• |

अन्धकारमा पनि प्रकास छर्छन् यीनी

पुरुषोत्तम लामिछाने

सर सन्चै हुनुहुन्छ ? सर आज पनि पढाउनुहोस् है । सर म डोर्याउछुनी तपाईलाई । यी शब्दहरु कुनै रङ्ग मञ्चमा मन्चित आवाज भने होईनन् । यी हुन् विद्यालयीय शिक्षाका निमित्त काठमाण्डौंको पानीपोखरी स्थीत भानुभक्त उच्च माविका विद्यार्थीहरुको आवाज । यी आवाजहरु निकाल्ने विद्यार्थीहरु दृष्टीयुक्त छन् भने संवोधित व्याक्ति भने दृष्टीबिहिन छन् । ब्रेनलिपीका आधारमा शिक्षण पेशालाई अगाडि बढाएका यीनले विद्यार्थीहरुलाई संन्तुष्ट बनाएको विद्यार्थीका प्रतिनिधी छात्रा श्रेय भन्छिन् । ‘सरले पढाउदा रमाईलो लाग्दछ । किनकी वहाँले पढाउदा अल्छीपनको अनुभव नै हुँदैन । हसाएर पढाउनुहुन्छ, बुझाउनुहुन्छ ।’ यसैगरी कक्षा सातका छात्र समिर भन्छन् ‘बिभिद क्षेत्रमा जानेका कुरा सरलताका साथ सरले सिकाउनुहुन्छ । त्यसैले मन पर्छ । वहाँले सोध्दापनि खुसी भएर प्रश्नको उत्तर दिनुहुन्छ ‘।

लेखकः पुरुषोत्तम लामिछाने

लेखकः पुरुषोत्तम लामिछाने

दृष्टि नभएर दृष्टियुक्त छात्रलाई पढाउदा बिभिन्न समस्या नआएका पनि होईनन् । तर समस्गा निराकरण गर्न विद्यार्थीको सहयोगि भावनाले नै निकै सहज भएको छ । पढ्ने विद्यार्थी एकनासे हुँदैनन् । कोहि बदमास, भनेको नमान्ने, गृहकार्य नगर्ने पनि हुन्छन् । यस्ता विद्यार्थीलाई उनी विद्यार्थीकै सहयोगमा समस्याको समाधान गर्न खोज्दछन् । थोरै मात्रामा यस्ता विद्यार्थी भए पनि खासै गाहे महसुश नभएको उनी सुनाउदछन् । स्पर्श र ध्वनीका माध्यमबाट पठन पाठन गर्ने उनी कक्षामा हुँदा विद्यार्थीहरु अनुसनशित नै देखिन्छन् । स्पर्श र ध्वनी अत्यन्तै सामान्य वर्गले भन्दा बढीनै श्रवण गर्ने क्षमता र स्पर्शको अनुभव उनका लागि काफी छ । त्यसैले उनलाई पढाउन कुनै अफ्यारो छैन । यी माथि उल्लेखित ब्याक्ति डेड दशकको आराहारीमा शिक्षण पेशा अपनायका दृष्टीविहीन बलराम ज्ञवाली हुन् । दरवार देबिस्थान गाविस १ चारपाल गुल्मीमा बिक्रम सम्वत २०३३ मंसिर ७ गते जन्यिका यीनको शंघर्षमय जिवन बुझ्न लायक देखिन्छ । बाबु टीकाराम र आमा चुनकुमारी ज्ञवालीका कोखबाट जन्मिएका यीनी ३८ बसन्त पार गरिसकेका छन् । परिवारमा चौथो सन्तानका रुपमा जन्मिएका यीनी परिवारमा दृष्टीविहीन एक्दै भने होईनन् । दीदी सिता र बहिनी निर्मला पनि दृष्टिवीहिन नै छन् । दुई दाजु दृष्टीयुक्त भएकाले पारिवारीक सहयोगमा भने केहि सहजता ल्यायको छ । यीनका बुवा हामा जन्मजात दृष्टिविहीन नभए पनि बुवाको भने पछिल्लो समयमा टाईफाइडको कारणले ५४ वर्षको उमेरमा दृष्टी गुमेको थियो । दृष्टी गुमेको १० बर्षमा उनको निधन भयो । ५ सन्तान जन्मियपछि मात्र बावु टीकारामको दृष्टी गुमेको थियो । तर पछिल्लो समयमा बाबुको कारणले दृष्ट नभएको हो भनेर प्रश्न गर्ने ब्यक्तिहरु अनगिन्त रहेका ज्ञवाली परिवार बताउछन् । ७ बर्षको उमेर सम्म चारपाला गुल्मीमा बितायका यीनले यसै बर्षबाट शिक्षाको अवशर पाएका थिए । गाउमा दृष्टी विहिनका निमित्त शिक्षाको अवशर नभएकाले बाबुआमाको शिक्षा दिने इच्छा पनि अधुरो नै रहेको थियो । मामा उमनाथ र सानोवुवा झबिन्द्रको सहयोगले उनी काठमाडौं अक्षराराम्व गर्ने अवशर पाए । मामा नेपाल राष्ट्र बैंकमा जागिरे भएकोलेनै काठमाडौं आएर पढ्न पाएको कुरा उनी बताउँदछन् ।balaram-gyanwali

