• |

कमान्डरलाई थाहै नदिई योजना बदलिएकोः स्याङजा कब्जा

चन्द्रप्रकाश खनाल ‘बलदेव’

२०५८ सालको पहिलो शान्तिबार्तामा आउदा हाम्रो पार्टीले प्रहरीसंगको लडाई जितिसकेको थियो । त्यागे बार्तामा पार्टीले उठाएको शान्ति, संबिधानसभा र गोलमेच सम्मेलनको नारामा कुनै सहमति बन्न नसकेपछि हामी युद्धबिराम भंग गर्ने निष्कर्षमा पुग्यौ । युद्धबिराम भंगपछि हामी कसरी अघि बढने, फौजी आक्रमण कस्तो बनाउने भनेर चितवनमा बैठक बस्यौ । त्यहा हामी फौजी योजना बनाउन खास खास मान्छे मात्र बसेका थियौ । अध्यक्ष प्रचण्ड, बाबुराम भटराई, किरण, बादल, अनन्त, म लगायत थुप्रै साथिहरु अवको योजना कसरी लैजान सकिन्छ भन्नेबारे अत्यन्तै गहिरो छलफल गरयौ । २०५२ सालदेखी २०५८ सालसम्म भएका फौजी आक्रमणको मुल्याङकन पनि गर्यौ त्यहा । पुर्व पश्चिमका आक्रमणको मुल्याङकन गर्दा हामीले प्रहरीमाथीको आक्रमणमा बिजय प्राप्त गरिसकेको निष्कर्ष निकाल्यौ । अव घुमन्ते बिद्रोही कार्यदिशाबाट माथी उठनुपर्छ र घुमिफिरी फेरी पनि प्रहरीलाई नै आक्रमण गर्नुहुदैन । संख्यात्मक र हतियारको संख्याको आधारमा नभएर राजनितिक श्रेष्ठताको आधारमा लडिएको युद्ध बैचारिक युद्ध हुनाले अहिलेको युद्धलाई एक स्टेप माथी उठाउनुपर्छ भन्नेमा एकमत भयौ । अव हामीले सैनिकमाथी आक्रमण गर्नुपर्छ र त्यसो गर्दा असाध्यै होस पनि पुर्याउनुपर्छ भनेर शुरु गर्यौ ।

चन्द्रप्रकाश खनाल ‘बलदेव’

चन्द्रप्रकाश खनाल ‘बलदेव’

त्यतिखेर जनमुक्ति सेनाको ठुलो हिस्सा पश्चिममा भएकोले त्यतातीरबाटै सैनिकमाथीको आक्राण शुरुवात गर्नुपर्छ भन्यौ । आक्रमण गर्दा पुरै कब्जा गर्ने योजना बनायौ । पुर्वको हकमा सदरमुकाम आक्रमण गर्ने तर सैनिक क्याम्प उठाउने गरी नगर्ने निर्णय गर्यौ किनभने हामी त्यहा कमजोर थियौ । सरमुकाम कब्जा गर्ने तर सैनिकलाइ रोक्ने मात्र प्रस्ताव अघि सार्यौ । त्यतिबेला मध्य क्षेत्रको सैन्य क्षेत्र मैले हेर्ने भएकोले त्यहा लगातार प्रहरीलाइ मात्र आक्रमण गरेका थियौ । २०५७ सालदेखी नै म मध्ये क्षेत्रको सैन्य इन्चार्ज थिए । मध्ये क्षेत्रमा त्यतिखेर एउटा कम्पनि मात्र बनाएका थियौ । १४ ओटा प्लाटुन, एउटा कम्पनी र सयौ जस्तो स्वाएरहरु मध्य क्षेत्रमा कार्यरत थियो । त्यसमध्येको सेलेक्टेड कम्पनिको कमाण्डर गोरखाका सन्दिप भन्ने थिए । (जो पछि मारिए ) । अहिले १ नम्बर डिभिजनका कमाण्डर प्रतिक्षा भ्वाइस कमाण्डर थिए । मध्यक्षेत्रमा के गर्न सकिन्छ भनेर हेडक्वाटरबाट हामीलाइ सोधियो । मैले उत्तर दिए, ‘सदरमुकाम कब्जा गर्न सकिन्छ तर सैनिक ब्यारेक कब्जा गर्न गारहो छ ।’ त्यसपछि पश्चिममा सैनिक ब्यारेक कब्जा, पुर्व सैनिक रोक्ने सदरमुकाम मात्र कब्जा गर्ने र मध्य क्षेत्रमा सदरमुकाम मात्र कब्जा गर्ने भन्ने अन्तिम निर्णय गर्यौ । चितवन बसाइले यिनै निर्णय गर्यो र त्यसको तयारीमा हामी लाग्यौ । त्यतिखेर म सप्लाइ र निर्माणको पनि इन्चार्ज भएकोले मैले सबैतीरको तयारी जोडनुपर्ने पनि अवस्था थियो । तीन ओटै क्षेत्रमा कति कति हतियार पठाउने भन्ने जिम्मा पनि मेरै थियो ।

