• |

बढ्यो घलेगाउँमा पर्यटक आगमन, होमस्टेले उकासियो महिलाको जिबनस्तर


बेलिना थापा

लमजुङ, २ माघ । सार्क राष्ट्रकै नमूना पर्यटकीय गाउँको रुपमा परिचित लमजुङको घलेगाउँमा पर्यटक आगमन दर बढ्दै गएको छ । विगतमा चिसो मौसममा पर्यटक संख्या घट्ने गरेपनि यो वर्ष भने पर्यटक आगमन संख्यामा कुनै कमी नआएको घलेगाउँ पर्यटन विकास समितिका सचिव उमल विकले बताए ।ghale-gaun-tour-2

उनका अनुसार दैनिक एक सय भन्दा बढि आन्तरिक र १५ भन्दा बढि बाह्य पर्यटक गाउँमा पुग्ने गरेका छन् । घलेगाउँसम्म घुम्न पुग्नेहरुलाई गाउँमै रहेका घरमा खाने, बस्ने र सुत्ने प्रबन्ध मिलाईएको हुन्छ, जसलाई ‘होमस्टे’ भनिन्छ । स्थानीयका अनुसार बाँकी घर मध्ये कसैले पाहुनाको स्वागत÷सत्कारमा समय खर्चिन्छन्, कोही साँस्कृतिक कार्यक्रम देखाउनमै व्यस्त रहन्छन् ।

हिले एक सय २० घरधुरी रहेको घलेगाउँमा ३३ घरमा होमस्टे सञ्चालनमा छ भने पाँच घरमा होमस्टे निर्माण हुँदैछ । गाउँस्थित दलित बस्तीमा पनि २ वटा सुधारिएको होमस्टे रहेको छ । ‘दलित बस्तीमा रहेका होमस्टेमा पनि पर्यटक आउन थालेको होमस्टे सञ्चालक समेत रहका विकको भनाई छ ।

वि.सं. २०५७ सालमा गाउँमा होमस्टे सञ्चालन सुरु भएको घलेगाउँ पर्यटन विकास समितिका अध्यक्ष प्रेम घलेले बताए । घलेगाउँमै लामो समयदेखी होमस्टे सञ्चालन गर्दै आएकी दुर्गादेवी घलेले होमस्टे सञ्चालन गरेसंगै त्यसबाट हुने आम्दानीले जीवन चलाउन निकै सहज भएको बताईन् । होमस्टे चलाएपछि आम्दानी भएको छ, जीवनस्तर उकासिएको छ,’ उनको भनाई छ । सदरमुकाम बेसीशहरबाट जीपमा २ घण्टा ३० मिनेट यात्रा गरेपछि घलेगाउँ पुग्न सकिन्छ ।

सम्बन्धित समाचार

बलात्कार गरेको आरोपमा एक पक्राउ

balakar-garne-pakrau-1

भोजपुर, १ कात्तिक । बलात्कार गरेको आरोपमा भोजपुर थिदिङ्खाका एक व्यक्ति पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यलय भोजपुरकाअनुसार बलात्कारी…

यमपञ्चकको दोस्रो दिन आज कुकुर तिहार

kukur_tihar_529267076

काठमाडौँ, १ कात्तिक । यमपञ्चकको दोस्रो दिन आज बिहान अरुणोदय कालमा नरक स्नान गरी यम दीप दान गरियो । कात्तिक…

चितवनमा मतदाता संख्या तीन लाख ५४ हजार

matadata-parichaya-patr

चितवन, १ कात्तिक । गत स्थानीय निर्वाचनपछि जिल्लामा मतदाताको संख्या बढेको छ । आउँदो मंसिर २१ मा हुन लागेको प्रतिनिधि…

जमुना घलेलाई भारी मत अन्तरले हराउँदै एनआरएनए अध्यक्षमा भट्ट विजयी

xBhaban-Bhatta1-17102017022504-1000x0.jpg.pagespeed.ic.KECtO2B-CN

काठमाण्डौँ, ३१ असोज । गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा भवन भट्ट विजयी भएका छन् । काठमाण्डौँमा जारी आठौं विश्व…

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

बलात्कार गरेको आरोपमा एक पक्राउ

दुई सय ६५ जनामा स्क्रब टाइफस, १८ जनामा डेंगु रोगको संक्रमण

यमपञ्चकको दोस्रो दिन आज कुकुर तिहार

चितवनमा मतदाता संख्या तीन लाख ५४ हजार

स्वास्थ्य संस्थाको चल र अचल सम्पत्ति अब स्थानीय तह मातहतलाई जिम्मा