• |

धुर्मुस सुन्तलीलाई एडिलेटबाट १२ लाख सहयोग

एडिलेट । एकिकृत नमुना मुसहर बस्ती निर्माणका लागी सहयोग जुटाउन अष्ट्रेलिया पुगेका जोडि सितारम कट्टेल धुर्मुस र कुञ्जना घिमिरे सुन्तलीलाई अष्ट्रेलियाबाट १२ लाख सहयोग रकम प्राप्त भएको छ । अष्ट्रेलियाको एडिलेटमा भएको एक डिनरबाट उक्त रकम संकलन भएको धुर्मुस सुन्तली फाउण्डेसनका अध्यक्ष सिताराम कट्टेलले बताए ।dhurnus-suntali

मुसहर बस्ती निर्माणको सहयोगार्थ रकम संकलनका लागी अष्ट्रेलियाबाट उठेको यो दोश्रो ठुलो सहयोग रकम हो । फाउण्डेसनका अध्यक्ष कट्टेलले बताएअनुसार यो अनुमानित भन्दा ठुलो रकम संकलन भएको हो । हिजो अर्थात बिहिबार सांझ भएको फन्ड राईजिङ डिनरबाट १४ हजार ६ सय ५६ डलर नेपाली अन्दाजी १२ लाख ४५ हजार ७ सय ६० रुपैया सहयोग जुटेको हो ।

यो रकम एउटा डिनरबाट उठेको रकम हो फाउण्डेसनकी कुञ्जना घिमिरे सुन्तलीले भनिन् यसले झनै उत्साहित बनाएको छ । अष्ट्रेलियाको एडिलेटमा बसोबास गर्ने नेपालीहरु र भुटानी समुदायका नेपालीहरुले देखाएको उक्त सदाशयता प्रति धन्यबाद दिदै उनले सहयोग गर्न चाहने अष्ट्रेलियन बासिहरुलाई समपर्क गर्न पनि आग्रह गरेका छन् ।

फाउण्डेसनका अध्यक्ष कट्टेलले सहयोगको लागी आफ्नो सम्पर्क नम्बर समेत उपलब्ध गराएका छन् । अष्ट्रेलिया नजिक अथवा जुनसुकै देशबाट पनि धुर्मुस सुन्तलीलाई अष्ट्रेलियाको सम्पर्क नम्बर ०४५२१५९८११ मा सम्पर्क गर्न सकिने छ ।

धुर्मुस सुन्तलीले बताएअनुसार सिधै सम्पर्कको लागी यो नम्बर उपलब्ध गराईएको हो । यसअघि पनि धुर्मुस सुन्तलीलाई अष्ट्रेलियाको सिड्नीमा भएको धुर्मुस सुन्तली सांझबाट १७ लाख रकम संकलन भएको थियो । मुसहर बस्ती निर्माणका लागी जुटेको सम्पुर्ण बिबरण धुर्मुस सुन्तली फाउण्डेसनको अफिसियल फेसबुक पेजमा अपडेट गरिने छ भने वेवसाईटमा पनि समाबेश गरिने छ ।

धुर्मुस सुन्तली हिजोको एडिलेटको डिनर पछि आजै मेलबर्न पुग्नेछन् । उनीहरुले बताएअनुसार जनवरी २९ मा मेलवर्नमा एक कार्यक्रमको आयोजना हुदैछ । उनिहरु त्यसै कार्यक्रममा सहभागी हुन त्यसतर्फ लागेका हुन् ।

सम्बन्धित समाचार

अष्ट्रेलियामा नेपाली विद्यार्थी चौथो स्थानमा

Nepali-Student-Graduating-1-13022017103126-1000x0

नारायण खड्का अष्ट्रेलियामा अध्ययनका लागि विद्यार्थी भिसा पाउने देशहरुमा नेपाल चौथो स्थानमा परेको छ । अष्ट्रेलिया सरकारको पछिल्लो तथ्यांक अनुसार…

अष्ट्रेलियाको संसदीय निर्वाचनमा नेपाली उम्मेदवार

aus

अष्ट्रेलिया । पश्चिम अष्ट्रेलियामा अबको एक महिनापछि हुन लागेको संसदीय निर्वाचनमा एक नेपालीले उम्मेदवारी दिएका छन् । अष्ट्रेलियाको राजनीतिक दल…

अष्ट्रेलियामा पार्टीको गतिबिधि संयोजन गर्न सुमन खरेललाई नयाँ शक्तिको अनुरोध

suman-kharel-with-brb

सिड्नी । नयाँ शक्ति पार्टी नेपाल, कार्यकारी समिति नवलपुरले अष्ट्रेलियामा पार्टीको गतिबिधि संयोजन गर्न अष्ट्रेलियामा रहदै आएका पार्टीका संस्थापक सदस्य…

सापकोटाद्वारा अन्तराष्ट्रीय नेपाली समाज,अष्ट्रेलियाको अध्यक्षमा उमेदवारी

anish sapkota

मेलवर्न । अन्तराष्ट्रीय नेपाली समाज, अष्ट्रेलियाको अधिवेशनले आगामी मे को अन्तिम साता भित्र हुने भएको छ । अधिवेशन मिति नजिकिदै…

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

बलात्कार गरेको आरोपमा एक पक्राउ

दुई सय ६५ जनामा स्क्रब टाइफस, १८ जनामा डेंगु रोगको संक्रमण

यमपञ्चकको दोस्रो दिन आज कुकुर तिहार

चितवनमा मतदाता संख्या तीन लाख ५४ हजार

स्वास्थ्य संस्थाको चल र अचल सम्पत्ति अब स्थानीय तह मातहतलाई जिम्मा