• |

कुरा हाम्रै जोयाहरुको…

लेखकः रेखा न्यौपाने

केहि दिन देखि जोयाको खबरले पत्र पत्रिका अनि सामाजिक संजाल भरिएको छ। जोसुकैलाई दुःखि बनाउने साँच्चै मर्मस्पर्शी छ उनको ब्यथा । गर्व लाग्छ यौटी नारीको पिडामा मलहम लगाउन लागि परेका ति माहान नेपाली मनहरु देखेर। कमसेकम आवाज त उठाएका छन। उनका लागि केहि समय खर्चेर उनको न्यायका लागि केही बोलिदिएका छन, कतै निर्दयी देखिएका उनका श्रीमानमाथि आक्रोश पोखेका छन। ति आक्रोश पूर्ण लेख लेख्ने, सेयर गर्ने सबैलाई सोच्दा केहि जिज्ञासा उब्जियो, जसको चित्त बुझ्दो उत्तर मैले भेटिन।

लेखकः रेखा न्यौपाने

लेखकः रेखा न्यौपाने

जोयाका लागि यो चर्को आवाज उठाउनेले के साँच्चै आफ्ना घरका अनि समाजका जोयाहरुलाई न्याय दिन सकेका छन् त ? न्याय दिन सकेका भए यी समाचारमा आएका दाईजोको नाममा जलाईएका अनि कुटेर निकालिएका, अनि थुप्रै न्याय पाउन नसकेका ति खबर झुट हुन् भन्ने प्रमाणित् होस। उही बढ्दो बलात्कारका घटना, असुरक्षित देखिंदै गएको यो समाज, अनि ग्रामीण भेगमा अझै पनि ब्याप्त बिभेद्पूर्ण बातावरणले हामी आफु कति सचेत छौं भन्ने कुरा प्रष्ट बनाउँछ।

न माइतीबाट न आफ्नो भनिएको घरबाट विवाह दर्ता अनि नागरिकता जस्ता नैसर्गिक अधिकार पाउन नसक्दा घरको न घाटका भएका ति चेलीहरुलाई देखेर अझै पनि हामी कुन शताब्दीमा छौं भनेर सोच्न बाध्य बनाउंछ।

हो, जोयाले न्याय पाउनु पर्छ। उस्ले बाँच्नका लागि माइती फर्केर जानु पर्ने अवस्थाको सिर्जना हुनुहुँदैन थियो । उनलाई फर्काउन गरिएको पहल साँच्चै स्वागत योग्य छ । त्यस्तै पहल हाम्रो सामाजलार्इ खांचो छ । हाम्रा घरका जोयाहरुका लागि पनि थोरै समय निकालेर सोचिदिनु आवस्यक छ।joya

सात फेरो लाएर अनि अग्नि साक्षी राखेर आफ्नो भन्ने सबै छाडेर कुनै पराईलाई आफ्नो बनाउन, अर्काको आँगनमा टेकेका ति चेलीहरुले माइतीको ढोका चियाउनु नपर्ने समाजको निर्माण हुन आवश्यक छ । परिवर्तित् समाजको अपेक्षा गर्छौँ त परिवर्तनको सुरुवात आफैँ बाट गरौँ। ति जोयाले जस्तै साथ हाम्रा चेलीहरुले पनि पाउन। अनी आशा छ भोलिको दिनमा जोयाहरुलाई दुःख दिने दुस्साहस कसैले गर्ने छैन।

सम्बन्धित समाचार

संयुक्त राष्ट्रसंघकोे ७२औँ महासभामा मानव अधिकार परिषद्मा नेपाल निर्वाचित

Nepal-Flag

वाशिङ्टन डिसी, ३१ असोज । संयुक्त राष्ट्रसंघकोे ७२औँ महासभाले मानव अधिकार परिषद्मा नेपाललाई पनि निर्वाचित गरेको छ । विभिन्न देशका…

उपप्रधानमन्त्रीद्वारा नेपालको महावाणिज्य दूतावास कार्यालयको उद्घाटन

Krishna_Bdr_Mahara

काठमाण्डौँ, २५ भदौ । उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले चीनको ग्वान्जाओस्थित नेपालको महावाणिज्य दूतावास कार्यालयको आज उद्घाटन गरे । परराष्ट्रमन्त्री…

हरितालिका तीजका अवसरमा राष्ट्रपतिद्धारा शुभकामना

bidhya_bhandari_crop1446045468031.jpg_1718483346

काठमाण्डौँ, ८ भदौ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली महिलाहरुको महान् चाड हरितालिका तीजका अवसरमा स्वदेश र विदेशमा रहेका सम्पूर्ण नेपालीमा…

प्रधानमन्त्री देउवा आज नयाँ दिल्ली प्रस्थान

प्रधानमन्त्री_देउवा_दिल्ली_प्रस्थान__फोटोफिचर_8015

काठमाण्डौँ, ७ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवा भारतको पाँच दिवसीय राजकीय भ्रमणका लागि आज नयाँ दिल्लीतर्फ प्रस्थान गरेका छन् ।…

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

बलात्कार गरेको आरोपमा एक पक्राउ

दुई सय ६५ जनामा स्क्रब टाइफस, १८ जनामा डेंगु रोगको संक्रमण

यमपञ्चकको दोस्रो दिन आज कुकुर तिहार

चितवनमा मतदाता संख्या तीन लाख ५४ हजार

स्वास्थ्य संस्थाको चल र अचल सम्पत्ति अब स्थानीय तह मातहतलाई जिम्मा