• |

आठ सय पूर्व जनसेना कमाण्डरहरु बाबुरामको नयाँ शक्तिमा

काठमाडौं, ७ पुस । दुई दिन अघि काठमाडौमा भेला गरेका नयाँशक्ति समर्थक पूर्व जनमुक्ति सेनाहरुले आज आफूहरु नयाँ शक्ति निर्माण अभियानमा सामेल भएको घोषणा गर्दै छन् । चार जना पूर्व डिभिजन सहकमाण्डर सहित झण्डै आठ सय जना पूर्व जनमुक्ति सेनाहरु आजबाट नयाँ शक्ति अभियानमा लाग्ने भएका हुन् ।naya-sakti-white-cap

काठमाडौंमा मध्यान्ह एक पत्रकार सम्मेलनको आयोजना गर्दै उनीहरुले पूर्व जनमुक्ति सेनाहरुलाई परिचालन गर्ने कार्यक्रम पनि निर्माण गरेका छन् । केन्द्रिय रुपमा एक प्रतिष्ठानको निर्माण गरि घाईते योद्धाहरुको उपचार गर्ने र जनसेवा गर्ने उनीहरुको तयारी रहेको छ ।

पूर्वी नेपालमा चर्चित हरीबहादुर श्रेष्ठ प्रमोद र पश्चिम नेपालमा चर्चित दुर्गा बहादुर चौधरी सन्तोषलगायतका जनयुद्धकालिन प्रतिभाशाली कमाण्डरहरु यो अभियानमा सामेल भएपछि बाबुराम भट्टराईसँग पूर्व जनमुक्ति सेनाको ठूलै दस्ता रहेको पुष्टी भएको छ । बिदेशमा गएका हजारौं पूर्व जनमुक्ति सेना र माओवादी कार्यकर्ताहरु पनि नयाँ शक्ति निर्माण अभियानमा संसारभरबाट खटिईरहेका छन् ।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

मोटरसाइकले ठक्कर दिँदा एकको मृत्यु

भाइटीकाको उत्तम साइत ११ः५१ बजे

तिहारको चौंथो दिन गरियो गाई, गोरु, कृषक र गोवद्र्धन पूजा

बलात्कार गरेको आरोपमा एक पक्राउ

दुई सय ६५ जनामा स्क्रब टाइफस, १८ जनामा डेंगु रोगको संक्रमण