• |

यी हुन् युट्युवमा भाईरल भएका चर्चित पाँच नेपाली गीत (भिडियो सहित)

राजु लामिछाने

पछिल्लो समय नेपालमा इमेल इन्टरनेटको बिस्तार सँगै सामाजिक संजाल प्रयोगकर्ताहरु ह्वात्तै बढेका छन् । यस्को प्रत्यक्ष प्रभाव आजभोली युट्युवमा सार्वजनिक गरिने गीतहरुको भिडियोमा देखिन थालेको छ । nepali-dance

केहि बर्ष अगाडिसम्म चलेका गीतहरुले युट्युवमा अत्याभिक भ्युयर्स १० लाखसम्म पाएको देखिन्थ्यो । तर पछिल्लो समय चलेका नेपाली गीतहरुले सजिलै ५० लाख माथि भ्युयर्सहरु पाएको देखिन्छ । यहाँ हामी युट्युवमा भाईरल भएका टप पाँच भिडियोहरुको चर्चा गर्न गैरहेका छौं । (यी भन्दा चर्चित कुनै नेपाली भिडियो भएमा कमेन्ट गर्न सक्नुहुनेछ)

१ सुर्के थैली खै
गत बर्ष प्रदर्शनमा आएको नेपाली कथानाक चलचित्र ‘वडा नम्मर ६’ को गीत सुर्के थैली खै नेपाली गीत संगीतको ईतिहासमा सर्वाधिक चर्चा पाएको गीत हो । गीतले यो समाचार तयार पार्दासम्म युट्युवमा सर्वाधिक १ करोड चालिस लाख माथि भ्युयर्स पाएको छ । राजनराज सिवाकोटीको संगीत रहेको यस गीतमा अन्जु पन्त, राजनराज र राजु बिश्वकर्माको स्वर रहेको छ ।

२ पूर्व पश्चिम रेल
नेपाली चलचित्रका अधिकाँश रेकर्ड ब्रेक गर्न सफल चलचित्र ‘छक्का पञ्जा’मा समाबेश गीत पूर्व पश्चिम रेल पनि अत्याभिक रुचाईयो । यस गीतलाई युट्युवमा ८८ लाखपटक हेरिएको छ । चलचित्रले पाएको चर्चाले पनि यो गीतले मार्केट पाईनै रह्यो । यस गीतले पनि करोड भ्युयर्स पाउन सक्ने सम्भावना उत्तिकै छ । यस गीतमा पनि राजनराज शिवाकोटीकै संगीत रहेको छ भने अन्जु पन्त र उनै राजनराजको स्वर रहेको छ ।

३ पानी पर्यो
हुन त पानी पर्यो बोलको अल्मोडा राना उप्रेतिले गाएको गीत बिबादका कारण युट्युवबाट हटाईएको छ । तर सोहि गीतमा कार्टुन क्रियू ग्रुपको नृत्य युट्युवमा भाईरल भएको अर्को भिडियो हो । यस भिडियोलाई ६९ लाखपटक हेरिएको छ । यस भिडियोले पनि करोड भ्युयर्स पाउने सम्भावना उत्तिकै छ ।

४ शिरैमा शिरबन्दी
चलचित्र हाउ फन्निमा समाबेश शिरैमा शिरबन्दी बोलको गीत पनि निकै रुचाईएको गीत हो । बसन्त सापकोटाको संगीत रहेको यस गीतमा मेलीना राईको स्वर रहेको छ । चलचित्र हाउ फन्नीले दर्शको मन नजिते पनि यस गीतलाई भने युट्युवमा उल्लेख्य दर्शकको साथ पायो । भिडियोलाई ६१ लाख पटक हेरिएको छ ।

 

५ नीर
चलचित्र ‘पुरानो डुंगा’मा समाबेश गीत नीर जैले रसिाउने अहिले पनि अधिकांशको मुखमा झुण्डिरहेको गीत हो । यस गीतको अडियोमात्र युट्युवमा ६० लाखभन्दा बढीपटक हेरिएको छ । गीतमा स्वर तथा संगीत कालीप्रसाद रीजालको रहेको छ ।

 

सम्बन्धित समाचार

आइरिस मित्तेराँ यस वर्षकी विश्व सुन्दरी

mitara

मनिला । यस वर्ष फिलिपिन्सको राजधानी मनिलामा आयोजित ६५ औं विश्व सुन्दरी प्रतियोगीतामा फ्रान्सकी युवती आइरिस मित्तेराँ विजयी भएकी छिन्…

सलोनको ब्रतबन्धमा अनमोलको ‘लुक्स’ सार्वजनिक (भिडियो)

salon (10)

नायक सलोन बस्नेतको ब्रतबन्ध गरिएको छ । आइतबार थानकोटमा एक भव्य समारोहको आयोजना गर्दै उनले ब्रतबन्ध पार्टि पनि दिए ।…

‘लुट-२’ को ‘घ्याम्पे’ गीत सार्वजनिक

loot-2

चलचित्र ‘लुट -२’ को ‘घ्याम्पे’ बोलको गीत सार्वजनिक भएको छ । हर्कुलस बस्नेतको शब्द एवं संगीत रहेको गीतमा सौगात मल्ल,…

जव श्रद्धा कपुरले नेपालकी प्रियंकालाई जिस्क्याईन्

श्रद्धा कपुर

बलिउडमा आफ्नो सौन्दर्यता र अभिनयका कारण चर्चामा रहेकी अभिनेत्री श्रद्धा कपुरले नेपालका अभिनेत्रीहरुलाई पनि चिन्ने गरेको खुलासा भएको छ ।…

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

विवादका कारण भक्तपुर क्षेत्र नं २ मा मतगणना शुरु हुन सकेन

काठमाण्डौँ क्षेत्र नं ५ मा पोखरेल अगाडि

मतपेटिकालाई लक्षित गरी दुईवटा बम विस्फोटन

प्रकाशमान सिंहलाई कडा टक्कर दिदैं रविन्द्र मिश्र

मोरङमा मतगणना शुरु