पश्चिमको दाङ आक्रमणको लागि केही एकै ४७ र एम १६ राइफलहरु पठायौ । त्यतिखेर हामीले २ ओटा एसएलआर राईफल बाहिरबाट सहयोग स्वरुप प्राप्त गरेका थियौ । ती राईफल पनि ठाउमा पुर्याउनु थियो मैले । ति हतियार दाङ पठाइसकेपछि मध्य क्षेत्रको तयारीमा म घनिभुत रुपमा जुटे । मुलत: म त्यो कम्पनिको कमिसार र त्यो क्षेत्रको पनि सैन्य इन्चार्ज भएकोले मैले त्यहा कमाण्डरको भुमिका निर्वाह गर्नुपर्ने थियो । मध्य क्षेत्रको हकमा हामीले तीन ओटा जिल्ला सदरमुकाम हेरेका थियौ । खासगरी स्याङजाको पुतलीबजार, पर्वतको कुश्मा, तराइमा नवलपरासीको परासी हेरियो । सवै हेरिसकेपछि स्याङजाको कुश्मा नै कब्जा गर्न उपयुक्त देख्यौ । त्यसैको प्लानमा लाग्यौे । हामीसंग भएको १ कम्पनि र १४ प्लाटुनले नपुग्न सक्छ भनेर पश्चिमबाट एक प्लाटुन माग्यौ । कमरेड अरुणको नेतृत्वमा ४५ जनाको प्लाटुन पश्चिमबाट बोलाइयो । त्यो प्लाटुन कालिकोटबाट आएको थियो । (त्यो प्लाटुनको कमाण्डर कमरेड अरुण अर्घाखाची आक्रमणमा शहिद हुनुभएको थियो ।)
त्यतिबेला हामीले करिव साढे सात सयको फोर्स केन्द्रिकृत गरेका थियौ । हामीलाइ चाहिने जिलेटिन, गोलि गठठा र अरु सामानहरु सवै आंकलन गरेर कमरेड प्रतिक्षा र सन्दिपलाइ फाईनल रेक्कीको जिम्मा दिईयो । टोटल ब्यवस्थाको जिम्मा त्यतिबेलाको जिल्ला इन्चार्ज खोपबहादुर कडेल (चिराग)लाइ दिइयो । अरु हातहतियार ल्याउने टिम निर्माण गर्ने काम त्यतिबेलाको केन्द्रिय सदस्य उत्तमलाइ दिईयो । सवै जिम्मेवारी बाडफाडपछि रेकी गर्न शुरु गर्यौ । हामीले चित्रेभञ्ज्याङमा केन्द्रिकरण हुने निर्णय गर्यौ । स्याङजाको चित्रे र तनहुको किउलाइ बेश बनाएर सबै केन्द्रित गयौ । त्यो तयारी अत्यन्त छोटो समयमा गरिएको थियो । धेरै टिमहरु बनाएर रेकी गर्न पठायौ । पोखेराबाट धेरै नजिक भएकोले त्यहाबाट आउने सेना र वालिङमा ठुलो संख्यामा रहेका प्रहरी र त्यहा रहेको प्रहरी, सिडियो कार्यलय, डिएसपी कायालय, बैङकहरु, मालपोत कार्यालय ती सवै कब्जा गर्नुपर्ने थियो । तिनिहरुको रे्की गरिसकेपछि करिब करिव हामीहरुले आक्रमण गर्न सात दिन मात्र बाकी थियो । त्यसको तयारीमा जुटदै गर्दा मध्ये क्षेत्रका केही साथीहरु खासगरी एउटा सैन्य कमाण्डमा रहेका कमाण्डर सन्दिप भन्नेमा नै जिल्ला कब्जा गर्न सकिन्छ भन्ने आत्मबिश्वास देखा परेन । उनि आफै मध्ये क्षेत्रमा यो ठुलो योजना भयो सकिदैन भन्न थाले । त्यपछि मैले आतंकित हुन जरुरी छैन , हामी सहज ढंगले जित्न सक्छौ, कब्जा गर्न सकिन्छ भने । हामीले त्यो प्लान बचाउनु थियो पहिलो फायर गर्दासम्म पनि योजनालाइ गोप्य राख्नुपर्ने चुनौति थियो । त्यहा एकै रातमा सेल्टरमा पुग्नुपर्ने अवस्था थियो । सात दिन मात्र बाकी रहदा म आफै रेक्की गर्न गए ।

