• |

यसरी अन्त्य भयो एउटा अन्तरजातिय प्रेमकहानी

पोखरा । प्रेममा धोका भयो भने मान्छे कतिसम्म क्रुध हुनसक्दछ भन्ने बुझ्न बुधबार पोखरामा घटेको घटना काफि छ । स्याङ्जा पौवेगौंडे गाविस वडा नं २ की सोनम रेग्मी र किचनास गाविस वडा नं ३ का संजीवबहादुर नेपालीबीचको प्रेम सम्बन्ध अन्त्यमा क्रुर बिछोडमा टुङ्गीन पुग्यो । संजीवले बुधबार मात्रै सोनमको घाटी रेटी हत्या गरे भने आफु पनि बिष सेवन गरी प्राण त्यागेका छन् ।

उनीहरुबीचको अन्तरजातिय प्रेम सम्बन्धलाई सोनमको परिवारले स्वीकारेको थिएन । भोकले बासी भात भन्दैन प्रेमले जातपात भन्दैन भनेझै परिवारको इच्छा विपरित सोनम र संजीवले आफ्नो प्रेम सम्बन्धलाई बिहेमा परिणत गरेका थिए । तर बिहे पछि पनि सम्बन्ध तोड्न सोनमलाई परिवारले यति दवाब दियो कि अन्ततः उनीहरु बिहे गरेको छोटै समयमा सम्बन्ध विच्छेद गर्न बाध्य भए । sonam-sanjeev2

सम्बन्ध विच्छेदपछि सञ्जीव दुबई गएर दुई महिनामै फर्केका थिए भने सोनम चालिसेमार्गमा डेरा गरी बस्दै आएकी थिईन् । उनीहरुबीच देखावटी रुपमा सम्बन्ध विच्छेद भए पनि सञ्जीवले सोनमलाई भुल्न सकेका थिएनन भने अन्र्तजातिय कारण सोनमले साथ दिन नसकेको प्रष्ट देखिन्थ्यो । उनीहरुको सम्बन्धलाई परिवारले नस्वीकारेको कारण नै जघन्य अपराध भएको हुनसक्ने प्रहरीको पुर्वानुमान रहेको छ ।

रेग्मी पोखरा ८ चालिसेमार्ग स्थित दामोदर चालिसेको घरमा विगत चार महिनादेखि डेरा गरी बस्दै आएकी थिईन् । बुधबार साँझ पाँच बजेको समयमा रेग्मीको डेरामा पुगेर संजीवले खुकुरी प्रहार गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ । प्रहरीका अनुसार युवक एक्कासी आएर रेग्मीलाई कोठाबाहिर निकालेर आँगनमै हत्या गरेका थिए । घाँटी र पेटमा पटकपटक छुरी रोपेर हत्या गरेको देखिन्छ । घटनास्थलमा प्रहरी पुग्दा सञ्जीव सोनमसँगै लडेको अवस्थामा भेटिएका थिए ।

वडा प्रहरी कार्यालय बैदामका प्रहरी निरीक्षक मोहनमणि अधिकारीका अनुसार सोनमको हत्यापछि सञ्जीवले विष सेवन गरेका थिए ।

‘निलो ब्यागमा सबै डकुमेन्ट थिए । सुसाईड नोट समेत सँगै थियो । दुई ओटा मोबाईल, दुवै जनाको नागरिकता, सम्बन्ध विच्छेदको प्रमाणपत्र र विषको डिब्बा नजिकै थियो ।’– ईन्सपेक्टर अधिकारीले भने– ‘मार्ने र मर्ने नियतले आएको भेटियो ।’

सञ्जीवले लेखेको सुसाईड नोटमा पनि सोनमलाई सम्बोधन गरी सम्बन्ध राम्रो नभएको र अब दुबै नरहने उल्लेख गरेको प्रहरीले जानकारी दिएको छ ।

सञ्जीवले सोनमको हत्या गर्दा घरभेटी र छरछिमेकी कसैले पत्तो पाएनन् । सञ्जीव नचिनिने तरिकाले मास्क लगाएर आएको देखिन्छ । सोनमको घटनास्थलमै ज्यान गईसकेपछि मात्र उनलाई पनि संगै लडिरहेको अवस्थामा भेटिएको थियो । घटनाबारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी गजुसिद्धी बज्राचार्यले जानकारी दिएका छन् ।

पछिल्लो समय किशोर किशोरीहरुमा प्रेम सम्बन्ध सफल हुन नसक्दा जघन्य अपराध गरिहाल्ने प्रबित्ति मौलाउदो छ । किशोरावस्थामा हुने अपरिपक्क प्रेम र धोकाका नाममा कतिपय किशोरीहरुले अकालमा ज्यान गुमाउनु परेको छ । नवलपरासीकी मनिसा घर्तिमगर र पोखराकी नेहा तमाङ यसका ज्वलन्त उदाहरण हुन् । सोनमको केशमा पनि अन्तरजातिय प्रेम सम्बन्ध र बिहेलाई परिवारले अस्वीकार गरिदिदा संजीवले क्रुर अपराध गर्न बाध्य भएको देखिन्छ । यध्यपि घटनाको प्रहरीले अनुसन्धान गरिरहेकोले उनीहरुको सम्बन्धमा जात बाहेक अन्य कुनै बिषय पनि बाधक थियो या थिएन अहिल्यै निर्णयमा पुग्नु हतार हुनेछ ।

सम्बन्धित समाचार

संयुक्त राष्ट्रसंघकोे ७२औँ महासभामा मानव अधिकार परिषद्मा नेपाल निर्वाचित

Nepal-Flag

वाशिङ्टन डिसी, ३१ असोज । संयुक्त राष्ट्रसंघकोे ७२औँ महासभाले मानव अधिकार परिषद्मा नेपाललाई पनि निर्वाचित गरेको छ । विभिन्न देशका…

उपप्रधानमन्त्रीद्वारा नेपालको महावाणिज्य दूतावास कार्यालयको उद्घाटन

Krishna_Bdr_Mahara

काठमाण्डौँ, २५ भदौ । उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले चीनको ग्वान्जाओस्थित नेपालको महावाणिज्य दूतावास कार्यालयको आज उद्घाटन गरे । परराष्ट्रमन्त्री…

हरितालिका तीजका अवसरमा राष्ट्रपतिद्धारा शुभकामना

bidhya_bhandari_crop1446045468031.jpg_1718483346

काठमाण्डौँ, ८ भदौ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली महिलाहरुको महान् चाड हरितालिका तीजका अवसरमा स्वदेश र विदेशमा रहेका सम्पूर्ण नेपालीमा…

प्रधानमन्त्री देउवा आज नयाँ दिल्ली प्रस्थान

प्रधानमन्त्री_देउवा_दिल्ली_प्रस्थान__फोटोफिचर_8015

काठमाण्डौँ, ७ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवा भारतको पाँच दिवसीय राजकीय भ्रमणका लागि आज नयाँ दिल्लीतर्फ प्रस्थान गरेका छन् ।…

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

बलात्कार गरेको आरोपमा एक पक्राउ

दुई सय ६५ जनामा स्क्रब टाइफस, १८ जनामा डेंगु रोगको संक्रमण

यमपञ्चकको दोस्रो दिन आज कुकुर तिहार

चितवनमा मतदाता संख्या तीन लाख ५४ हजार

स्वास्थ्य संस्थाको चल र अचल सम्पत्ति अब स्थानीय तह मातहतलाई जिम्मा