• |

लमजुङको दुरडाँडामा ६७ औं हलोक्रान्ति दिवस मनाइयो

विमला अधिकारी/लमजुङ, १२ साउन । लमजुङको दुरडाँडा ६ अर्चल्यानीमा ६७ औं हलोक्रान्ति दिवस मनाइएको छ । बाहुनले पहिलोपटक हलो जोतेको दिनको सम्झनामा साउन ११ गते मंगलबार हलोक्रान्ति दिवस मनाइएको हो । दिवसको अवसरमा बाटेगरामा मंगलबार हलोक्रान्ति स्थलमा गुरुयोजना सम्बन्धी विचार गोष्ठी र हलोक्रान्ति विशेष कविता वाचन कार्यक्रमको आयोजना गरिएको थियो ।

हलोक्रान्ति नेपाल तथा तोयानाथ स्मृति प्रतिष्ठानका अध्यक्ष रामदत्त अधिकारीको अध्यक्षतामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेस सुन्दरबजार नगर सभापति द्धारिका मिश्रले तोयानाथ स्मृति प्रतिष्ठानलाई राष्ट्रियस्तरमा उकास्न सबै लाग्नुपर्ने बताए । उनले पण्डित तोयानाथ अधिकारीले हालो जोती कृषिमा क्रान्ति गरे तापनि नेपाली कांग्रेस सहित आफुलाई वामा पन्थी सम्झिनेहरु समते उहाँको वाटोमा हिड्न नसेकेको वताए ।

कार्यक्रममा स्थानिय टिकाराम खनिया, विश्वनाथ न्यौपाने, बालकृष्ण खनिया लगायतले हलोक्रान्तिका अभियान्ता सम्बन्धी आफ्नो रचना बाचन गरेका थिए ।holi-kranti-in-lamjung

हलोक्रान्ति दिवसलाई राष्ट्रिय दिवस र अभियान्तादलाई राष्ट्रिय विभुती घोषणा गर्न माग
६७ वर्ष अघि भएको हलोकान्तिलाई राष्ट्रिय दिवसको रुपमा मनाउन लमजुङ बासीले माग गरेका छन् । उनीहरुले मुलुककै सवैभन्दा ठुलो क्रान्ति कृषि क्रान्ति तोयानाथ अधिकारीले गरेकाले हलोक्रान्ति दिवसलाई राष्ट्रिय दिवसका रुपमा मनाईनुपर्ने र तोयानाथ अधिकारीलाई राष्ट्रिय विभुती घोषणा गरिनुपर्नेमा जोड दिएका हुन् । राज्यले कृषि क्षेत्रमा छुट्टाएको रकमको सहि सदुपयोग गर्दै परम्परागत कृषि प्रणालीलाई त्यागेर आधुनिक कृषि प्रणलि अंगाल्नुपर्नेमा समेत लमजुङबासीको जोड रहेकोे छ ।

देशमा प्रजातन्त्रको उदय हुनुभन्दा अघि २००६ साल साउन ११ गते दुराडाँडा गाविस ६, अर्चल्यानीमा पण्डित तोयानाथ अधिकारीका साथ शेषकान्त अधिकारी, हरिभक्त पौडेल, श्रीकान्त अधिकारी, मायानाथ पौडेल लगायत २७ जना बाहुनले सामुहिक रुपमा हलो जोतेका थिए । सामुहिक रुपमा हलो जोतेको त्यस दिनलाई नेपालको इतिहासमा ‘हलोक्रान्तिको नामले चिनिन्छ ।

जातको आधारमा पेशा निर्धारण गर्ने परम्पराको अन्त्य हुनुपर्छ भन्ने सोचले दुराडाँडाका ब्राह्मणहरुले अर्चल्यानीको बाटेगरामा हलो जोतेको दिनलाई स्मरण गर्दै हरेक वर्ष साउन ११ यो दिवस मनाउने गरिन्छ ।

सामाजिक क्रान्तिको थालनी गरेको दुरडाँडा र त्यसका अभियान्ता ओझेलमा परेका भन्दै स्थानियद्धारा चिन्ता व्यक्त
ब्राह्मणहरुले हलो जोत्न हुदैन भन्ने मान्यता अझै पनि नेपाली समाजमा कायमै छ । तर ६ दशक अघि ब्राह्मणहरुले हलो जोतेर थालेको अभियानले ल्याएको सामाजिक जागरणलै मुलुकमा ठुलै परिवर्तन गरे पनि त्यसका अभियन्ता र सामाजिक क्रान्तिको थालनी गरेको लमजुङको दुराडाँडा भने अझै ओझेलमा पर्दै आईरहेको छ । त्यसप्रति स्थानियहरुले चिन्ता व्यक्त गरेका छन् । देशमा क्रान्ति ल्याई जातिय विभेद अन्त्य गर्ने अभियान्ताहरुलाई राज्य व्यवस्ता गरेको भन्दै गुनासो गरेका छन् । स्थानिय पण्डित शिवराज भट्टले हरेक वर्ष हलोक्रान्ति दिवस मनाएपनि औपचारिकतामा मात्रै सिमित भएको बताए । उनले अव यस क्षेत्रको विकास र भावी पुस्तासम्म चिनारी राख्न गुरुयोजना बनाएर अघि बढ्नपर्ने बताए ।

