• |

‘स्नातकसम्म अध्ययन गर्दा कुनै शुल्क तिर्नुपरेन’

सोलुखुम्बुमा जन्मिएका दीपक बास्तोलाको बाल्यकाल काठमाडौंमै बित्यो । बुबाको जागिरको शिलशिलामा काठमाडौंनै रहनुपर्ने भएकोले उनको परिवार नै सोलुखुम्बु छोडेर काठमाडौंमै बसेको थियो । त्यतिबेला काठमाडौंमा आफ्नै घर नभएकोले बुवाको अफिसको पाएक पर्ने ठाँउमा कोठा सरिरहने भएकोले धेरै बिद्यालयमा पढेको अनुभव छ उनको । साँगाको महेन्द्र माविबाट एस एल सी पास गरेका दीपक पढ्नमा निकै तेजिला थिए । हाल सौर्य कलेजका प्रोग्राम डाईरेक्टर तथा ‘म्याथम्याटिक्स ओलम्याड अफ नेपाल’का संस्थापक महासचिव उनै दीपक बास्तोलासँग अध्ययन तथा जीवन भोगाईको बारेमा भएको कुराकानीको सम्पादित अंश यहाँ प्रष्तुत गरेका छौंः

बाल्यकालको चाहना
बाल्यकालमा धेरै ठूलो उद्देश्य त केहि पनि थिएन । कसैले ठूलो भएपछि के बन्छस् भन्दा मैले पनि अधिकाँशले जस्तै डाक्टर बन्छु भन्थे । डाक्टरले के गर्छ, डाक्टर बन्न के गर्नुपर्छ भन्ने मलाई केहि थाहा थिएन । खाली कसैले डाक्टर भन्ने ठूलो मान्छे हो भन्दिएका थिए । मैले त्यहि बन्छु भने । कक्षा १०मा पढ्दाताका भने मलाई कुनै पेशा व्यवसाय गर्ने भन्दा पनि कुनै बिषयमा रिसर्च गर्ने चाहना हुने गर्दथ्यो । त्यतिबेला मलाई मन पर्ने बिषय म्याथ थियो । म्याथ पढ्न थाल्ने हो भने मैले २४ सै घण्टा लगातार पढिरहन पनि सक्ने थिए । त्यसैले पनि त्यतिबेला म म्याथम्याटिक्स सम्बन्धी रिसर्च गर्ने वा कुनै थ्यौरी पत्ता लगाउन चाहन्थ्ये ।deepak-bastola

मेरो बाबा भुपु सैनिक भएकोले एसएलसी पास गरेपछि मैले बिरेन्द्र सैनिकमा साईन्स लिएर पढ्ने सोँच गरे । त्यतिबेला बिरेन्द्र सैनिका नाम चलेको कलेजमा पर्दथ्यो । कलेजले लिने प्रवेश परिक्षामा सयौँ बिद्यार्थीहरुको सहभागिता थियो । त्यतिबेला मैले दोश्रो स्थानमा नाम निकालेको थिए । दिउसो दोश्रोमा निस्किएको नाम राती त बैकल्पीकमा राखिएछ । त्यसपछि मेरो बिरेन्द्र सैनिकमा पढ्ने चाहना पूरा हुन सकेन ।
त्रिभुवन युनिभर्सिटिबाट म्याथम्याटिक्समा एमएसीसम्मको अध्ययन गरेका बास्तोलाले आफुँ अध्ययन गर्दाको सन्दर्भलाई यसरी सम्झिए ः

निन्द्रामाथि बिजय
अध्ययनमा मेरो सानैदेखि अत्यन्तै रुचि थियो । मलाई मनपर्ने खेल खेल्दा भन्दापनि अध्ययन गर्दा नै बढी रमाईलो लाथ्यो । म एसएलसी दिने बेलामा साँगामा दीदीकोमा बसेर पढेको थिए । त्यतिबेला म यति पढ्दो रहेछु की राति १ बजे भिनाजु बिउझिएर बाथरुम जादा म पढिरहेको हुदो रहेछु । ढोकामा आएर भिनाजुले रातभरी पढ्न हुदैन, सुत, आँखा बिग्रन्छ भन्नुहुन्थ्यो । प्रत्यक रात दीदीभिनाजुले त्यसरी रातभर नपढ्न भनेपछि मैले मेरो कोठाको ढोकाको तलबाट बाहिर उज्यालो जाने ठाँउमा कपडा कोचेर बाहिर बत्तिको उज्यालो नजाने गरी पढ्ने गर्थे ।