लेब्रोटरी उच्च माबिको शिशु कक्षामा भर्ना भएका उनी तत्कालीन श्री ५ को सरकारबाट पूर्ण पात्रबृद्धिमा कक्षा १० सम्म पढ्न पाएका थिए भने २०४९ को प्रवेशिका परिक्षामा प्रथा श्रेणी ल्याई उत्रिण गरेका थिए । ज्ञवालीले एन वाई ओ एफमार्फत छात्रबृद्धि प्राप्त गरी प्रबिणता प्रमाणपत्र देखि स्नातकोत्तर तह सम्म महेन्द्र रत्न क्याम्पस ताहचल, काठमाडौंमा नेपाली शिक्षा बिषय लिई अध्ययन गरे र एमएड योग्यता हासिल गरे । योग्यता र क्षमता हासिल गरेका ज्ञवालीले सो बिषयमा बिगत २०६० देखि हालसम्म यस विद्यालयमा अध्यापन गरिरहेका छन् । मुल बिषय नेपाली शिक्षा भएतापनि उनले नैतिक शिक्षा पनि बेला बेलामा दिई विद्यार्थीको मनोवल बढाउनुकको साथै अनुशासित, चरित्रवान, र देशभक्ति भावना उजागर गर्ने प्रेरण समेत दिईरहेका छन् । जागिर खादाको अनुभव पनि उनको अनौठो नै छ । संघर्षले स्नातकोत्तर गरेका उनले जागिर नपाएर भौतारिएको कुरा नेपाल समाचार पत्रमा छापिएपछि उनलाई चारैतिरबाट अवशरहरु आए ।

अवशरको छनौटमा त्यतिबेला उनले भानुभक्तलाई नै रोजे, त्यसपछि उनको जागिरे जिवन शुरु भयो । यता ज्ञवालीकी दिदी सीता ज्ञवाली पनि शिक्षा शास्त्र संकायतर्फ स्नातकोत्तर उत्रिण गर्ने नेपाकै प्रथम दृष्टीविहीन महिला हुन् । उनी हाल ल्याब्रोटरी उच्च माविमा बिगत ९ बर्षदेखि दृष्टीविहिनहरुलाई ब्रेन लिपी सँगसँगै कम्युटर शिक्षा पनि अध्यापन गराउँदछिन् । उता बहिनी निर्मला ज्ञवालीले पनि एन वाई ओ एफको अनुदानमा स्नातक तह उत्रिण गरिन् । यसै तहमा फुलब्राईट स्कलरशिप संस्थाबाट पूर्ण छात्रबृत्ति पाई अमेरिका गई थप अभ्ययन गर्ने अवशर पाएकी थिईन् । हाल उनी सक्षमता विकाश नेपाल(ए डि एस ओ एन)मा निर्देशक पदमा रहि काम गर्दछिन् । ज्ञवालीका बुबा कृषी पेशामा रहेकाले उनकी आमा पनि हाल गाउमानै सो पेशामा आवद्ध छिन् २ दाजु भने सरकारी र संस्थानमा जागिरे रहि आफ्नो जिविकोपार्जन गरेका छन् । पारिवारीक समस्यामा जेलियका बलराम जिवनलाई संघर्ष नै हो भन्ने ठान्दछन् ।