वालिङ हेरे, स्याङजाबाट पोखरासम्मको रुट हेरे । सवै रुटहरु हेरे र म्याप तयार पारे । म्याप तयार गर्ने क्रममा पुतली बजार कम्जा गरेपछि वालिङ त स्तह कब्जा गर्न सकिन्छ भन्ने लाग्यो । त्यसको डिफेन्स पनि हुदैन । त्यो अफेन्स गरेर यता आउन सक्ने अवस्था पनि थिएन । यदी स्याङजा जित्यौ भने स्तह वालिङ जितिन्छ । स्याङजा हारयौ भने वालिङलाइ किन रोक्ने मात्र भनेर मैले झण्डै सदरमुकाम जस्तै अर्को ठाउ वालिङ सात दिन बाकी रहदा थप गरे । पुतलीबजारसंगै वालिङ पनि कब्जा गर्नुपछ भनेर मैले अन्तिममा योजनामा थपे । शक्ति नया ढगले बाडियो र अहिलेको सिसिएम (कुमार) हरि अधिकारीको नेतृत्व वालिङमा खटाइयो । उहाको नेतृत्वमा चार प्लाटुन त्यहा खटाउने । त्यहाका सवै सरकारी कार्यालय कब्जा गर्ने योजना बनायौ । स्याङजा कब्जा गर्ने ४५ मिनेटको प्लान बनाइृयो । ४५ मिनेटमा टोटल कब्जा गरेर रिटिट हुनुपर्छ भनियो । पोखरा रोकेर असाध्यै दुर्त गतिमा कब्जा गर्ने र सकभर मानबिय क्षेति नगर्ने आत्मसर्मपण गर्नेलाइ कुनै हालतमा नमार्ने, सरकारी अधिकारीहरुलाइ कब्जामा लिने । कब्जामा लिएकालाई हत्या नगर्ने । भिडनतमा भिडन आउछ भने नछोडने योजना बनायौ । मुख्यत हामीले दुइतीरबाट आक्रमण गर्दै थियौ । आधिखोलामा पछाडी पटि अलि गारहो थियो । त्यहा सिडियो कार्यालयको भित्तोबाट आधिखोला सटेर जाने थियोे । आधीखोला तरे पारी गएर आक्रमण गर्नुपर्ने भएकोले त्यो असाध्यै ठुलो चुनौती भयो । पारी जादा आक्रमण नगर्दै सवै खुल्ने अवस्था थियो । त्यपछि मैले कमाण्डर सन्दिपलाइ हेर्न र त्यसको बिकल्प खोज्न पठाए । तर उनले बिकल्प छैन भनेर आए । त्यपछि म कमाण्डरको भर परिन र भिसि प्रतिक्षालाइ पठाए । मैले कसैलाइ नभनी आफनै ढंगले प्लान चेन्ज गरे । कमाण्डरलाइ पनि थाहा नदिई भिसीलाइ पठाएको थिए । प्रतिक्षालाइ अव तपाइले कमाण्ड गर्नुपर्छ पारी जाने फोर्सलाइ कमाण्ड गर्नुपर्छ भने । यदी खोला तरेर पारी जानुपर्ने भए पनि प्लान खुल्न भएन र यदी वारीबाटै जाने ठाउ छ भने पनि बिकल्प खोज्नुपर्यो भने । प्रतिक्षाले कुनै न कुनै बिकल्प छ तपाइ ढुक्क हुनुस भने पछि पारीको कमाण्ड प्रतिक्षालाइ सुम्पे ।janasena-final

