• |

‘छोराछोरीभन्दा भेँडीगोठ नै प्यारो’

श्यामशीत्तल परियार/घलेगाउँ २५ वैशाख । लमजुङ घलेगाउँका केश वहादुर गुरुङ उमेरले तीन विष काट्न लागिसके । यो उमेरमा पनि उनी हँसिला र जाँगरिला देखिन्छन । गुरुङ भेडीगोठका मुखिया समेत हुन । दक्षिण एसियाकै उत्कृष्ट पर्यटकीय गाउँ घलेगाउँ नजिककै भेडीगोठमा उनी भेटिए । त्यसो त, उनले ९ वर्षको उमेरदेखी आजसम्म भेँडीगोठमा नै आफ्नो जीवन विताउँदै आएका छन ।

‘‘९ वर्षदेखी नै म भेडीगोठमा रमाउन थाले,” उनले भने, ‘‘अव वाँकी जीवन पनि यही विताउन चाहन्छु ।” उनका दुई छोरी र छोरा गरी चार सन्तान छन । उनले भेँडीगोठमा नै काम गरी चार सन्तानहरुलाई प्रवेशिका सम्मको शिक्षा दिएका छन । lamjung
अहिले उनका जेठा छोरा ईन्डियन आर्मी हुन । कान्छा छोरा दुवई सेक्युरिटी गार्डको रुपमा कार्यरत छन । छोरीहरुले भने पराई घर सम्हालिसकेको छन ।

घलेगाउँको भेँडीगोठमा अहिले ५ सय ५० भन्दा वढि भेँडावाखा्र रहेका छन । उनी मुखिया रहेको भेँडीगोठमा मनप्रसाद गुरुङ र ववीध्वज गुरुङ भेँडा हेरालुको रुपमा रहेका छन । भेँडावाख्राको संरक्षणका लागि ४ वटा कुकुर समेत रहेका छन ।
भेँडीगोठमा घलेगाउँका साथै गिलुङ, लामागाउँ, पसगाउँ लगायका भेँडा वाख्रा रहेका छन । ‘‘चर्को घाम होस या असिना पानी भेँठा वाख्रा चराउनु पर्छ,” मुखिया गुरुङले भने, ‘‘भेँडीगोठमा काम गर्न दुःख छ नी ।” आफुलाई भेँडीगोठमा नै रमाईलो लाग्ने उनले सुनाए ।lamjung2

‘‘छोराहरु आफ्नो खुट्टामा उभिएका छन । काम नगर्नु वुवा भन्छन्,” उनी सम्झन्छन्, ‘‘आफ्नो पाखुरा चलुन्जलेसम्म आफ्नै पौरख खाने हो । भेँडीगोठमा हुर्केँ, छोराछोरी हुर्काएँ, पढाएँ र वढाएँ । उनीहरु भन्दा मलाई भेँडीगोठ नै प्यारो लाग्छ ।”

भावुक भन्दै उनले भने, ‘‘मेरो अन्तिम सास पनि भेँडीगोठमा जाओस् ।” भेँडावाख्रा चराउनका लागि उनीहरु टाढाटाढाको जंगलसम्म पुग्ने गर्दछन । चरणका लागि निश्चित क्षेत्र तोकिने उनीहरुले सुनाए ।
भेँडीगोठमा काम गरेवापत खाएर÷वसेर मुखियाँ गुरुङले ७ हजार, उनका सहयोगी मनप्रसाद गुरुङ र वव्वीध्वज गुरुङले ६÷६ हजार पाउँछन ।

कहिलेकाहीँ वाघको आक्रमण र विभिन्न रोगहरुका कारण भेँडावाख्रा मर्दा उनीहरु चिन्तामा पर्छन ।
४ महिनाको अवधीमा ३५ वटा भेडावाख्रा वाघले मारेको उनले सुनाए । केही कुनै कारणले भेँडावाख्रा मर्न गएमा उनीहरुले सम्वन्धित व्यक्तिलाई वुझाउने गर्दछन । र भेँडा वाख्रा वेचेर आएको पैशा पनि उनीहरु सम्वन्धित व्यक्तिलाई वुझाउने गर्दछन ।

गाउँमा भेँडापालनका लागि गाविसवाट समेत वजेट छुट्याईने गरेको स्थानीयहरु वताउँछन । चिसो हावापानी र चरण क्षेत्र पर्याप्त भएको ठाउँमा भेडापालन  राम्रो हुने जिल्ला पशु सेवा कार्यालय लमजुङले जनाएको छ ।

सम्बन्धित समाचार

संयुक्त राष्ट्रसंघकोे ७२औँ महासभामा मानव अधिकार परिषद्मा नेपाल निर्वाचित

Nepal-Flag

वाशिङ्टन डिसी, ३१ असोज । संयुक्त राष्ट्रसंघकोे ७२औँ महासभाले मानव अधिकार परिषद्मा नेपाललाई पनि निर्वाचित गरेको छ । विभिन्न देशका…

उपप्रधानमन्त्रीद्वारा नेपालको महावाणिज्य दूतावास कार्यालयको उद्घाटन

Krishna_Bdr_Mahara

काठमाण्डौँ, २५ भदौ । उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले चीनको ग्वान्जाओस्थित नेपालको महावाणिज्य दूतावास कार्यालयको आज उद्घाटन गरे । परराष्ट्रमन्त्री…

हरितालिका तीजका अवसरमा राष्ट्रपतिद्धारा शुभकामना

bidhya_bhandari_crop1446045468031.jpg_1718483346

काठमाण्डौँ, ८ भदौ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली महिलाहरुको महान् चाड हरितालिका तीजका अवसरमा स्वदेश र विदेशमा रहेका सम्पूर्ण नेपालीमा…

प्रधानमन्त्री देउवा आज नयाँ दिल्ली प्रस्थान

प्रधानमन्त्री_देउवा_दिल्ली_प्रस्थान__फोटोफिचर_8015

काठमाण्डौँ, ७ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवा भारतको पाँच दिवसीय राजकीय भ्रमणका लागि आज नयाँ दिल्लीतर्फ प्रस्थान गरेका छन् ।…

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

विवादका कारण भक्तपुर क्षेत्र नं २ मा मतगणना शुरु हुन सकेन

काठमाण्डौँ क्षेत्र नं ५ मा पोखरेल अगाडि

मतपेटिकालाई लक्षित गरी दुईवटा बम विस्फोटन

प्रकाशमान सिंहलाई कडा टक्कर दिदैं रविन्द्र मिश्र

मोरङमा मतगणना शुरु