ब्यक्ति शारिरिक रुपले कुनै अंगमा कमजोर देखिए पनि मानसिक रुपले मनोवल बढाई अगाडि बढेमा सफल हुन्छने भन्ने उनको धारण छ । परिश्रम गर्दै गयौं भने जिवनमा उज्याला पक्ष पनि धेरै भएको उनी ठान्दछन् । यहि उज्यालो पक्षको आसा गरि जिवनमा बाच्नु नै उनी सार्थकता ठान्दछन् । उनी आफ्ना थप कुरा थप्दछन्, अपाङ्गहरुलाई दया माया होईन मौका चाहिन्छ । उनीहरुको व्याक्तित्व बिकाश गर्न घर परिवार, छरछिमेक समाजमा रहेका संपूर्ण व्याक्तिको सोचमा नै सहयोगि भावना चाहिन्छ, उनी भन्दछन् । यसरी जिवनलाई सरल रुपमा परिभाषित गर्ने दृिष्टविहीन बलराम ज्ञवालीको जीवनी सबैका लागि प्रेरणदायी हुन सक्दछ ।

सम्बन्धित समाचार

‘ग्रेटर नेपाल’ सुरुवात कहिले गर्नुहुन्छ प्रधानमन्त्रीज्यू ?

yubaraj-295x177 (1)

लेखक : युवराज पाण्डे भारतले नेपालमाथि बारम्बार भारतीय अत्याचार र हस्तक्षप गर्दै आएको छ । यसको पछिल्लो उदाहरणका रुपमा भारतीय सीमा…

नेपाली राजनीति कायापलटका केही सूत्राधारहरु

ramkumar-shrestha

वेलायतका पूर्व प्रधानमन्त्री गोर्डन ब्राउनले २०१० को मइमा प्रधानमन्त्री पद गुमाएपछि २०१२ को फेब्रुअरीसम्ममा चौध लाखभन्दा बढी पाउण्ड कमाइसकेका छन…

आजको नेपाल पृथ्वीनारायण शाहले निर्माण गरेको होईन

prathiber

सबै राष्ट्रको निर्माण कुनै टुक्रेर त कुनै जोडेर भएको छ । सबै राष्ट्रले निर्माणको चरणमा विभिन्न कालखण्डहरु पार गरेको हुन्छन्…

संविधानको एक वर्षः कार्यन्वयननै मुख्य चुनौति

लेखकः मनिकर कार्की ‘निवर्तमान’

आज ‘असोज ३’ अर्थात् पहिलो संविधान दिवस । गत वर्ष संविधान जारी हुँदा सरकारले जनतालाई दीप प्रज्ज्वलन गरी स्वागत गर्न…

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

मोटरसाइकले ठक्कर दिँदा एकको मृत्यु

भाइटीकाको उत्तम साइत ११ः५१ बजे

तिहारको चौंथो दिन गरियो गाई, गोरु, कृषक र गोवद्र्धन पूजा

बलात्कार गरेको आरोपमा एक पक्राउ

दुई सय ६५ जनामा स्क्रब टाइफस, १८ जनामा डेंगु रोगको संक्रमण