• |

जुकरवर्गले जन्माए छोरी, सकिराले दिईन् शुभकामना

काठमाडौं । फेसबुकका सिइओ मार्क जुकरवर्ग र उनकी श्रीमतीलाई पुत्री लाभ भएको छ । पहिलो डिसेम्वरमा जन्मिएकी उनकी छोरीको नाम म्याक्स राखिएको छ ।

उनकी छोरी म्याक्स जन्मिएको अवशरमा बिश्वभरिबाट करोडौं शुभकामना ओईरिएका छन् । जुकरवर्गका व्यवशायिक साझेदार बन्दै गरेका बिश्वका धनाढ्य विलगेट्स र उनकी श्रीमती मेलिन्दा गेट्सले शुभकामना लेख्दै भनेका छन् ‘नानी म्याक्सलाई यो संसारमा स्वागत छ र भाग्यमानी तथा अद्भूत बाबुआमालाई शुभकामना छ । हामी नानी म्याक्सलाई भेट्न आतुर छौं ।’mark4

जुकरवर्गले जवाफमा लेखेका छन् ‘तपाईहरुले हामीलाई निरन्तर प्रेरित गरिरहनु भएको छ । हामी तपाईहरुबाट सिक्ने छौं । विलगेट्स दम्पतीलाई सिल्किन भ्यालीमा आएका बेला म्याक्ससँग भेटाउन आतुर छौं ।’ विलगेट्स दम्पती र जुकरवर्ग दम्पतीले बैकल्पिक उर्जा सम्बन्धी परियोजनामा संयुक्त लगानी गर्दैछन् ।

विश्वचर्चित पप गायिका साकिराले शुभकामना लेखेकी छन् ‘मेरो हार्दिक बधाई तथा नानी म्याक्सलाई यो संसारमा स्वागत छ ।’ आफ्ना जीवन साथी गेराल्ड पीकेका तर्फबाट समेत लेख्दै साकिरा भन्छिन् ‘अभिभावकदेखि अभिभावकसम्मको हाम्रो हार्दिक बधाई छ । उनी निकै भाग्यमानी नानी हुन् । हामी म्याक्स जुकरवर्गलाई भेट्न आतुर छौं ।’mark

मार्क जुकरवर्ग जवाफमा लेख्छन् ‘धन्यबाद, साकिरा तपाईहरुको संयुक्त राष्ट्रसंघीय शैक्षिक कार्यक्रमप्रति हामी प्रभावित छौं । हाम्रो शैक्षिक परियोजनामा सहकार्य गर्न इच्छुक छौं । र छिट्टै म्याक्ससँग भेटाउने छौं ।’
अमेरिकाका मन्त्रीहरु लगायत व्यापारीहरुले पनि उनलाई शुभकामना दिएका छन् । फेसबुकका हजारौं कर्मचारीले पनि खुशीयाली ब्यक्त गर्दै शुभकामना दिएका छन् । मार्क जुकरवर्गले आफू दुई महिना सुत्केरी बिदामा कसेका छन् । र आगामी दिनमा महिला कर्मचारीलाई चार महिनाको तलव सहितको सुत्केरी बिदा दिने घोषणा गरेका छन् । मार्क जुकरवर्गले छोरी जन्मिएको अवशरमा आफ्नो हालको सम्पतिको ९९ प्रतिशत समाजसेवामा खर्च गर्ने बताएका छन् । दुई महिना बिदा लिएर छोरी र श्रीमतीसँगै बिताउने सुर गरेका जुकरवर्गले छोरीका लागि खेलौनाको जोहो पनि पहिलेनै गरेका छन् ।

जुकरवर्गका फ्यानले तयार पारेको उनको आर्ट

जुकरवर्गका फ्यानले तयार पारेको उनको आर्ट

फेसबुककी प्रमुख सञ्चालन अधिकृत सेरिल स्याण्डवर्गले प्रतिक्रियामा भनेकि छन्, यो एउटा सुन्दर पत्र हो, भविष्यको पुस्ताका लागि गरिएको एक अलौंकिक प्रतिवद्धता । उनीहरु दुवैले छोरीको स्वागत गर्दै ४५ अर्ब डलर सम्पत्तीको अधिकांश हिस्सा आफ्नै जीवनकालमा दान दिने घोषणा पनि गरेका छन् ।
सिलिकन भ्यालीका अर्वपति मार्क र डाक्टर श्रीमती चानले आफ्नो पहिलो सन्तान जन्मेको घोषणा गर्दै फेसबुकमा छोरीका लागि एक पत्र लेखेका छन् । लामो पत्रमा उनीहरुले आगामी पुस्ताको जीवन सुधार गर्न आफ्नो हिस्साको ९९ प्रतिशत सम्पत्ती दान दिने घोषणा गरेका हुन् ।mark3

