• |

प्रविधिको प्रयोगमा अगाडि देखियो नयाँ शक्ति

प्रवासी संगठनहरुलाई बाबुरामको स्काइप सम्बोधन

शरद खरेल/सिड्नी । बैकल्पीक राजनीतिक शक्तिको रुपमा आफुलाई परिभाषित गर्दै आईरहेको नयाँ शक्ति नेपालले बिज्ञान प्रविधिलाई पार्टीनिर्माणको क्रममा भरपुर प्रयोग गर्दै आएको छ । अनलाईनबाटै सदस्यता बितरण गर्दै आएको नयाँ शक्तिले प्रवासी संगठनहरुको बिभिन्न कार्यक्रमहरुमा पनि प्रविधिकै माध्यमबाट नेपालसँगै जोडिरहेको छ ।

पछिल्लो समय प्रवासमा हुने विभिन्न कार्यक्रमहरुलाई नयाँ शक्तिका केन्द्रिय संयोजक डा बाबुराम भट्टराईले नेपालबाटै स्काईपबाट सम्बोदन गर्ने गरेका छन् । गत मे ९ मा बेलायतमा रहेका नेपाली समुदायसँग स्काईपबाटै अन्तरक्रिया गरेका भट्टराईले आगामी मे २२ मा हुन गैरहेको अन्तर्राष्ट्रिय नेपाली समाज अष्ट्रेलियाको पहिलो राष्ट्रिय भेलालाई पनि स्काईपबाटै सम्बोदन गर्ने भएका छन् ।naya-shakti

आगामी मे २२ तारिखका दिन सिड्नीको एसफिल्डमा हुने अन्तर्राष्ट्रिय नेपाली समाज अष्ट्रेलियाको पहिलो राष्ट्रिय भेलाले आगामी कार्यकालको निम्ति नेतृत्व समेत चयन गर्नेछ । हाल नयाँ शक्ति अष्ट्रेलियाको संयोजकमा विनोद पौडेल रहेका छन् ।

नयाँ शक्ति नेपालका केन्द्रीय सचिवालय सदस्य मुमाराम खनालको प्रमुख आतिथ्यमा हुन लागेको यो भेलाको नारा बनाउनुछ हामीलाई सम्बृद्ध नेपाल हाम्रै पालामा भन्ने तय गरिएको छ ।brb-in skype

प्रवासी नेपालीहरुलाई समेट्नेगरी नयाँ शक्तिले अन्तर्राष्ट्रिय नेपाली समाज गठन गरेको छ । जसको अष्ट्रेलिया च्याप्टर र यसका राज्यस्तरीय शाखाहरु पनि केही समय अघि विस्तार गरिएको थियो । पौडेलका अनुसार यस भेलामा न्यूसाउथवेल्स सहित अष्ट्रेलियाका विभिन्न राज्यबाट समेत सहभागी आउनेछन् ।

स्थानीय एसफिल्ड पब्लिक स्कुलमा हुन लागेको भेला लगत्तै घोषणासभा र अन्तरक्रिया कार्यक्रम समेत गरिने तयारी भएको अष्ट्रेलियाको तर्फबाट केन्द्रीय परिषद् सदस्य शरद खरेलले जानकारी दिए । खरेलका अनुसार दिउँसो २ः३० बजेबाट यो सार्वजनिक कार्यक्रम हुनेछ । जहाँ नेपालमा विकासको खाका कोर्नका लागि यहाँको नेपाली समूदायसँग अन्तरक्रिया गर्ने योजना छ । “अन्तरक्रियाबाट आएको निचोडलाई हामी सुझावका रुपमा केन्द्रमा पनि पठाउँछौं”, खरेलले बताए ।

आइतबारको दिन विहान ८ः३० बजेबाटै बन्द सत्र र प्रशिक्षणमा जुट्ने अन्तर्राष्ट्रिय नेपाली समाजमा आबद्ध कार्यकर्ताहरुले दिउँसो २ः३० बजे चुनिएको नयाँ नेतृत्वको समेत घोषणा गर्नेछन् ।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

विवादका कारण भक्तपुर क्षेत्र नं २ मा मतगणना शुरु हुन सकेन

काठमाण्डौँ क्षेत्र नं ५ मा पोखरेल अगाडि

मतपेटिकालाई लक्षित गरी दुईवटा बम विस्फोटन

प्रकाशमान सिंहलाई कडा टक्कर दिदैं रविन्द्र मिश्र

मोरङमा मतगणना शुरु