• |

नयाँ शक्तिले सार्वजनिक गर्यो यस्तो आर्थिक नीति

काठमाडौं । नयाँ शक्ति नेपालले मंगलवार पत्रकार सम्मेलन गरेर पार्टीको आर्थिक नीति सार्वजनिक गरेको छ । सार्वजनिक आर्थिक नीतिमा एक आर्थिक वर्षमा कुनै पनि संस्था वा कम्पनीबाट २० लाखभन्दा बढी चन्दा नलिने र एकजना व्यक्तिबाट एक वर्षमा ५० हजार रुपैयाँमात्रै चन्दा लिइने उल्लेख छ ।naya-shakti-ghosana

बबरमहलस्थित पार्टी कार्यालयमा पत्रकार सम्मेलन आयोजना गरी सार्वजनिक गरिएको आर्थिक कार्यविधिमा सदस्यहरुको सार्वजनिक उत्तरदायित्व अन्तरगत नयाँ शक्ति नेपालले उपहार र चन्दा जस्ता बिषयमा पनि सदस्यहरुको लागि सीमा निर्धारण गरेको छ । नयाँ शक्ति नेपालका सबै तहका पार्षदले एक वर्षमा एकै पटक वा पटक पटक गरी १,००० भन्दा बढीको नगद वा जिन्सी उपहार लिन पाउने छैन ।
यस्तो छ नयाँ शक्तिको आर्थिक नीति :

–सदस्यहरुले गर्ने आर्थिक योगदान नै हाम्रो संगठन सञ्चालन र खर्चको महत्वपूर्ण स्रोत हुनेछ । जसकालागि नयाँ शक्ति नेपालको सदस्यता शुल्क १०० तोकिएको छ । प्रत्येक सदस्यले साउन १ गते देखि मङ्सिर मसान्त भित्रमा १०० वार्षिक सदस्यता नवीकरणशुल्क बुझाउन पर्नेछ ।

–यसैगरी पार्टीका विभिन्न तहमा उम्मेद्वार हुन चाहनेले निश्चित शुल्क तिर्नुपर्ने कार्यविधिले ब्यवस्था गरेको छ । जसअनुसार पार्टीको गाउँपरिषद् सदस्यको उम्मेदवारले २००, नगरपालिकापरिषद् सदस्यका लागि ५००, जिल्लापरिषद् सदस्यका लागि २,००० र केन्द्रीय परिषद सदस्यको उम्मेदवार हुनकालागि ५,००० शुल्कको ब्यवस्था गरिएको छ ।

–राज्यको गाउँ सभा, नगर सभा, प्रदेश सभा, प्रतिनिधि÷राष्ट्रिय सभाको निर्वाचनमा उम्मेदवार हुन चाहनेले क्रमशः ५००, १,०००, ५,००० र २०,००० शुल्क तोकिएको छ । यो शुल्क तिरेपछि उम्मेदवारहुने सदस्यहरूको निर्वाचन आयोगले तोकेअनुसारको शुल्क भने सम्वन्धित तहको पार्टीले नै बुझाउने छ ।

–नयाँ शक्ति नेपालले चन्दा संकलनका बिषयमा समेत विधि र सीमा निर्धारण गरेको छ । जसअनुसार विनाशर्त एक आर्थिक वर्षमा व्यक्तिबाट ५०,००० (रु पचास हजार) र संस्था, फर्म, कम्पनीबाट २०,००,००० (रु बीस लाख) भन्दा धेरै चन्दा लिइने छैन ।

–यसका साथै विदेशी नागरिक, वहालवाला सरकारी कर्मचारी तथापूर्णतः नेपाल सरकारको अनुदानमा आश्रित वा नेपाल सरकारको ५१ प्रतिशत भन्दा बढी स्वामित्व भएको संस्थाका कर्मचारी,प्रचलित कानुन बमोजिम बैंक तथा वित्तीय संस्थाको ऋण नतिरी वा सार्वजनिक ठेक्कामा गलत काम गरी कालो सूचीमा परेको व्यक्ति, फौजदारी अभियोगमा जेल परेको व्यक्ति, भ्रष्टाचारको अभियोगमा छानबिनको क्रममा रहेको, मुद्दामा रहेको वा अदालतले भ्रष्टाचारी भनी फैसला गरेको व्यक्ति, विदेशमा दर्ता भएको संस्था, नेपालमा दर्ता भएको भएपनि बिदेशी सरकारको ५१ प्रतिशत भन्दा बढी स्वामित्व भएको कम्पनीको सब्सिडीयरी संस्था, फर्म वा कम्पनी, धार्मिक, साम्प्रदायिक उद्देश्य भएका र त्यस्ता गतिविधि गर्ने संस्थाबाट पार्टीले चन्दा लिने छैन ।

–यसैगरी चन्दा दिने व्यक्ति, संस्था, फर्म, कम्पनीको नाम, ठेगाना र दिएको रकमको अभिलेख राखिनेछ । यस्तो विवरण प्रत्येक छ महिनामा नयाँ शक्ति नेपालको वेबसाइटमा सार्वजनिक गरिनेछ । प्रत्येक आर्थिक वर्षको वित्तीय विवरणमा चन्दा संकलनको पूर्ण विवरण प्रकाशित गरिनेछ ।

–नयाँ शक्ति नेपालले दाताको नाम र ठेगाना नखुलेको स्रोतबाट चन्दा, दान, दातव्य ग्रहण गर्ने छैन । यदि कुनै दाताले व्यक्तिगत सुरक्षाका कारण आफ्नो नाम सार्वजनिक नगर्न चाहेमा नयाँ शक्ति नेपालको आन्तरिक अभिलेखमा जनाई नाम सार्वजनिक गरिने छैन । तर नेपालको संविधान र प्रचलित कानून बमोजिम अधिकार प्राप्त निकायले यस्ता दाताको विवरण माग गरेमा उपलब्ध गराइनेछ ।