हामीले जम्मा ४५ मिनेटमा सकेसम्म सवै कब्जा गर्ने नसके अन्तिमसम्म लडने र सकभर हाम्रो योजना भित्र कब्जा गर्ने नसके उज्यालो हुने बेलासम्म लडने भनियो । र केन्द्रित र बिकेन्द्रित योजना बनायौ । केन्द्रित , एटेक, रोक्ने र बिकेन्द्रित योजना बनायौ । पोखराबाट आउने शक्तिलाइ रोक्न एउटा प्लाटुन कमाण्डरको नेतृत्वमा पठायौ । पोखराबाट आउने सेनालाइृ रोक्न ६ ठाउमा अवरोध गर्यौ । बाटोका कल्भट बलमे उडाउने , रुख, ढुङगले त्यसो बाटो छेक्ने गर्यौ । सवै मोर्चामा आधा आधा घण्टा लडने योजना बनाइयो । यसरी प्लान बनाउदै जादा ६ वटा ठुला अवरोध र १० ओटा सना गरी १६ ओटा बवरोध खडा गर्यौ । आक्रमणस्थलको माथी टावरमा सेना थियो । त्यसलाइ रोक्ने, पाल्पादेखी वालिङसम्मको एउटा र कब्जा गर्न नसकेर पुतली बजारको प्रहरी उम्मेर वालिङतीर नजाओस भनेर स्याङजादेखी वालिङसम्म आठ वटा अवरोध खडा गर्यौ । मंसिर आठ गतेको लागि अन्तिम योजना बनायौ र सोचे अनुसार सवैतीरबाट सवै चिज प्राप्त गर्यौ ।

हामीले मंसिर आठ गते देशभर तीन ओटा मुख्य हमला र अरु सहायक हजारौ गर्ने भनेका थियौ । देशभर ११ बजे फायर खोल्ने भनेका थियौ । युद्धबिराम पनि त्यहि अनुसार भंग हुने हुनाले सवैतीर कोर्डिनेशन मिलाएका थियौ । आक्रमणको दिन दिउसो भिसि प्रतिक्षलाइ योजना चेन्ज गरेर बाटो बनाउन पठाए । त्यहा बाटो बनाएर तपाइ फलानो ठाउ आउनुस भनेर पठाए । ११ बजे त्यहा पुग्ने गरी हामी अन्तिम दिन नै अनितम सेल्टरबाट आक्रमण स्थल प्रस्थान गर्यौ । त्यहा १४ ओटा एसल्ट बनाएका थियौ । त्यसमध्ये पश्चिमबाट आउने टिमलाई सिडियो कार्यालय दिईयो । बसन्तको कमाण्डको टिमलाई सडकको छेढको पछाडी पटटी बस्ने प्रहरीको समुहलाइृ आक्रमण गर्न भनियो । त्यहा बंकरहरु पनि भएकोले त्यसलाइ तोडन हामीले करिव २० ओटा कुकर बम बनाएका थियौ । मुल गेटमा एउटा एसएमजी र अन्य हतियार सहितको समुह राखेका थियो । सवै ठाउमा आक्रमण गर्न छुट्टा छुटै टिम निर्माण गरेका थियौ । त्यो टिमहरु आ आफनो ठाउमा पुग्न अरुलाइ भन्दा निर्णयक पहल पुग्ने टिमलाइ समस्या थियो । त्यहा नजिकै रहेको मनिदरलाइ हामीले कमाण्ड पोष्ट बनाएका थियौ । त्यो पोष्टमा म लगायत उत्तम, सुनिलले त्यहाबाट कमाण्ड गरेका थियौ । त्यस अगाडीबाट कमाण्डरले कमाण्ड गर्ने, त्यसको अपोजिट ठाउबाट भिसिले कमाण्ड गर्ने मिलाएका थियौ । हामी ११ बजे ठाउमा पुग्यौ । ११ बजेर ५ मिनेटमा फायर खोल्ने कुरा थियो । ठिक ११ बजेर ३ मिनेटमा फष्ट फायर खोल्यौ । त्यहा १४ जना प्रहरी मरे । उनिहरु गस्तीमा गएका रहेछन । हामीले फायर खोल्ने पनि र उनिहरु गस्ती सकेर गेटमा आउने पनि भयो । गेटमा एसएमजीवाला टिमसंग उनिहरुको भिडन्त भयो । करिव हाम्रो योजना अनुसार नै काम भयो । त्यतिखेर स्मरणीय के छ भने कमाण्डरको कमाण्ड खोसियो तर उनलाइ नै थाहा दिईएन । उनले दिनभर कोदालोले खनेर आधीखोलाको वल्लो किनारबाटै बाटो बनाउनुभयो । जनताले पनि नदेख्ने गरि सिस्नेघारी फाडेर बाटो बनाउनुभयो । योजनालाई सक्केस गर्ने काम गर्नुभयो । सन्दिप डराउनुभएको छ । उहाले कमाण्ड छोनुभयो भने पनि मुख्य कमाण्ड मैले गर्छु ।