एसएलसीको परिक्षाको बेला म २२, २३ घण्टासम्म पढ्ने गर्दथे । निन्द्रमाथि मैले बिजय हासिल गरिसकेको थिए । रातभरी नसुतिकन पढ्दा पनि भोलिपल्ट मलाई कुनै असर गर्दैनथ्यो । आफु अनिदो भएको फिल नै हुन्नथ्यो । आजभोली अध्ययन गर्न बसेपछि रातभरी नसुतिकन अध्ययनमात्र गर्न सक्छु । यसरी केहि दिन नसुत्दा पनि मलाई कुनै असर गर्दैन ।

पुरस्कारहरुः
कक्षा ४ देखि मलाई आफुले पुरस्कारहरु जीतेको थाहा छ । स्कुल पढ्दासम्म म दोश्रो हुनु परेन । प्रथम हुँदाको त्यो पुरस्कार त निरन्तर आईनै रह्यो । मैले स्नातक गर्दासम्म अध्ययनकै लागि भनेर कुनैपनि शुल्क तिर्नुपरेन । पढाई बाहेक बक्तित्वकला, हाजिरी जवाफलगायतका कार्यक्रमहरुमा बिद्यालय स्तरीय र जील्ला स्तरमा मैले धेरै पुरस्कारहरु जीतेको छु ।deepak-bastola2

मैले ९ कक्षा पढ्दादेखि कापी कलम किन्ने र आफ्नो खर्च धान्ने कमाई गर्ने गर्दथे । म नौ कक्षा पढ्दा नौ कक्षाकै साथीहरुलाई म्याथको ट्युसन पढाउने गर्दथे । त्यतिबेला सरसँग टिउसन पढ्ने भन्दा म सँग ट्युसन पढ्नेहरु धेरै हुन्थे । मैले एसएलसीदिएर रिजल्ट नआउदै काभ्रेको बाल बिकाशमा कक्षा ८ मा अध्यापन शुरु गरेको थिए । त्यो क्रम बढ्दै जादा आज यो ठाउँसम्म आईपुगेको छु । एमएसी गर्दैगर्दा म कलेजहरुमा पढाउने गर्दथे । मैले पढाएर मात्र महिनामै लाखमाथीकमाउने गर्दथे । मैले कुनै महिनामा त १६ पिरिएड सम्म पढाएको छु । अध्यापनकै क्रममा हामी केहि अध्यापनलाई नै पेशा बनाएका साथीहरुले आफ्नै एउटा कलेज संचालन गर्नुपर्छ भन्ने सोच बनायौँ । जसअनुसार सौर्य इन्टरनेशनल स्कुल÷कलेज किनेर संचालन गर्न थाल्यौँ ।

अवको डिजिटल युगमा हामीले काठमाडौं बसेर हुम्ला जुम्लामा पनि पढाउन सम्भव भैसकेको छ । यसरी दुर्गम जिल्लाका विद्यार्थीलाई काठमाडौंमै बसेर पढाउन मिल्ने किसिमको अनलाईन एजुकेशनको अवधारणा ल्याएको छु मैले । यसको लागि ई एजुकेशन भन्ने सस्थां दर्ता गरेको छु । यसरी हेर्दा सबै हिसावले म शिक्षा क्षेत्रमानै व्यस्थ छु ।

हाम्रा बिद्यार्थीहरु अहिले पनि म्याथ बिषयलाई निकै गाहे बिषयको रुपमा लिन्छन् । अभिभावक र शिक्षकहरुले पनि यो बिषयलाई गाहे बिषयकै रुपमा व्याख्या गरिदिने गरेको पाइन्छ । तर यो बिषय प्राक्टीकल्ली निकै सजिलो बिषय हो । म्याथम्याटिक्स ओलम्पियाड अफ नेपालका संस्थापक महासचिव समेत रहेका बास्तोला यसको स्थापनाका उद्देश्य यसरी बताउछन् ।