स्थानियहरुले सामाजिक क्रान्तिको थालनी गरेको दुरडाँडा क्षेत्रलाई पर्यटकी क्षेत्रको रुपमा विकास गरी शिक्षा, राजनिति, कृषि र समानताका लागि गरिएको ऐतिहासिक हलोक्रान्तिलाई देशविदेशमा चिनाउनु पर्ने बताएका छन् । यसका लागि सरकारी सहयोग र पहल आवश्यक रहेको उनीहरुको भनाई छ ।

विहेबारी समेत रोकियो
त्यतिबेला दुराडाँडा लगायत आसपासका गाविससँगै सिंगो मुलुकभरी नै बाहुनले हलो जोतेको एक बर्षसम्म हल्ला–खल्ला मच्चियो । तत्कालिन सरकारले राणा शासनको विरोधमा हलो जोतेको अभियोगमा सामुहिक हलो जोत्नेहरुलाई २००७ साल साउन ११ गते पक्राउ गरी जेल हाल्यो । साथै हलो जोत्नेहरुको नजोत्ने बाहुनहरुले नै बिरोध गर्न थाले ।

उनीहरुलाई जिस्काउन त्यतीखेर “शेषकान्त लेप्टन, हरिभक्त तिघ्रे, तोयानाथ पण्डित हलो जोति बिग्रे, हलो जोत्ने हुन् मुख्य तीन जना अवदेखि खालान् पाथी बाह्र माना ।” भन्ने गीतै बनाएका थिए । २००६ सालमा पहिलोपटक दुराडाँडामा हलो जोतेपछि २००८ सालसम्ममा कास्की, तनहुँ, अर्घाखाँची, गोरखा, स्याङ्जा र धादिङमा पनि हलो जोत्ने अभियान नै शुरु गरियो । त्यसबेला हलो जोत्नेहरुलाई भात ठेगियो, माईत आएका छोरी घर जान पाएनन् । घर गएका बुहारी पनि माईत फर्किन पाएनन् भने उमेर पुगेका युवायुवतीहरुको विहेबारी नै रोकिएको स्थानियहरु बताउँछन् ।

अभियान्ता सबैको मृत्यु, इतिहासमा मात्र समिति
लमजुङको दुराडाँडा अर्चल्यानीमा त्यतिबेला हलो जोत्नेमध्ये सबैको मृत्यु भइसकेको छ । हलोक्रान्तिका एक मात्र जिवीत अभियान्ता मायानाथ पौडेलले गत जेठ २८ गते आत्महत्या गरेपछि हलोक्रान्ति इतिहासमा मात्रै सीमित बनेको स्थानीयको भनाई छ । यसअघि हलोक्रान्तीका अभियन्ताहरुमा पौडेल मात्र जिवित थिए ।

सम्बन्धित समाचार

श्रीमानको सपना साकार पार्न म नयाँ शक्तिमा लागेँ

rubina-khan

रुबिना खान काठमाडौं, १८ असोज । मेरो नाम रुबिना खान हो । मेरो माईतिघर तनहुँको व्यास नगरपालिका वडा न २…

‘स्नातकसम्म अध्ययन गर्दा कुनै शुल्क तिर्नुपरेन’

deepak-bastola4

सोलुखुम्बुमा जन्मिएका दीपक बास्तोलाको बाल्यकाल काठमाडौंमै बित्यो । बुबाको जागिरको शिलशिलामा काठमाडौंनै रहनुपर्ने भएकोले उनको परिवार नै सोलुखुम्बु छोडेर काठमाडौंमै…

अन्धकारमा पनि प्रकास छर्छन् यीनी

balaram-gyanwali-2

सर सन्चै हुनुहुन्छ ? सर आज पनि पढाउनुहोस् है । सर म डोर्याउछुनी तपाईलाई । यी शब्दहरु कुनै रङ्ग मञ्चमा…

गिरिजाको निर्देशनमा जय प्रकाशले मलाई अपहरण गरे

khem-raj-panta2

खेमराज पन्त एक सफल व्यवसायी हुन् । नेपालको कुरियर क्षेत्रका हस्ती पन्त अहिले नेपाल कुरियर संघका अध्यक्ष पनि हुन् ।…

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

विवादका कारण भक्तपुर क्षेत्र नं २ मा मतगणना शुरु हुन सकेन

काठमाण्डौँ क्षेत्र नं ५ मा पोखरेल अगाडि

मतपेटिकालाई लक्षित गरी दुईवटा बम विस्फोटन

प्रकाशमान सिंहलाई कडा टक्कर दिदैं रविन्द्र मिश्र

मोरङमा मतगणना शुरु