• |

नेपाली चलचित्र र टेलिकमप्रति युट्युवका ग्राहक रुष्ट

राजु लामिछाने

समय त ठ्याक्कै थाह भएन तर केहि महिना अगाडि सम्म पनि नेपाली चलचित्र युट्युवमा हेर्दा बिज्ञापन हेर्नैपर्ने बाध्यता थिएन । चलचित्र हेरीसकेपछि दर्शकहरुले चलचित्रको समिक्षा गर्दथे । कसैले कलाकारको पनि समिक्षा गर्न भ्याउदथे । कमेन्ट पढ्दा पनि धेरथोर मनोरन्जन प्राप्त हुन्थ्यो ।

तर अहिले समय फेरीएको छ । अहिले नेपाली चलचित्र युट्युवमा हेर्ने दर्शकले चलचित्रको समिक्षा कम गर्न थालेका छन् । चलचित्र राम्रै लागे पनि बीचबीचमा आउने नेपाल टेलिकमको बिज्ञापनले दर्शक भड्काएको प्रष्ट हुन्छ । कमेन्टहरु हेर्दा आधा बढी कमेन्ट त नेपाल टेलिकमलाई गाली गरेको पाईन्छ ।raju-lamichhane

नेपालीमा एउटा उखान छ ‘चिनि पनि धेरै खायो भने तीतो हुन्छ’ । पछिल्लो समय युट्युवमा नेपाली चलचित्र हेर्ने ग्राहकलाई यस्तै भएको छ । मनोरञ्जनका लागि चलचित्र हेर्न शुरु गर्छन्, बीचबीचमा झ्याप्प झ्याप्प आउने बिज्ञापनले उनीहरुको मानसिकता नै परिवर्तन गरिदिन्छ । अन्तत नेपाली चलचित्रका दर्शक भड्किरहेका छन् ।

बिज्ञापन गर्नै हुँदैन भन्ने हाम्रो भनाई होईन, तर बिज्ञापनका नाममा दर्शक नै भड्कििए भने त्यसले कस्लाई फाईदा होला ? प्रत्येक चलचित्रको कमेन्टमा नेपाल टेलिकमप्रतिको आक्रोश देखिन्छ । कतिपय दर्शकले बिज्ञापन हेर्दा हेर्दा रीस उठेर टेलिकमको सिम नै टोकेर फालिदिएको भनेका छन् भने कतिपयले बिज्ञापनकै कारण युट्युवमा नेपाली चलचित्र हेर्नै छोडेको कमेन्ट गरेका छन् ।

यी प्रतिनिधि कमेन्ट हेर्दा स्पष्ट हुन्छ की नेपाली चलचित्रका निर्माताहरुले बिज्ञापनबाट केहि आम्दानी त गरेहोलान् तर दर्शक भने बिस्तारै बिस्तारै भड्काईरहेका छन् । त्यसैले एउटा चलचित्रमा कतिसम्म बिज्ञापन राख्नेभन्ने मापदण्ड बनाउनु आवश्यक देखिन्छ । यता टेलिकमले पनि बिज्ञापनले आफ्ना ग्राहक बढाउनुको सट्टा दर्शक भड्काउने काम त गरिरहेको छैन ? सम्बन्धित सस्थाहरुको यसप्रति समयमानै ध्यान जान जरुरी छ ।

हेरौं केहि प्रतिनिधि कमेन्टहरुःyoutube2youtube3youtube4youtube

सम्बन्धित समाचार

आइरिस मित्तेराँ यस वर्षकी विश्व सुन्दरी

mitara

मनिला । यस वर्ष फिलिपिन्सको राजधानी मनिलामा आयोजित ६५ औं विश्व सुन्दरी प्रतियोगीतामा फ्रान्सकी युवती आइरिस मित्तेराँ विजयी भएकी छिन्…

सलोनको ब्रतबन्धमा अनमोलको ‘लुक्स’ सार्वजनिक (भिडियो)

salon (10)

नायक सलोन बस्नेतको ब्रतबन्ध गरिएको छ । आइतबार थानकोटमा एक भव्य समारोहको आयोजना गर्दै उनले ब्रतबन्ध पार्टि पनि दिए ।…

‘लुट-२’ को ‘घ्याम्पे’ गीत सार्वजनिक

loot-2

चलचित्र ‘लुट -२’ को ‘घ्याम्पे’ बोलको गीत सार्वजनिक भएको छ । हर्कुलस बस्नेतको शब्द एवं संगीत रहेको गीतमा सौगात मल्ल,…

जव श्रद्धा कपुरले नेपालकी प्रियंकालाई जिस्क्याईन्

श्रद्धा कपुर

बलिउडमा आफ्नो सौन्दर्यता र अभिनयका कारण चर्चामा रहेकी अभिनेत्री श्रद्धा कपुरले नेपालका अभिनेत्रीहरुलाई पनि चिन्ने गरेको खुलासा भएको छ ।…

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

विवादका कारण भक्तपुर क्षेत्र नं २ मा मतगणना शुरु हुन सकेन

काठमाण्डौँ क्षेत्र नं ५ मा पोखरेल अगाडि

मतपेटिकालाई लक्षित गरी दुईवटा बम विस्फोटन

प्रकाशमान सिंहलाई कडा टक्कर दिदैं रविन्द्र मिश्र

मोरङमा मतगणना शुरु