• |

बर्षकै व्यस्थ नवनायिका

काठमाडौं । नेपालका धेरै नायिकाहरु नव बर्षको शुरुको दिनमा आ आफ्नै कार्यक्रमहरुमा ब्यस्थ देखिन्छन् । कोहि नायिकाहरु नयाँ चलचित्रको शुटिङ्मा व्यस्थ, त कोहि बिभिन्न सांस्कृतिक कार्यक्रमहरुमा व्यस्थ । यो त हाम्रो लागि कुनै नौलो बिषय भएन ।

आज हामी एक यस्तो बिषयमा प्रवेश गर्दैछौं, जहाँ एक नवनायिका शुटिङ र साँस्कृतिक कार्यक्रममा नभई हरेक दिन जस्तै काठमाडौंको सुन्धारा, रत्नपार्क हुँदै छाउनी, सितापाईला रुटमा टेम्पो चलाउन ब्यस्थ छिन् । उनी हुन् चलचित्र टेम्पो चालककी नायिका कोपिला तमाङ ।

अनलाईन चौतारीको टीम उनलाई भेट्न उनको टेम्पो ग्यारेज पुग्दा विहानको ६ बजेको थियो । कोपिल सधै झै आफ्नो टेम्पो सरसफाईमा ब्यस्थ थिईन् । हामीलाई देखेपछि उनी आश्चार्य मानिन् । उनलाई सोधियोः बर्षको अन्तिम दिनमा पनि तपाई टेम्पो चलचउर्दै हुनुहुन्छ ? उनले सोझो जवाफ दिईन्ः ‘टेम्पो नचलाए के गर्नु ?’kopila-tamang2
चलचित्र टेम्पो चालकको प्रदर्शन पछि तपाई बिभिन्न मिडियामा छाउनुभयो है ? हाम्रो जवाफको उत्तर दिदै उनी भन्छिन्ः ‘खै साथीभाईले त भन्दै थिए । इन्टरनेटमा पनि आएको थियो रे । फेसबुक र एउटा पत्रिकामा मैले पनि देखेको थिए । टेम्पो चलाउनमै ब्यस्थ हुन्छु । त्यति ईन्टरनेटमा बस्दिन । मलाई त थाहै हुँदैन । ‘

उनलाई हाम्रो अर्को प्रश्न थियो, चलचित्र प्रदर्शनपछि तपाईको टेम्पो चड्ने यात्रुहरुले टेम्पो चालककी नायिका भनेर चिन्दैनन्?
‘शुरुमात चिन्दैनन्’ । लज्जालु पाराले उनले भनिन् ‘टेम्पोमा रहेको चलचित्रको पोष्टर हेरेपछि यी नायिका र तपाईको अनुहार मिल्छ नी, कतै तपाई नै त होईन भनेर सोध्छन् । मैले पनि हो भन्ने जवाफ दिन्छु । त्यसपछि यात्रुहरुले थप कुराकानी गर्न खोज्छन् । चलचित्रको बारेमा सोध्छन् । कसरी चलचित्र खेल्नुभयो भन्ने जिज्ञासा राख्छन्’ ।kopila-tamang3
कोपिला गफिदै गईन् , ‘मैले पनि वहाँहरुलाई यो एउटा बास्तविक कथाबस्तुमा आधारीत र हामी टेम्पो चालकहरुलाई सम्मान गर्ने कथाबस्तु भएको हुँदा मैले यसमा अभिनय गरेको बताउछु’ ।
अरु के छ त चलचित्र टेम्पो चालकमा ? हाम्रो प्रश्न थपिदै थियो । कोपिलाले भनिन्, ‘मलाई जहाँसम्म लाग्छ नेपालमा बनेका चलचित्रहरु मध्ये यो पहिलो तीनभाषे चलचित्र हुनुपर्छ । जहाँ नेवार संस्कृति र तमाङ संस्कृतिलाई जस्ताको त्यस्तै देखाएको छ’ ।final Tempo Chalak

यो चलचित्र युनिटसँग तपाईको भेट कसरी भयो त ?
‘म टेम्पो चलाउँदै थिए ‘। कोपिलाले बेलिबिस्तार लगाउदै अगाडि बढिन् । ‘अचानक चलचित्रका निर्माता गंगा नेम्कुल मेरो टेम्पोमा चड्नुभयो । वहाँ भर्खरै अष्ट्रेलियाबाट नेपाल आउनुभएको रहेछ । वहाँको सपना हामीजस्तै महिला टेम्पोचालकको सम्मानमा यसै बिषयमा एउटा चलचित्र निर्मार्ण गर्ने । त्यसको लागि वहाँले मलाई मद्दत माग्नुभयो । मैले नचिनेको मान्छे भएको हुनाले शुरुमा वहाँलाई कुनै बचन दिईन । बिस्तारै वहाँले चलचित्रको बारेमा पुर्णरुपमा जानकारी दिनुभयो । त्यसपछि नेपालका चर्चित हास्यकलाकार रवी डंगोलसँग भेट गराई भन्नुभयो चलचित्र टेम्पो चालकको निर्देशक वहाँ नै हो । त्यसपछि भने मैले पूर्ण रुपमा बिश्वास गरे ।’

टेम्पो चलाउन र अभिनय गर्न कुन सजिलो रहेछ त ?
कोपिला भन्छिनः ‘टेम्पो त मैले सधै चलाउदै आएको पेशा, सजिलो भैहाल्छ नी । अभिनय त पहिलो पटक गर्दै थिए । साह्रै गाह्रो लाग्यो, तर चलचित्रको निर्माण टिमको सहयोगलेनै मैले चलचित्र गर्न सके । ‘
भोली नयाँ बर्षको पहिलो दिनको ब्यस्थता के छ त ?
‘नयाँ बर्षको पहिलो दिन मात्र होईन म त बर्षभरी नै टेम्पो चलाउनमै ब्यस्त हुन्छु ‘। आफ्नो पेशमा गर्भ गदै कोपिलाले भनिन् ।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

बलात्कार गरेको आरोपमा एक पक्राउ

दुई सय ६५ जनामा स्क्रब टाइफस, १८ जनामा डेंगु रोगको संक्रमण

यमपञ्चकको दोस्रो दिन आज कुकुर तिहार

चितवनमा मतदाता संख्या तीन लाख ५४ हजार

स्वास्थ्य संस्थाको चल र अचल सम्पत्ति अब स्थानीय तह मातहतलाई जिम्मा