• |

आधुनिक भानुभक्त र घाँसी

रंगिला टोपि लगाईकन हिड्नुपर्ने भानुभक्त बिर्खे टोेपिमा नेपाली राग उरालेर हिडिरहेका बेला सम्बिधान सभा भवन अगाडि ट्वाक्क भेट भएछ । घाँसिलाई आजकलको जनजातिय मुद्दाले निकै समातेको थियो । कुनै बेलामा घाँसिकुवामा कुवा खनाउन भानुभक्तलाई प्रेरणा दिने बिचरो घाँसी संबिधान सभा भवन अगाडि हरिया मकै बेचिरहेको रहेछ ।भानुभक्तले घाँसीलाई सोधे — हैन तिमी तनहुँको घाँसी हैनौ भन्या, के गरिरह्याका हुन् यहाँ कान्तिपुरी नगरीको संबिधान सभा अगाडि ? घाँसीले भन्यो — घाँस काटेर जीवन निर्वाह नहुन्या रहेछ, हामी यहाँ सभासदलाई हरिया मकै पोलेर बेचि राख्न्या भएका छौं । भानुभक्त बाजे सुरिलो आवाजमा कराए — तिमीलाई मकै पोल्नै परन्या हो र ? तिम्रो जिबिका त घाँसै काटेर चल्न्या थियो नि त ? घाँसी बोल्यो — मकन पचहत्तर गाउँका घाँस काट्ने सवकन छ सय एक घाँसीहरु यहि भवनमा आएर के जाति संबिधान बनाउन पट्टि लाग्न्या भएका बेला उनिहरुले फेरी चटक्कै मकै खान बिर्सेर बिदेशी माल खान्या हुन् कि भन्ने चिन्ताले यही संबिधान सभा भवन अगाडि मकै बेचि बसि राख्न्या भएका छौं । आखिर गाउँमा आजकल सबकन जनता बिदेशतिर जान लाग्न्या भएका छन्, गाउँमा घाँस काट्ने कौन न छ र , गाउँमा गाई भैंसि नपाल्न्या शौखिन जनता भए पछि घाँस काट्नुको के अर्थ छ र हौ भानुभक्त त्यसैले हामि घाँस काट्न छाडेर मकै पोलि बेच्न यहि भवन अगाडि बस्न थालन्या धेरै बर्ष भयो ।

लेखकः विश्व बिनोद

लेखकः विश्व बिनोद

भानुभक्तले घाँसीलाई रामायण लेख्न प्रेरणा दिएकोमा निकै धन्यवाद दिएका मात्र के थिए, घाँसी रीसले निकै आगो बन्यो । घाँसिले भन्यो — उ जमानामा तिमीले मलाई नसोधिकन रामायण लेखी टोपल्ने भएका रहेछौ, तिमी ब्राम्हण जातिले हामी अरु जातिलाई हेपेर रामायण लेखी के गन्र्या हुन् ? म बाट प्रेरणा पाए पनि लेख्ने बेलामा खै एक वचन तिमिले हामिलाई सोधनी गर्नु पन्र्या थिएन र ? तिम्रो रामायणले देशमा भएका साना भारेभुरे भाषा बिग्रन लाग्न्या भया । साना भाषा लोप हुन्या भया । तिमी चाहि खुव नेपालीमा रामायण लेखें भनेर खुसि हुन्या भयाछौ ? तिमी आदिकवि हैनौ नजाति कबि हौ । हाम्रा भाषिका तिम्रै कारणले हराउन लाग्न्या भया । उता भानुभक्त नाजवाफ थिए । बर्षौं पछि नेपालमा आएको परिवर्तनमा उनि रमाउन सकिरहेका थिएनन् । नेपाली भाषा बिश्वव्यापि बन्दै गएको बेला भानुभक्त आफ्नै शालिक भारतका चौरस्ता र दार्जिलिङका चोक चोकमा देखेर खुशी हुन्छन् तर नेपालका मालिकले उन्को शालिकको लागि पहल गरेको भने कतै पाउँदैनन् । भाषिक एकिकरणको लागि उन्ले नेपालमा ल्याएको आन्दोलन पछि त्यतिकै प्रभावकारी आन्दोलन कहिल्यै भएन होला । तर आज देश जनजातिय मुद्दामा अल्झेर मुटु बल्झाएको छ । एकिकृत मन खण्डित र बाइसे चौबिसे बन्न खोजेको छ ।

भानुभक्तपनि एकछिन् गम् खाएर सोचे अनि भने — सुन घाँसी दाई तिमि पनि ब्राम्हण इतरको मान्छे, तिम्रो जस्तै सोच राखेर के म तिमीले खन्याको कुवाको पानी मैले खान नपाउन्या हो र ? किनकी म त तिम्रो जात भन्दा फरक छु ? तिमीले कि प्रत्येक जात जातिको लागि छुट्टा छुट्टै कुवा खनाउन सकन्या छौ र ? सकन्या छौ भने लौ प्रत्येक जात जातिको लागि छुट्टा छुट्टै कुवा खनाउन परन्या छ । के यो सम्भव हुन्या छ र ?

