• |

कुखुराको भालेको पनि बन्ध्याकरण

cockकृष्ण दर्नाल
पाल्पा । सुन्दा अनौठो लाग्न सक्छ, तर यो सत्य घटना हो । कुखुराको पनि परिवार नियोजन हुन्छ भन्दा अब नौलो मान्नु पर्दैन । कुखुराको भालेमा बन्ध्याकरण सफल बन्दै गएपछि अब अच्चम मान्नु पर्दैन ।

पाल्पा जिल्ला रामपुर नगरपालिका–१४ बर्दलेका जनार्दन पन्तले कुखुराको भालेको अण्डकोष निकालेर परिवार नियोजन गर्न थालेका छन् । कुखुराको भालेको बन्ध्याकरण गर्ने अभ्यास पाल्पामा नौलो हो ।

भालेको पछाडिको करङको शल्यक्रिया गरी अण्डकोष निकालेपछि भालेको शिर पोथीको जस्तो हुने र बास्ने भालेको अण्डकोष निकाल्दा बास्न छाड्ने गरेको पन्तको भनाइ छ । भालेको बन्ध्याकरण गर्दा मासुको उत्पादन बढी हुने गर्दछ ।

कुखुरापालन गर्ने पन्तले कुखुराको परिवार नियोजन गर्दा मासु एक इन्चसम्म बाक्लो हुने र तौल पाँचदेखि सात किलोसम्म बढ्ने बताए । पहिले कुखुराको अण्डकोष निकाल्न निकै समस्या भएपनि अहिले सहजरुपमा बन्ध्याकरण हुने गरेको उनले बताए ।

पन्तको पशुपन्छीसम्बन्धी औपचारिक अध्ययन नभए पनि दाङका ध्रुव बस्नेतसँग फोनमार्फत जानकारी लिई कुखुराको परिवार नियोजन गर्न थालेको बताए ।

सुरुसुरुमा केही कुखुरा मरेपनि अहिले कुखुराको शल्यक्रिया सफल भएको उनको दाबी छ ।

कुखुरा शल्यक्रियापछि चिल्लो हँुदै जाने र यौन क्षमता कमजोर हँुदै जाने उनको दाबी छ । स्थानीय प्रजातिका कुखुरामा मात्र अण्डकोष निकाल्न सम्भव हुने गर्दछ । ब्वायलर प्रजातिका कुखुरामा अण्डकोष निकाल्ने काम भने उनले गरेका छैन । पहिले रहरका लागि गरिएको यो काम अहिले अनुसन्धानमूलक भइरहेको उनको भनाइ छ ।

नेपाली समाजमा मानिस प्रायः कम सन्तानका लागि परिवार नियोजन गर्न रुचाउँछन् । तर पछिल्ला वर्षमा अनुसन्धानका लागि कुकुरलाई तीनमहिने सुईको प्रयोग र बन्ध्याकरण गरिएको पाइए पनि अहिले कुखुरामा भने नौलो मानिएको हो ।

पाल्पाका ग्रामीण क्षेत्रमा गोरु, बोका, सुँगुर र बङ्गुरको अण्डकोष निकाल्ने चलन रहिआएको बूढापाकाहरु बताउँछन् । अण्डकोष निकाल्दा यौन क्षमता कमजोर भई शान्त स्वभावको बढी हुने हुँदा मासुको उत्पादन बढी हुने जानकारहरु बताउँछन् ।

करिब पाँच–सात वर्षदेखि कुखुराको शल्यक्रियामार्फत बन्ध्याकरण गर्ने काममा उनले सफलता पाएका छन् ।

 

सम्बन्धित समाचार

हेर्नुहोस् हैरान बनाउने ५० ट्याटु (भिडियोसहित)

tatoo

आजभोलीका युवा पुष्तामा ट्याटु बनाउने फेशनले जरा गाडेको छ । बिशेसगरी हात, कम्मर, गर्धन र बक्षस्थलमा ट्याटु ओपिने गरिन्छ ।…

यस्तो छ हस्तमैथुनको इतिहास

maithun

एजेन्सी । पाषाण एवं मध्यकालीन युगमा ढुंगा तथा चट्टानमा बनाइएको चित्रले के पुष्टि गर्छन् भने हस्तमैथुन आज मात्र होइन, सदियौं…

जहाँ नवबिबाहितलाई तीन दिनसम्म शौचालय जान दिइन्न

mmm

एजेन्सी । बिश्वमा रहेका हरेक जातिहरुको आ आफ्नै मौलिक परम्पराहरु रहेको हुन्छ । एक जातीको परम्परा अर्को जातीलाई अनौठो लाग्नु…

कागले दिन्छ शुभ-अशुभ समयको सूचना, यसरी चिनौं कागको भाषा

crow-swoop-jpg-adapt-945-1

सनिबारबाट १६ दिनसम्म चल्ने श्राद्ध पक्षको शुरुवात भएको छ । श्राद्ध पक्षमा पितृलाई प्रसन्न गर्नको लागि श्राद्ध गरी तर्पण, पिंडदान…

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

जनकपुरधाममा सीता–राम विवाह महोत्सवको रौनक

अज्ञात समूहद्वारा बम विस्फोट

लामखुट्टे मार्न विषादीयुक्त मालाथिनको धुवाँ

बजेट कार्यान्वयनमा समस्या

मोटरसाइकले ठक्कर दिँदा एकको मृत्यु