यसका मुख्य २ उद्देश्य छन्, एक इन्टरनेश्नल म्याथम्याटिक्स ओलम्याडमा नेपाली विद्यायार्थीको सहभागिता गराउनु हो । सन् १९४९ मा रोमानियाबाट सुरु भएको इन्टरनेश्नल म्याथम्याटिक्स ओलम्याडले म्याथको बल्डवाईट कम्पीटिशन गर्ने गर्छ । अहिले २०१६ सम्म आईपुग्दापनि नेपालको यसमा सहभागिता छैन । यसको मुख्य कारण त एउटा हामी म्याथम्याटिक्सका शिक्षकहरुले यसमा चासो देखाएनौं, नेपाल सरकारको पनि यसमा कुनै योजना देखिएन । त्यसमा नेपालका विद्यार्थी पनि सहभागि गराउन हामीले नेपाल सरकारसँग सहकार्य गरेर अगाडि बढेका छौं । सम्भवत आगामि बर्ष नेपाल म्याथम्याटिक्स ओलम्प्याडको पहलमा इन्टरनेश्नल म्याथम्याटिक्स ओलम्प्याडमा नेपालका विद्यार्थी सहभागि हुने छन् । र दोस्रो विद्यार्थीलाई म्याथम्याटिक्समा अभिरुचि पैदा गर्नु हो । जसका लागि हामिले विभिन्न जिल्लामा गई म्याथम्याटिक्स सम्बन्धि प्रतिस्पर्धा तथा शिक्षक-शिक्षिकाहरुलाई तालिम दिदैँ आएका छौँ ।deepak-bastola3

पारिवारीक स्थीतिः
मेरो घर सोलुखुम्बु जिल्लाको ग्रामिण भेगमा हो । ग्रामिण भेगका मानिसहरुको जुन जीवनस्तर छ मेरो परिवारको जीवनस्तर पनि त्यस्तै थियो । मेरो बुवाको सोच सामान्य स्तर भन्दा माथिल्लो नै रहेछ । त्यसैले वहाँ यो स्तरभन्दा माथि उठ्नुपर्छ भन्ने सोच राख्नुहुन्थ्यो । हामी सोलुखुम्बुमै रहदा पनि त्यहाँको उच्च स्तरमा नै थियौं । तर पनि छोराछोरीलाई राम्रो बातावरणमा उच्चशिक्षा पढाउनुपर्छ भनेर बुबाले हामीलाई काठमाडौं ल्याउनुभएको थियो ।

पाँचै जना झोला बोकेर पढ्न निस्कदाः
बुबा सैनिकमा भर्ति हुनपूर्व वहाँले ६ कक्षासम्म पढ्नुभएको रहेछ । सैनिकमा भर्ति भएपछि वहाले नन्दिरात्री स्कुलमा राति राति पढेर एसएलसी पास गर्नुभएको थियो । आर्मीबाट रिटायर्ड भएपछि वहाँले ५२ बर्षको उमेरमा ल क्याम्पसमा पढ्न जानुहुन्थ्यो । म शहिदशुक्र स्कुलमा ४ कक्षा बढ्न झोला बोक्थे, बुबा ल क्याम्पस पढ्न झोला बोक्नुहुन्थ्यो, मेरो कान्छी दीदी आर आर क्याम्पस जानुहुन्थ्योे भने माईली दीदी ताहचल क्याम्पसमा बिएड पढ्न जानुहुन्थ्यो । त्यसैगरी ठूली दीदीपनि सैनिक कलेजमा बिएड पढ्नुहुन्थ्योे । यसरी हामी एउटै घरका ५ जना झोला बोकेर सगैँ पढ्न निस्किन्थ्यौं ।deepak-bastola5

त्यतिबेला भृकुटिमण्डपमा हाम्रो एउटा रेष्टुरेन्ट थियो । त्यो रेष्टुरेन्टको कमाई र बुबाको पेन्सनले हाम्रो परिवार चलेको थियो । पछि बुबाले आई.एल.बी.एल. गरेर अधिबक्ता बन्नुभयो र एउटा ल फर्म खोल्नु भयो । बुबा आर्मीमा हुदा राजपरिवार सँग नजिक हुनुहुन्थ्यो । राजतन्त्रको दासता वहाँले नजिकबाट नियाल्नुभएको थियो । मेरो बुबा बिद्रोही स्वभावको हुनुहुन्थ्यो । आर्मीमै रहदा पनि कतिपय अबस्थामा अन्यायमा पर्दा बिद्रोह गर्ने गर्नुहुन्थ्यो । मेरो माईली दीदी टीका बास्तोला पनि जनयुद्धमा फुलटाईमर भएर लाग्नु भएको थियो । मेरो भिनाजुलाई ०५८ सालमा सुकेधाराबाट पक्राउ गरेर अहिलेसम्म बेपत्ता पारिएको छ । मेरो परिवार नै प्रत्यक्ष अप्रत्यक्ष रुपमा राजनीतिमा सम्लग्न थियो । त्यसमा पनि तत्कालिन माओवादीमा लागेकोले हामीलाई केटाकेटी अवस्था देखि नै आर्मीहरुले दुःख दिन्थे । म एक बर्ष एउटै स्कुलमा पढे भने मलाई केरकार गर्न स्कुलमै आर्मी, पुलिसहरु आउदथे । त्यसैले पनि मैले १० कक्षासम्म पढ्दा ९ ओटा स्कुल परिवर्तन गरेको थिए ।