–पार्टीको चन्दा संकलन पारदर्शी, उत्तरदायी र सहभागितामूलक हुनेछ । यस प्रयोजनका निम्ति दश हजार भन्दा माथिको चन्दा बैंक चेकबाट मात्र लिइने छ । चन्दाको लागि कसैलाई कुनै किसिमको दबाब दिइने छैन । प्रत्येक वर्षको बैशाख र कात्तिक महिना समय तोकी चन्दा संकलन अभियान चलाइने छ । नयाँ शक्ति नेपालको आधिकारिक परिचयपत्र, प्रचार सामग्री र चन्दाको लागि गरिएको अपिल सहित कम्तिमा पाँच जनाको समूहले घरदैलो कार्यक्रम गरी चन्दा संकलन गर्ने छन् । चन्दा लिएपछि चन्दाको रसिद दिइने छ र दर्ता पुस्तिकामा विवरण चढाई चन्दा दाताको दस्तखत लिइने छ ।

–प्रत्येक नगरपालिका तथा बजार र आर्थिक क्षेत्रहरूमा व्यवसायीहरूलाई ‘असल राजनीतिकालागि लगानी गरौं’ भन्ने समूहमा आबद्ध हुन प्रेरित गरिनेछ । यस्ता समूहसँग नयाँ शक्ति नेपालले आर्थिक नीतिहरू, लगानी तथा व्यवसायकालागि असल वातावरण निर्माण गर्न आवश्यक सुधारका कार्यक्रम बनाउने र निरन्तर संवाद गर्नेछ । नयाँ शक्ति नेपालका कुनै पनि तहका सदस्यले आफ्नो निवासमा वा एक्लै चन्दा संकलन गर्न पाउने छैन । यसैगरी नेपाली नागरिकले नयाँ शक्ति नेपालको लेखा तथा हिसाबकिताब सम्बन्धी विवरण हेर्न चाहेमा निश्चित दिन र प्रक्रियाअनुसार उपलब्ध गराईने छ ।

–नयाँ शक्ति नेपालले पार्टी कार्यकर्ताहरुका लागि एक कल्याणकारी कोषको सञ्चालन गर्नेछ । यो कोष सञ्चालनका लागि छुट्टै ‘कल्याणकारीकोष सञ्चालन कायविधि’ निर्माण गरिनेछ ।

–सदस्यहरुको सार्वजनिक उत्तरदायित्व अन्तरगत नयाँ शक्ति नेपालले उपहार र चन्दा जस्ता बिषयमा पनि सदस्यहरुको लागि सीमा निर्धारण गरेको छ । नयाँ शक्ति नेपालका सबै तहका पार्षदले एक वर्षमा एकै पटक वा पटक पटक गरी १,००० भन्दा बढीको नगद वा जिन्सी उपहार लिन पाउने छैन । तर एकाघर परिवारका सदस्यले दिएको उपहार स्वीकार गर्न बन्देज हुने छैन ।

–सबै तहका परिषद् सदस्यले भ्रष्टाचार निवारण ऐनमा तोकिएको ढाँचा र समयभित्र प्रत्येक वर्ष सम्पत्ति विवरण सीलवन्दी गरी केन्द्रीय सचिवालयमा बुझाउनु पर्नेछ ।

सम्बन्धित समाचार

संयुक्त राष्ट्रसंघकोे ७२औँ महासभामा मानव अधिकार परिषद्मा नेपाल निर्वाचित

Nepal-Flag

वाशिङ्टन डिसी, ३१ असोज । संयुक्त राष्ट्रसंघकोे ७२औँ महासभाले मानव अधिकार परिषद्मा नेपाललाई पनि निर्वाचित गरेको छ । विभिन्न देशका…

उपप्रधानमन्त्रीद्वारा नेपालको महावाणिज्य दूतावास कार्यालयको उद्घाटन

Krishna_Bdr_Mahara

काठमाण्डौँ, २५ भदौ । उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले चीनको ग्वान्जाओस्थित नेपालको महावाणिज्य दूतावास कार्यालयको आज उद्घाटन गरे । परराष्ट्रमन्त्री…

हरितालिका तीजका अवसरमा राष्ट्रपतिद्धारा शुभकामना

bidhya_bhandari_crop1446045468031.jpg_1718483346

काठमाण्डौँ, ८ भदौ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली महिलाहरुको महान् चाड हरितालिका तीजका अवसरमा स्वदेश र विदेशमा रहेका सम्पूर्ण नेपालीमा…

प्रधानमन्त्री देउवा आज नयाँ दिल्ली प्रस्थान

प्रधानमन्त्री_देउवा_दिल्ली_प्रस्थान__फोटोफिचर_8015

काठमाण्डौँ, ७ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवा भारतको पाँच दिवसीय राजकीय भ्रमणका लागि आज नयाँ दिल्लीतर्फ प्रस्थान गरेका छन् ।…

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

बलात्कार गरेको आरोपमा एक पक्राउ

दुई सय ६५ जनामा स्क्रब टाइफस, १८ जनामा डेंगु रोगको संक्रमण

यमपञ्चकको दोस्रो दिन आज कुकुर तिहार

चितवनमा मतदाता संख्या तीन लाख ५४ हजार

स्वास्थ्य संस्थाको चल र अचल सम्पत्ति अब स्थानीय तह मातहतलाई जिम्मा