• |

यस्तो हुन्छ मृत्यु पछि यमदूतकोमा पुग्ने प्रकृया

गरुड पुराण हिन्दु धर्मको प्रमुख ग्रन्थमध्ये एक हो । यदि कसैको मृत्यु भयो भने हिन्दु संस्कार अनुसार ब्राह्मणले यो ग्रन्थ सुनाउने गर्दछन् । यस पुराणमा भगवान विष्णुले आफ्नो वहान गरुडको मृत्युसँग सम्बन्धीत धेरै गोप्ग कुराहरु खोलेका छन् ।soul-01_1463046526

मृत्युपछि जीवात्मा यमलोकसम्म कसरी पुग्दछन्? यसको बिस्तृत बर्णन गरुड पुराणमा गरिएको छ । आज हामी तपाईलाई गरुड पुराणमा लेखिएका केहि रोचक कुराहरुको जानकारी दिन गैरहेका छौं ।

१ गरुड पुराणका अनुसार जुन मानिसको मृत्यु हुन गैरहेको छ उ अन्तिम अवस्थामा बोल्न चाहन्छ तर बोल्न सक्दैन । अन्तिम समयमा उसको सबै इन्द्रीयहरु नष्ट हुन्छन् । यस पछि उसको मुखबाट सास एकोहोरो बाहिरिन थाल्दछ । यस समयमा उ नजिक २ वटा यमदुतहरु आउदछन् । यमदुतको अनुहार बहुतै डरलाग्दो हुन्छ । ठूलाठूला आँखा, हातमा लामा लामा नङ, साथमा दण्ड भएका यमदुतले बिस्तारै उठाउने प्रयास गर्दछन् । डरलाग्दा यमदुतले समात्न खोज्दा मान्छे बहुतै डराउदछ र मल मुत्र त्याग्न पुग्दछ ।

२ यमराजका दुतले त्यो शरीरको आत्मालाई तत्काल यसरी यमलोक लैजान्छन् जसरी अपराधीलाई सैनिकले पक्रेर लैजान्छन् । यदि त्यो मृतक पापी रहेछ भने यमराजका दूतले नर्गको बयान गरेर तर्साउने गर्दछन् । उनीहरुको कुरा सुनेर त्यो पापीआत्मा जोड जोडले रुन कराउन थाल्दछ । तर ती दूतहरुले अलिकति पनि दया देखाउदैनन् ।

३ यसपछि मृतआत्माका हातका औलाहरु काप्न थाल्दछन् । पहिले आफुले गरेको पापलाई संझदै पछुताउन थाल्दछ । आगो जस्तोत तातो वातावरणमा बालुवामा त्यो आत्मा हलचल नगरी बस्नुपर्ने हुन्छ । प्यास लाग्दा पानी नदिई दूतहरुले पिट्दै अगाडि बढाउदछन् । बेला बेला त्यो मृत आत्मा पीडाले बेहोस् हुन्छ । तर पनि ति दूतहरुले पिट्दै उठाउदै यमलोकतर्फ लैजान्छन् ।amraj

४ गरुड पुराणका अनुसार यमलोक ९९ हजार योजन लामो हुन्छ । १ योजन बराबर ४ कोस हुन्छ । त्यहि ठाँउमा यमदुतले मृतआत्मालाई सजाय दिन्छ । यमराजको आज्ञाले फेरी यमदुतले उसलाई आफ्नो घरमा लैजान्छन् ।

५ आफ्नो घर आएपछि उक्त आत्मा फेरी आफ्नो शरीरमा प्रवेश गर्ने प्रयास गर्दछ तर यमदुतको पन्जाबाट त्यो आत्मा पुत्कनै पाउदैन । भोक र प्यासले मृतआत्मा पीडामा हुन्छ । कर्मकाण्डमा चढाईएका पीण्ड र दान दक्षिणाले पापी मृत आत्मा सन्तुष्ट हुन सक्दैन ।

६ यदि मृतआत्माका छोरा या परिवारजनले पीण्डदान गरेनन् भने उ प्रेत बन्दछ । त्यसपछि लामो समय सुनसान जंगलमा रहन्छ । गरुड पुराणका अनुसार मानिस मृत्युपछि १० दिनसम्ममा पीण्ड दान गर्नु पर्दछ ।

७ यमदूतले १३औं दिन प्रेत आत्मालाई फेरी पक्रिन्छ । भोक प्याले आकुल ब्याकुल प्रेत आत्मालाई यमदूतले यमलोक पठाउँदछन् । यमलोकसम्म पुग्ने बाटो बैतरणी नदी छोडेर छयासी हजार योजन छ । ४७ दिन लगातार हिडेर मृतआत्मा यमलोक पुग्दछ ।

सम्बन्धित समाचार

कुखुराको भालेको पनि बन्ध्याकरण

cock

कृष्ण दर्नाल पाल्पा । सुन्दा अनौठो लाग्न सक्छ, तर यो सत्य घटना हो । कुखुराको पनि परिवार नियोजन हुन्छ भन्दा…

हेर्नुहोस् हैरान बनाउने ५० ट्याटु (भिडियोसहित)

tatoo

आजभोलीका युवा पुष्तामा ट्याटु बनाउने फेशनले जरा गाडेको छ । बिशेसगरी हात, कम्मर, गर्धन र बक्षस्थलमा ट्याटु ओपिने गरिन्छ ।…

यस्तो छ हस्तमैथुनको इतिहास

maithun

एजेन्सी । पाषाण एवं मध्यकालीन युगमा ढुंगा तथा चट्टानमा बनाइएको चित्रले के पुष्टि गर्छन् भने हस्तमैथुन आज मात्र होइन, सदियौं…

जहाँ नवबिबाहितलाई तीन दिनसम्म शौचालय जान दिइन्न

mmm

एजेन्सी । बिश्वमा रहेका हरेक जातिहरुको आ आफ्नै मौलिक परम्पराहरु रहेको हुन्छ । एक जातीको परम्परा अर्को जातीलाई अनौठो लाग्नु…

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

विवादका कारण भक्तपुर क्षेत्र नं २ मा मतगणना शुरु हुन सकेन

काठमाण्डौँ क्षेत्र नं ५ मा पोखरेल अगाडि

मतपेटिकालाई लक्षित गरी दुईवटा बम विस्फोटन

प्रकाशमान सिंहलाई कडा टक्कर दिदैं रविन्द्र मिश्र

मोरङमा मतगणना शुरु