घाँसीले राँक्किएर भन्यो — आजकलका नारीहरु तिम्रो बधुशिक्षामा अल्झिएर बस्ने सक्ने खालका नहुन्या छन्, के पुरुष शिक्षा तिमीले लेख्न नसक्न्या हौ ?जति तिमी रामायणका बिभिन्न काण्डका कुरा गरन्या छौ, त्यति नै यहाँ नयाँ काण्ड जन्मिईरहेका छन् । सुन्दर काण्ड भन्दा यहाँ असुन्दर र कुरुप काण्ड जन्माउन्या आधुनिक राम भन्दा हरामको बारेमा लेख्न परन्या जरुरी छ । भानुभक्तले ब्राम्हणबादी सोचले भन्न थाले — अव ब्राम्हण क्षेत्रिले रामायण लेख्न नसक्न्या छन् किनकी आरक्षणको कोटाको चपेटामा परेर ब्राम्हण क्षेत्रिहरु काशी बासी हुन लाग्न्या बेला आएको छ । अव आधुनिक रामायण लेखन्या पालो जनजातिको पनि हुन्या छ ।

घाँसि झन् बम्किदै भन्यो — अरे भानुभक्त तिमी किन भाषाको घमण्ड गरन्या छौ । यहाँ अन्य भाषाले नेपाली भाषा अतिक्रमित हुँदा हामी नेपालीले अन्य भाषाको जगेर्ना गर्न परन्या छैन र ? यहाँ तिम्रा रामायण भन्दा बिदेशी किताबका चर्चा बढि हुन्छन् ।तिम्रा किताव भलै बिक्लान् तर बिदेशी कितावमा शोध पत्र गर्नेहरु बग्रेल्ति छन् । तिम्रा कितावमा आँखा लगाउन भन्दा हिन्दी सिरियलमा आँखा लगाउन आजको पुस्ता गर्व गर्दछ । लौ भन त भानुभक्त यहाँ चर्पि भन्न भन्दा मनुजका अनुजहरु ट्वाइलेट भन्दा सहज महसुस गरन्या छन् । यहाँका आधुनिक मानिस किन टमाटर भन्छन् किन गोलभेडा भन्दैनन्, किन ममि भन्छन् आमा भन्दैनन् , यौटा बच्चा टिभि हेरि हेरि आँपलाई आम् भन्न रुचाउँछ, कारण तिम्रो रामायणले केहि लछार पाटो लाउन सकेको नै छैन भन्या पनि हुन्छ ।

भानुभक्त अवाक् थिए आफुलाई लगाईएको आरोप प्रति घाँसी पोलिरहेको मकै फर्काउँदै कुरा चर्काउँदै लग्यो, अनि घाँसीले भन्यो — ल तिमी साँच्चैको राष्ट्रलाई माया गर्ने नै कबि हौ भने जातियताको कुरा उचाईमा पुगेको बेला बिभिन्न भाषामा रामायण लेखेर देखाउ अनि मात्र तिम्रो सच्चा गुणगान गाईनेछ । के सकन्या छौ र बिभिन्न भाषिकामा रामायण लेख्नलाई ? अहँ कदापी सक्दैनौ । तर म चाहन्छु प्रत्येक भाषामा रामायण तिमीले लेख्नु परन्या छ । भानुभक्त नाजवाफ भए अनि सँगैको संबिधान सभा भवन तिर औंल्याएर भन्न थाले — के यि सभासद्ले संबिधान पनि सम्पूर्ण भाषिकामा लेखन्या हुन् र ?