पुर्वको टिम मैले पसिरचालन गर्छु पश्चिमको तपाइले गर्नुस भने प्रतिक्षालाइ । म कमाण्डर प्रतिक्षा भिसी जस्तो गरेर योजना बनायौ । त्यो योजना अनुसार हामीले ४२ मिनेटमा कब्जा गर्यौ । हाम्रो चार जना साथीहरु घाईते भए । कोही पनि शहिद भएनन । पोखेराबाट आएको सेनालाइ ढेड घण्टा उतै रोकियो । भनेकै समयमा मालपोत, सिडियो लगायत सवै सरकारी हाकीम नियन्त्रणमा लियौ । बेङ कब्जा गर्यौ । बैङमा पैसा राखेको आलमाडी टुटाउन सकेनौ । त्यसपछि सात ओटा माइन हानेर आलमाडी तोडियो । त्यहाको पैसा सवै हावामा उडे, टुक्रा टुक्रा भए । स्याङजाबाट हामीले पन्ध्र करोड पैसा, करिव ५० किलो सुन कब्जा गर्यौ । यता वालिङमा पनि योजना अनुसार नै कब्जा भयो । त्यसमा एक इन्च पनि मिस्टेक भएन । स्याङजा, योजनामा बिना क्षेति गरिएको कार्वाही हो । कब्जा भएका सवैलाइ हामीले अली वर ल्याएर छाड्यौ, घाइते प्रहरीहरुलाइ एक ठाउ जिम्मा लगायौ । त्यहा हाम्रा साथीहरुको गल्ती पनि भयो । उनिहरुले कब्जापछि राम्रोसंग सर्च गरेनन । हामीले करिव १८ ओटा माउजर फेला पारयौ । बाकी शुरुमै आगो लगाउदा ३०, ३२ ओटा जले । बाकी हजारौ सेलहरु गोलीहरु नष्ट भए । गोलीको भण्डार नहेरी आगो लगाउदा हामी आक्रमण सकेर फर्कदा समेत त्यो जिपिएमजीको फायर जस्तै पडकीरहयो । हामीले ३०,४० थान पेस्तोल, अन्य राईफलहरु कब्जा गर्यौ । यस्तै वालिङबाट २ करोड नगद , सुन, २५ थान जति राईफल लगायत सवै कब्जा गर्यौ । करिव दुइृओटा सदरमुकाम जस्ता स्याङजा र वालिङ कब्जा गर्यौ । र, हामी रिटिट भयौ । यो कार्वाही मध्ये क्षेत्रमा उदाहरणीय थियोे । तर मध्यक्षेत्रमा यसपछि करिव जेठसम्मको अवस्था अत्यन्तै पेचिलो भयो । पार्टीको आन्तरिक बिवादको संघर्ष रहयो । जसरी हाम्रो एक्सन प्लान हुनुपर्ने थियो त्यसको रक्षा गर्न हामीले सकेनौ । त्यतिबेलामा सिसिएम, जिल्ला इन्चार्जहरुका पनि कमजोरी रहे । मेरो पनि कमजोरी रहयो । हतियार र टिमद्धारा नै हाम्रो प्लानको रक्षा हुन्छ भन्नेतीर भन्दा पनि बिकेनद्रीत गर्नुपर्छ भन्ने खालको मानसिकताले म मा पनि घर गर्यो कि भन्ने लाग्यो । हामी केन्द्रिकृत भन्दा पनि आफै सुरक्षीत हुने प्रबृति देखा पर्यो । योजनाको सफल रक्षा गर्न सकिएन । तर जहासम्म मेरो जीवनको १० बर्षका घटनाक्रम हेर्दा स्याङजा कार्वाही अबिष्मरणीय छ । (कुराकानीमा आधारीत)

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

विवादका कारण भक्तपुर क्षेत्र नं २ मा मतगणना शुरु हुन सकेन

काठमाण्डौँ क्षेत्र नं ५ मा पोखरेल अगाडि

मतपेटिकालाई लक्षित गरी दुईवटा बम विस्फोटन

प्रकाशमान सिंहलाई कडा टक्कर दिदैं रविन्द्र मिश्र

मोरङमा मतगणना शुरु