• |

मनमा भए जोस जाँगर, घरमै मिल्छ रोजगार

श्यामशीत्तल

लमजुङ । पुर्वी लमजुङको भार्ते गाविस २ एक्ले खेतका गोविन्द नेपाली परिवारको सुखद भविष्यको कल्पना गर्दै ३ वर्ष अगाडि कतार पुगे । उनले कतारको चर्को घाममा रगत पसिना वगाए, तर उनको दुःख पखालिएन । वदेशमा गर्ने श्रम पसिना आफ्नै मुलुकमा पोख्छु भनी उनी नेपाल फर्किए । र आफ्नै गाउँठाउँमा व्यवसायिक तरकारी खेती शुरु गरे । व्यवसायिक तरकारी खेतीवाट उनले अहिले राम्रो आम्दानी गरेका छन ।krishi

भावुक वन्दै उनले विदेशमा दुःख गर्दाको क्षण सम्झिए । ४० वर्षिय कृषक गोविन्द नेपालीले घरभन्दा अलि परको ५ रोपनी जग्गामा तरकारी खेती गरेका छन । उनले वुदुने खेतमा वन्दा, गाँजर, धनियाँ र मुला लगाएका छन । काउली विक्रीवाट १५ हजार कमाई सकेको उनले वताए । उनले तरकारीमा कुनै विषादीको प्रयोग गर्दैनन । वन्दा विक्रीका लागि तयार रहेको पनि कृषक नेपालीले सुनाए । साथै उनले घरमै दुई वटा टनेल निर्माण गरी गोलभेडा लगाएका छन । तरकारी खेतीवाट वार्षिक १ लाख ५० हजार आम्दानी हुने उनले सुनाए ।krishi2

‘‘पहिले घर व्यवहार चलाउन निकै असजिलो हुन्थ्यो, छोराछोरी पढाउनै पर्यो,” उनले भने, ‘‘एक्लो पाखुराले ज्याला मजदुरी गरी कमाएकोले पुगेन । अहिले जहान परिवार मिली तरकारी खेती गर्नाले छोरा छोरी पढाउन सजिलो छ र घर व्यवहार पनि चलेकै छ ।”

कृषक नेपालीलाई खेतवारीको काममा उनकी श्रीमती वालकुमारी नोपली र छोरा विकास नोपली र छोरी अप्सरा नेपालीले पनि सघाउँछन । विकास नेपाली भोटेओडारको भक्ति नुमना उमाविको कक्षा ११ मा शिक्षा विज्ञान पढ्दै छन भने अप्सरा कक्षा ९ मा पढ्छिन ।

उनले उत्पादन गरेको तरकारी वजारमा एकै छिनमा छोप हुने वताए । उत्पादित तरकारी उनी नजिकैको वेलघारी र भोटेओडार वजारमा ल्याई विक्री गर्छन ।

‘‘वजार नपाएर उत्पादित तरकाी खेर गएको छैन,” उनले भने, ‘‘आफुले भनेकै मुल्यमा तरकाी वजारमा कट्छ ।” तरकारीका विरुवा पनि आफ्नै वारीमा उत्पादन गर्छन र विक्री गर्छन । कम समय, थोरै श्रम र लगानीमै तरकारी खेती गर्न सकिने र राम्रो आम्दानी हुने भएकाले भावी दिनहरुमा यसलाई निरन्तरता दिने उनले सुनाए ।

तरकारी खेतीका अलवा उनले घरमा एउटा दुहुनो भैंसी, वाख्रा र गोरु पालेका छन । भैंसीको दुध विक्रीवाट पनि उनले आम्दानी गर्छन । ‘‘विदेशमा पैशा फल्ने हैन रैछ, साह्रौ दुःख हुने आफैँले देखियो भोगियो,” उनले भने, ‘‘विदेशमा गर्ने दुःख घर गाउँकै माटोममा गर्न सके राम्रो आम्दानी गर्न सकिन्छ । वास त्यसका लागि जोस र जाँगर चाहिन्छ ।”

व्यवसायिक काम गर्नका लागि अरुको मात्र भर पर्न नहुने उनको भनाई छ । तरकारी खेतीका लागि उनले जिल्ला कृषि विकास कार्यालयवाट ६० हजार रुपैयाँ समेत पाएका छन । उनले प्राप्त रकम टनले निर्माणमा खर्च गरेको वताए । तरकारी खेतीका लागि आफुलाई सिँचाईको समस्या पर्ने गरेको उनले वताए ।

उनीजस्तै पछिल्लो समय लमजुङमा अहिले व्यवसायिक रुपमा कृषि कर्ममा जुट्नेहरु प्रशस्तै देख्न सकिन्छ । जिल्लामा कोही व्यवसायिक तरकारी खेती, फलफुल खेतीमा लागि परेका छन त कोही वंगरपालन, गाईपालन, कुखुरापालन र व्यसायिक वाख्रापालनमा । कृषि कर्ममा युवाहरुको जमात लागिपरेको देख्न सकिन्छ । नयाँ, जोस र जाँगर भएका युवाहरु कृषि व्यवसायमा प्रवेश गर्नु राम्रोे रहेको विज्ञहरु वताउँछन । लमजुङका विभिन्न ठाउँमा रहेका कृषकहरु अहिले सानो देखि ठुलो लगानी गरी ‘‘कृषि पेशामा रम्दै, पैशा कमाउँदै” गरेका छन ।krishi3

सम्बन्धित समाचार

संयुक्त राष्ट्रसंघकोे ७२औँ महासभामा मानव अधिकार परिषद्मा नेपाल निर्वाचित

Nepal-Flag

वाशिङ्टन डिसी, ३१ असोज । संयुक्त राष्ट्रसंघकोे ७२औँ महासभाले मानव अधिकार परिषद्मा नेपाललाई पनि निर्वाचित गरेको छ । विभिन्न देशका…

उपप्रधानमन्त्रीद्वारा नेपालको महावाणिज्य दूतावास कार्यालयको उद्घाटन

Krishna_Bdr_Mahara

काठमाण्डौँ, २५ भदौ । उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले चीनको ग्वान्जाओस्थित नेपालको महावाणिज्य दूतावास कार्यालयको आज उद्घाटन गरे । परराष्ट्रमन्त्री…

हरितालिका तीजका अवसरमा राष्ट्रपतिद्धारा शुभकामना

bidhya_bhandari_crop1446045468031.jpg_1718483346

काठमाण्डौँ, ८ भदौ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली महिलाहरुको महान् चाड हरितालिका तीजका अवसरमा स्वदेश र विदेशमा रहेका सम्पूर्ण नेपालीमा…

प्रधानमन्त्री देउवा आज नयाँ दिल्ली प्रस्थान

प्रधानमन्त्री_देउवा_दिल्ली_प्रस्थान__फोटोफिचर_8015

काठमाण्डौँ, ७ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवा भारतको पाँच दिवसीय राजकीय भ्रमणका लागि आज नयाँ दिल्लीतर्फ प्रस्थान गरेका छन् ।…

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

विवादका कारण भक्तपुर क्षेत्र नं २ मा मतगणना शुरु हुन सकेन

काठमाण्डौँ क्षेत्र नं ५ मा पोखरेल अगाडि

मतपेटिकालाई लक्षित गरी दुईवटा बम विस्फोटन

प्रकाशमान सिंहलाई कडा टक्कर दिदैं रविन्द्र मिश्र

मोरङमा मतगणना शुरु