• |

मलेसियाली जेट विमानको आशंकामा डढेको भग्नावशेष अस्ट्रेलिया ल्याइयो

क्यानबेर्रा । आगोले डढेर झुर्रिएको एक टुक्रा विमानको भग्नावशेष अनुसन्धानका लागि अस्ट्रेलिया ल्याइएको छ। उक्त भग्नावशेष मलेसियाली जेट विमान बोईंग ७७७ को एउटा अङ्ग भएको अनुमान गरिएको छ ।

उक्त मलेसियाली विमान दुई वर्ष अघि ८ मार्च २०१४ का दिन मध्यरातमा उडान नं एमएच ३७० अन्तर्गत २३९ जना यात्रु बोकी क्वालालम्पुरबाट चीनको बेइजिङ्गका लागि प्रस्थान गरेको थियो ।mh-370-plane-3

आजसम्म हराइ रहेको उक्त विमानका भग्नावशेषहरु मध्ये १३ वटा टुक्रा अस्ट्रेलियाका एकजना सौखिन अनुसन्धाता ब्लेन गिब्सनले आफ्नै पहलमा फेला पारेर क्यानबेर्रा पुर्याएका हुन् ।

अनुसन्धानपछि ती भग्नावशेष टुक्रा मलेसियाली विमान कै हुन् भन्ने पुष्टि भएको खण्डमा सो विमान दुर्घटनाबारे आजसम्म पत्ता नलागेको दुर्लभ रहस्य खुल्ने विश्वास गिब्सनले लिएका छन् ।

एउटा अस्ट्रेलियाली सञ्चार माध्यम सेभेन नेटवर्कलाई अनुसन्धाता गिब्सनले बताएअनुसार आगोले डढाएर झिल्सिएका दागहरु हाल फेला परेका सबै भग्नावशेष टुक्राहरुमा भेटिनाले विमानको कार्गो राख्ने खण्ड मात्र आगोले भेट्टाएको हो वा सम्पूर्ण विमान नै आगलागीमा परेको हो सो भने अनुसन्धानपछि ज्ञात हुने अनुमान गरिएको छ ।

अस्ट्रेलियाली यातायात सुरक्षा केन्द्र (दि अस्ट्रेलियन ट्रान्सपोर्ट सेफ्टि ब्युरो)ले उक्त भग्नावशेष टुक्राहरु सूक्ष्म अनुसन्धान गर्ने जिम्मा लिएको छ ।

भग्नावशेष अनुसन्धानका लागि ब्युरोले मलेसियाली हवाई विभागका अधिकारीसँग सहमति र थप सूचना र जानकारी माग गरेका छन् ।
ब्युरोले मलेसियाली प्रतिनिधिलाई पनि बोलाएका र उसबाट उत्पन्न हुने विश्लेषण तथा परिणामप्रति मलेसियाली अधिकारीहरु जिम्मेदार रहने शर्तमा मात्र अनुसन्धान शुरु गर्ने बताएको छ ।

सम्बन्धित समाचार

अष्ट्रेलियामा नेपाली विद्यार्थी चौथो स्थानमा

Nepali-Student-Graduating-1-13022017103126-1000x0

नारायण खड्का अष्ट्रेलियामा अध्ययनका लागि विद्यार्थी भिसा पाउने देशहरुमा नेपाल चौथो स्थानमा परेको छ । अष्ट्रेलिया सरकारको पछिल्लो तथ्यांक अनुसार…

अष्ट्रेलियाको संसदीय निर्वाचनमा नेपाली उम्मेदवार

aus

अष्ट्रेलिया । पश्चिम अष्ट्रेलियामा अबको एक महिनापछि हुन लागेको संसदीय निर्वाचनमा एक नेपालीले उम्मेदवारी दिएका छन् । अष्ट्रेलियाको राजनीतिक दल…

अष्ट्रेलियामा पार्टीको गतिबिधि संयोजन गर्न सुमन खरेललाई नयाँ शक्तिको अनुरोध

suman-kharel-with-brb

सिड्नी । नयाँ शक्ति पार्टी नेपाल, कार्यकारी समिति नवलपुरले अष्ट्रेलियामा पार्टीको गतिबिधि संयोजन गर्न अष्ट्रेलियामा रहदै आएका पार्टीका संस्थापक सदस्य…

धुर्मुस सुन्तलीलाई एडिलेटबाट १२ लाख सहयोग

dhurnus-suntali

एडिलेट । एकिकृत नमुना मुसहर बस्ती निर्माणका लागी सहयोग जुटाउन अष्ट्रेलिया पुगेका जोडि सितारम कट्टेल धुर्मुस र कुञ्जना घिमिरे सुन्तलीलाई…

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

जनकपुरधाममा सीता–राम विवाह महोत्सवको रौनक

अज्ञात समूहद्वारा बम विस्फोट

लामखुट्टे मार्न विषादीयुक्त मालाथिनको धुवाँ

बजेट कार्यान्वयनमा समस्या

मोटरसाइकले ठक्कर दिँदा एकको मृत्यु