राजनीतिक दलः भन्छन् एउटा गर्छन् अर्कैः
अहिले पनि मेरो बुबा राजनीतिमा नै सक्रिय हुनुहुन्छ । अहिले वहाँ नेकपा एमालेको केन्द्रिय सदस्य हुनुहुन्छ । माओवादी बिद्रोहमा हुदा म मा पनि बिद्रोहि बिचारहरु आउने गर्दथ्यो । उनीहरुको एजेण्डा मलाई पनि एकदम मन पथ्र्यो । तर त्यतिबेला म सानै भएकोले जनयुद्धमा लागिन । यदि यो बेलामा बल्ल जनयुद्ध शुरु हुन्थ्यो भने म पनि जनयुद्धको एउटा क्याडर हुन्थ्ये होला सायद । पछिल्लो समय त राजनीतिलाई नजिकबाट बुझियो । अहिले त सबै राजनीतिक दलहरुको क्रियाकलाप हेर्दा त राजनीति त साँच्चै फोहोरी खेल नै रहेछ जस्तो लाग्छ । त्यसैले आजको दिनमा मैले कुनैपनि राजनीतिक पार्टिको सदस्यता लिएको छैन ।

राजनीतिक पार्टीहरुका घोषणा पत्र र बिचार हेर्दा त सबैका राम्रै छन् तर भनाई र गराई ठ्याक्कै उल्टो छ । राजनीतिक बिचार र पार्टिले भन्दापनि केहि नेताहरुले व्याक्तिगत रुपमा देशमा केहि गर्न खोजे जस्तो लाग्छ । यसमा डा बाबुराम भट्टराई अग्र पंतिमा पर्दछन् । उनले देश बिकाशका लागि केहि गर्ने अठोटका साथ अगाडि बढेको पाउछु । राजनीतिक हिसावले त वहाँको पार्टी पनि उस्तै उस्तै हो जस्तो लाग्छ तर व्याक्तिगत हिसावले उनले हिजो गरेका काम र अहिले देश बिकाशको जुन खाका पेश गर्दै आएका छन् त्यो राम्रो छ ।

सम्बन्धित समाचार

श्रीमानको सपना साकार पार्न म नयाँ शक्तिमा लागेँ

rubina-khan

रुबिना खान काठमाडौं, १८ असोज । मेरो नाम रुबिना खान हो । मेरो माईतिघर तनहुँको व्यास नगरपालिका वडा न २…

लमजुङको दुरडाँडामा ६७ औं हलोक्रान्ति दिवस मनाइयो

holi-kranti-in-lamjung

विमला अधिकारी/लमजुङ, १२ साउन । लमजुङको दुरडाँडा ६ अर्चल्यानीमा ६७ औं हलोक्रान्ति दिवस मनाइएको छ । बाहुनले पहिलोपटक हलो जोतेको…

अन्धकारमा पनि प्रकास छर्छन् यीनी

balaram-gyanwali-2

सर सन्चै हुनुहुन्छ ? सर आज पनि पढाउनुहोस् है । सर म डोर्याउछुनी तपाईलाई । यी शब्दहरु कुनै रङ्ग मञ्चमा…

गिरिजाको निर्देशनमा जय प्रकाशले मलाई अपहरण गरे

khem-raj-panta2

खेमराज पन्त एक सफल व्यवसायी हुन् । नेपालको कुरियर क्षेत्रका हस्ती पन्त अहिले नेपाल कुरियर संघका अध्यक्ष पनि हुन् ।…

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

बलात्कार गरेको आरोपमा एक पक्राउ

दुई सय ६५ जनामा स्क्रब टाइफस, १८ जनामा डेंगु रोगको संक्रमण

यमपञ्चकको दोस्रो दिन आज कुकुर तिहार

चितवनमा मतदाता संख्या तीन लाख ५४ हजार

स्वास्थ्य संस्थाको चल र अचल सम्पत्ति अब स्थानीय तह मातहतलाई जिम्मा