कृत गर्ने घोषणा गरेको थियो ।dharma1

अष्ट्रेलियामा बिरामीलाई मात्र होईन बिरामीका परिवारलाई पनि अस्पतालले हेर्नुपर्दछ । धर्म अधिकारीले सुरु गरेको बिरामी रेखदेख तथा हस्तान्तरण बिधिले बिरामीको हेरचाहमा पारदर्सिता ल्याएको छ । कार्यक्रममा अठार देशका अस्पतालबाट कार्यकारी निर्देशकहरु, बरिष्ट चिकित्सकहरु सहभागि थिए ।

यो बर्षको सफल कथा पुरस्कारबाट पुरस्कृत भएको सेन्ट भिन्सेन्ट अस्पतालको प्रतिनिधिका रुपमा पुरस्कृत भएपछि अनलाईन चौतारीसँग बोल्दै धर्म अधिकारीले भने ‘अव मेरो सम्मान अस्पतालले गरेको छ र अस्पतालको सम्मान अन्तराष्ट्रीय स्तरमा भएको छ ।’ उनले थप भने ‘अमेरिकाबाट फर्केपछि अब अष्ट्रेलियामा स्वास्थ्य क्षेत्रमा राम्रा बिधिहरु बिकास गर्ने काम गर्नेछु ।’

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

विवादका कारण भक्तपुर क्षेत्र नं २ मा मतगणना शुरु हुन सकेन

काठमाण्डौँ क्षेत्र नं ५ मा पोखरेल अगाडि

मतपेटिकालाई लक्षित गरी दुईवटा बम विस्फोटन

प्रकाशमान सिंहलाई कडा टक्कर दिदैं रविन्द्र मिश्र

मोरङमा मतगणना शुरु