• |

हिसिलालाई भ्रष्ट भन्नेलाई कति भयो जरिवाना ?

hisila-yami

काठमाडौँ । एमाओवादीकी पूर्व पोलिटव्यूरो सदस्य तथा पूर्वमन्त्री हिसीला यमीलाई ‘दक्षिण एसियाकै भ्रष्टाचारी’ महिला भन्ने शीर्षकमा समाचार लेख्ने र प्रकाशन गर्नेलाई अदालतले कारबाही गरेको छ । सो समाचारबाट नेतृ यमीको इज्जत, मान मार्यादा, प्रतिष्ठा र ख्यातिमा प्रत्यक्ष धक्का पुर्याई अपुरणीय क्षति पुग्ने गरी गाली बेइज्जतीको कसुर गरेको निर्विवाद पुष्टि भएको काठमाडौँ जिल्ला अदालतले कारबाही गरेको हो । काठमाडौँ–३१ बाघबजारस्थित क्राइम टुडे मासिक खबर पत्रिकाले आफ्नो विरुद्ध कपोकल्पित, झुट र भ्रामक समाचार लेखेको भन्दै यमीले गत २०७० साल साउन ११ गते लिखित गाली बेईज्जती मुद्दा दायर गरेकी थिइन् ।

यमीको मुद्दा उपर छानबिन गर्दै काठमाडौँ जिल्ला अदालतका माननीय न्यायाधीश श्री इन्द्रबहादुर कार्कीको ईजलासले क्राइम टुडे मासिककी प्रवन्ध निर्देशक रत्नमाया लामा, प्रधान सम्पादक तथा प्रकाशक एल.एस. लामा, सम्पादक एफ. आर. दाहाल र काठमाडौँ–३२ अनामनगर स्थित ईन्द्रेणी अफसेट प्रेसलाई न्याय प्रशासन ऐन, २०४८ को दफा ७ तथा मुलुकी ऐन अ.व. २९ नं बमोजिम क्षेत्राधिकार अनुसार कारबाही गरेको हो ।

क्राइम टुडे मासिकको जेष्ठ–२०७०, बर्ष ८ अंक–५, May 2013  को कभर पृष्ठमा फिरादीको फोटो समेत राखी एमाओवादी नेतृ हिसिला यमी दक्षिण एसियाकै भ्रष्टाचारी महिला नामक शीर्षक राखी सोही पत्रिकाको पृष्ठ ६ र ७ मा समेत प्रकाशन गरेको र यमी त्यस्तो भ्रष्ट हुन् भन्ने कुनै आधार श्रोत नभेटिएकोले समाचारले गाली बेईज्जती गरेको अदालतले पुष्टि गरेको छ । त्यस्तो भ्रामक, कपोकल्पित, निराधार र पूर्वाग्रही समाचार प्रकाशित गर्नेलाई दामाशाहीले रु. एक हजार (रु.१०००) जरिवाना हुने र पिडीत यमीलाई क्षतिपूर्ति गर्ने अदालतले फैसला समेत गरेकोे छ ।

2

1

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

विवादका कारण भक्तपुर क्षेत्र नं २ मा मतगणना शुरु हुन सकेन

काठमाण्डौँ क्षेत्र नं ५ मा पोखरेल अगाडि

मतपेटिकालाई लक्षित गरी दुईवटा बम विस्फोटन

प्रकाशमान सिंहलाई कडा टक्कर दिदैं रविन्द्र मिश्र

मोरङमा मतगणना शुरु