• |

वाल्यकाल र साथीसंगको सम्झनामा …

लेखकः श्यामशीत्तल

डाँडाले घेरिएको, फेदीमा रहेको, पाउँदी खोलाको सुसेलीमा रमाएको, प्रकृतिले फर्सुदमा सिँगारेको: सुन्दरवजार । जन्मसंगै विस्तारै जीन्दगीको पाईला शुरु भयो यही माटोवाट ।

आदर्श प्राथमिक विद्यालय शित्तल चौतारीमा प्राथमिक तहको शिक्षा अध्ययन गर्दासम्म ६ दिन पढाईलेखाईमा व्यस्त रहेतापनि वाँकी एक दिन शनिवार साथीभाईसंग लुकीलुकी पाउँदी खोला गईन्थ्यो । पौडी खेल्नको लागि । किरेटवाट वगेर तल तीन ढुंगेसम्म पुगेको याद पनि ताजैै छ , मन मष्तिष्कमा ।

साथीभाईसंगै डुल्न, खेल्न र पढ्न मन पराउने म साथीहरुसंग खुवै मिल्थे । विदाको समय लिची, आँप खानाकै लागि ऐशेलुचौरवाट पात्लेपानी जंगलसम्म पुग्थ्यौ हामी । एउटै सालमा जन्मिएका हामी (साथीहरु मनोज, राजेन्द्र, अर्जुन) जुन मेरो त्यत्ति वेलामा मिल्ने साथी थिए । एउटै थालमा खाना पछि पर्दैनथ्यौ हामी । दुःख सुखका कुरा पनि गरिन्थ्यो र भविष्यका कुरा पनि । साथीहरु मलाई भन्थे, ‘तँ पढाई लेखाईमा राम्रो छस् । राम्रो जागिर खालास् ।’

लेखकः श्यामशीत्तल

लेखकः श्यामशीत्तल

म भन्थे, ‘त्यसो हैन यार । भाग्य र कर्म दुवैले जे दिन्छ । त्यही गर्ने । तर जे गरिन्छ । आफ्नोसंगै अरुको भलाईको लागि होस् ।’
उनिहरु थप्थे, ‘तँलाई वोलेर कस्ले सक्छ र यार ।’

म सानैदेखी पढाईसंगै वोल्नमा रुचि राख्थे । प्राय: वक्तृत्वकला प्रतियोगितामा दोश्रो स्थानवाट तल झरिन कैल्यै पनि ।
रेडियोमा वोल्ने ईच्छा त्यो वेलादेखीको । म वोल्थे साथीहरु एउटा मोवाईलमा म वोलेको आवाज रेकर्ड गर्थे । अर्को मोवाईलमा धुन वजाउँथे । यसरी वोल्ने प्रयास गर्थे म । त्यही दृढ ईच्छाले नै म रेडियोमा वोल्ने भए । भन्थ्यौ तिमीहरु, ‘दामी वोल्छस् । तैँले राम्रो गर्न सक्छस् । तँ यही क्षेत्रमा लाग्नुपर्छ ।’

तिमीहरुको ढाडसले नै म यो क्षेत्रमा आएँ । दुःख गरे । र गर्दैछु पनि ।
समयले हामी एउटै गाउँका भएपनि कर्म र भाग्य दुवैले कोही लाहुरे भए, कोही चालक भए,कोही विदेश गए । म भने संचार क्षेत्रमा काम गर्ने भए । त्यसैले पनि भेटघाट उत्ति विधी हुँदैन । तर पनि माया र त्यो वेला विताएका पल अझै ताजा छन् ।
उनीहरु भन्छन्, ‘धेरैले तँलाई चिन्छन् । राम्रो गरेको छस् । जहाँ भएपनि विभिन्न माध्यमवाट तेरो आवाज सुन्न पाउँदा खुशी लाग्छ । अझै राम्रो गर् है ?’lamjung

म खुशी हुन्छु । साथीसंगै शुभेच्छुकहरुको यसरी नै माया सल्लाहसुझाव पाउँदा । सिक्दै छु । पढेको थिएँ, ‘सिकाई निरन्तर चल्ने प्रकृया हो । जन्मेदेखी नमरुन्जेलसम्म सिकाई हुन्छ ।’ त्यसैले पनि सिक्दै छु । सिक्ने जाँगर नमरोस् मनवाट । आफैँलाई कामना ।

छुटेका, वाल्यकालसंगै विताएको साथीसंगी दशैँमा भेट्ने योजना छ । र धेरै कुरा शेयर गर्ने मन छ । जहाँ छौ साथीहरु । खुशी र सुखी रहनु मेरो कामना ।

सम्बन्धित समाचार

लक्ष्मीनारायणका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण

श्यामशीत्तल परियार/ लमजुङ, २९ वैशाख । लमजुङको अर्चलवोट ७ मा रहेको लक्ष्मीनारयाण माविका विद्यार्थीहरुलाई एक संस्थाले विभिन्न शैक्षिक सामाग्री वितरण…

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

बलात्कार गरेको आरोपमा एक पक्राउ

दुई सय ६५ जनामा स्क्रब टाइफस, १८ जनामा डेंगु रोगको संक्रमण

यमपञ्चकको दोस्रो दिन आज कुकुर तिहार

चितवनमा मतदाता संख्या तीन लाख ५४ हजार

स्वास्थ्य संस्थाको चल र अचल सम्पत्ति अब स्थानीय तह मातहतलाई जिम्मा