फेसबुकमा अहिले मार्कको ४५ अर्ब डलरको सम्पत्ती छ । त्यो सम्पत्तीको ९९ प्रतिशत दान दिएपछि मार्क दम्पत्ती र छोरीका लागि अहिलेको बजार मूल्यमा ४५ करोड डलर सम्पत्ती बाँकी रहनेछ । मार्कले आफ्नो हिस्साको सम्पत्ती दानमा प्रयोग गर्न चान जुकरवर्ग इनिस्यिटिभ नामको च्यारिटेवल संस्था खडा गर्नेछन् ।
छोरी म्याक्सलाई सम्वोधन गर्दै लेखिएको लामो पत्रमा मार्कले लेखेका छन्, सबै अभिभावक जस्तै, हामी पनि तिमी हाम्रो पुस्ता भन्दा राम्रो विश्वमा हुर्कौ भन्ने हामीले चाहेका छौं । स्वास्थ्यमा सुधार भएको छ, गरिवी घटेको छ, ज्ञान बढेको छ, विश्व एक अर्कामा जोडिदै गएको छ, हरेक क्षेत्रमा प्रविधिको प्रयोगले जीवन हाम्रो आजभन्दा नाटकीय ढंगले राम्रो बनेकोछ ।

यसलाई राम्रो बनाउन हाम्रो हिस्साको काम हामी गर्नेछौं, हामी तिमीलाई माया गर्छौं यो मात्रै होइन, हामीसँग आगामी पुस्ताको जीवन सुधार गर्न नैतिक दायित्व समेत छ ।

मार्कले पत्रमा लेखेका छन्, तिमीले जसरी चान जुकरवर्ग परिवारमा नयाँ सुरुवात गर्दैछौं, हामी पनि चान जुकरवर्ग इनिस्यिटिभको सुरुवात गर्दैछौं । यसले आगामी पुस्ताका सबै बालबालिकामा समानतालाई प्रवद्र्धन गर्नेछ ।

उनले चान जुकरवर्ग फाउण्डेशनले व्याक्तिगत शिक्षा, रोगको निमूलिकरण र एक अर्कालाई जोड्ने र एउटा बलियो समुदाय बनाउनका लागि खर्च गर्ने जानकारी दिएका छन् । यस क्षेत्रमा काम गरिरहेकाको तुलनामा हामीले दिने दानको हिस्सा थोरै छ । तर हामी जति सक्छौं त्यो गर्न चाहन्छौं ।

उनले यस विषयमा आगामी महिनामा विस्तृतमा जानकारी दिने बताएका छन् । हामी अहिले मातृत्व र पितृत्व छुट्टिमा छौं, जब हामी सबै विषय सामान्य अवस्थामा ल्यााउँछौं तब यस विषयमा थप जानकारी दिनेछौं ।

फेसबुकको साम्राज्य खडा गरेका ३१ वर्षका मार्क र ३० वर्षकी प्रिसिलाले बच्चा जन्माउन निक्कै ठूलो समस्या भोग्नु परेको थियो । स्टक फाइलिङअनुसार मार्कले आगामी तीन वर्ष वार्षिक एक अर्ब डलरभन्द बढीको दान दिन सक्दैन्न ।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

बलात्कार गरेको आरोपमा एक पक्राउ

दुई सय ६५ जनामा स्क्रब टाइफस, १८ जनामा डेंगु रोगको संक्रमण

यमपञ्चकको दोस्रो दिन आज कुकुर तिहार

चितवनमा मतदाता संख्या तीन लाख ५४ हजार

स्वास्थ्य संस्थाको चल र अचल सम्पत्ति अब स्थानीय तह मातहतलाई जिम्मा