घाँसीले राँक्किएर भन्यो — आजकलका नारीहरु तिम्रो बधुशिक्षामा अल्झिएर बस्ने सक्ने खालका नहुन्या छन्, के पुरुष शिक्षा तिमीले लेख्न नसक्न्या हौ ?जति तिमी रामायणका बिभिन्न काण्डका कुरा गरन्या छौ, त्यति नै यहाँ नयाँ काण्ड जन्मिईरहेका छन् । सुन्दर काण्ड भन्दा यहाँ असुन्दर र कुरुप काण्ड जन्माउन्या आधुनिक राम भन्दा हरामको बारेमा लेख्न परन्या जरुरी छ । भानुभक्तले ब्राम्हणबादी सोचले भन्न थाले — अव ब्राम्हण क्षेत्रिले रामायण लेख्न नसक्न्या छन् किनकी आरक्षणको कोटाको चपेटामा परेर ब्राम्हण क्षेत्रिहरु काशी बासी हुन लाग्न्या बेला आएको छ । अव आधुनिक रामायण लेखन्या पालो जनजातिको पनि हुन्या छ ।Bhanughasi_smarak_2

घाँसि झन् बम्किदै भन्यो — अरे भानुभक्त तिमी किन भाषाको घमण्ड गरन्या छौ । यहाँ अन्य भाषाले नेपाली भाषा अतिक्रमित हुँदा हामि नेपालीले अन्य भाषाको जगेर्ना गर्न परन्या छैन र ? यहाँ तिम्रा रामायण भन्दा बिदेशी किताबका चर्चा बढि हुन्छन् ।तिम्रा किताव भलै बिक्लान् तर बिदेशी कितावमा शोध पत्र गर्नेहरु बग्रेल्ति छन् ।तिम्रा कितावमा आँखा लगाउन भन्दा हिन्दी सिरियलमा आँखा लगाउन आजको पुस्ता गर्व गर्दछ । लौ भन त भानुभक्त यहाँ चर्पि भन्न भन्दा मनुजका अनुजहरु ट्वाइलेट भन्दा सहज महसुस गरन्या छन् । यहाँका आधुनिक मानिस किन टमाटर भन्छन् किन गोलभेडा भन्दैनन्, किन ममि भन्छन् आमा भन्दैनन् , यौटा बच्चा टिभि हेरि हेरि आँपलाई आम् भन्न रुचाउँछ, कारण तिम्रो रामायणले केहि लछार पाटो लाउन सकेको नै छैन भन्या पनि हुन्छ ।

भानुभक्त अवाक् थिए आफुलाई लगाईएको आरोप प्रति घाँसी पोलिरहेको मकै फर्काउँदै कुरा चर्काउँदै लग्यो, अनि घाँसीले भन्यो — ल तिमी साँच्चैको राष्ट्रलाई माया गर्ने नै कबि हौ भने जातियताको कुरा उचाईमा पुगेको बेला बिभिन्न भाषामा रामायण लेखेर देखाउ अनि मात्र तिम्रो सच्चा गुणगान गाईनेछ । के सकन्या छौ र बिभिन्न भाषिकामा रामायण लेख्नलाई ? अहँ कदापी सक्दैनौ । तर म चाहन्छु प्रत्येक भाषामा रामायण तिमिले लेख्नु परन्या छ । भानुभक्त नाजवाफ भए अनि सँगैको संबिधान सभा भवन तिर औंल्याएर भन्न थाले — के यि सभासद्ले संबिधान पनि सम्पूर्ण भाषिकामा लेखन्या हुन् र ? देश जन्मदिनको केक जस्तो हुन्या हो र जस्लाई हामिले टुक्राटुक्रा पारेर बाड्न मिल्न्या हो र?

चौरास्तामा शालिक ठडिएर, चोकको बीचमा अडिदैमा भानुभक्त नभईने रहेछ, पछि भाषा हराउँदै जाँदा भाषाको लागि कराउनु मात्रै बिकल्प रहनेछ । आधुनिक भानुभक्त निकै निरास भएर घाँसीलाई बिन्ती गर्न लागे — सुन घाँसी म अब रामायण कुनै पनि हालतमा लेख्दिन, बरु भन न यहि भवन अगाडि मकै पोलेर बेच्ने चेष्टा गर्नु पन्र्या जस्तो छ, मिल्ला कि नमिल्ला हँ ?

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

बलात्कार गरेको आरोपमा एक पक्राउ

दुई सय ६५ जनामा स्क्रब टाइफस, १८ जनामा डेंगु रोगको संक्रमण

यमपञ्चकको दोस्रो दिन आज कुकुर तिहार

चितवनमा मतदाता संख्या तीन लाख ५४ हजार

स्वास्थ्य संस्थाको चल र अचल सम्पत्ति अब स्थानीय तह मातहतलाई जिम्मा