• |

आइरिस मित्तेराँ यस वर्षकी विश्व सुन्दरी

मनिला । यस वर्ष फिलिपिन्सको राजधानी मनिलामा आयोजित ६५ औं विश्व सुन्दरी प्रतियोगीतामा फ्रान्सकी युवती आइरिस मित्तेराँ विजयी भएकी छिन् । सो प्रतियोगीतामा विश्वका छयासी देशका सुन्दरीहरु सहभागी थिए ।mitara

दन्त चिकित्सा विषयमा फ्रान्समा अध्ययनरत तेइस वर्षिया विद्यार्थी तथा मोडेल मित्तेराँले पचासी जना सुन्दरी प्रतिद्वन्दीहरुलाई पछि पार्दै सन् २०१७ को विश्व सुन्दरी (मिस युनिभर्स) उपाधि हात पार्न सफल भएकी हुन् ।

राजधानी मनिलाको एसिया एरिना मलमा आयोजित उक्त प्रतियोगीताको अन्तिम दिन उनलाई गत वर्षकी विश्व सुन्दरी, फिलिपिन्सकै पिया उर्जब्याचले मिस युनिभर्सको शिरताज पहिराइ दिइन् ।

उत्तरी फ्रान्सको एउटा सानो नगर – लिली निवासी सुन्दरी मित्तेराँले आयोजकका तर्फबाट स्टिभ हार्भेले सोधेका एक सामान्य प्रश्नको उत्तरमा यस प्रतियोगीतामा आफू प्रथम वा द्वितिय वा तृतिय जुनसुकै स्थानमा पर्न पाए पनि हर्षले गद्गद् हुने बताएकी थिइन्, तर प्रथम स्थान नै उनको पोल्टामा प¥यो ।

सो प्रतियोगीतामा हैटिकी पच्चीस वर्षीया सुन्दरी राकेल पेलिसियर दोश्रो स्थान (फष्ट रनर–अप) मा र कोलम्बियाकी तेइस वर्षीया सुन्दरी एन्ड्रिया टोभार तेश्रो स्थान (सेकेण्ड रनर–अप) मा विजयी हुन सफल रहे ।
द्वितीय स्थानमा रहन सफल सुन्दरी राकेलको गृह नगर सन् २०१० मा हैटिमा आएको महाभूकम्पमा परेर ध्वस्त भए ता पनि उनी जीवित रहन सफल रहेकी थिइन् ।

सम्बन्धित समाचार

सलोनको ब्रतबन्धमा अनमोलको ‘लुक्स’ सार्वजनिक (भिडियो)

salon (10)

नायक सलोन बस्नेतको ब्रतबन्ध गरिएको छ । आइतबार थानकोटमा एक भव्य समारोहको आयोजना गर्दै उनले ब्रतबन्ध पार्टि पनि दिए ।…

‘लुट-२’ को ‘घ्याम्पे’ गीत सार्वजनिक

loot-2

चलचित्र ‘लुट -२’ को ‘घ्याम्पे’ बोलको गीत सार्वजनिक भएको छ । हर्कुलस बस्नेतको शब्द एवं संगीत रहेको गीतमा सौगात मल्ल,…

जव श्रद्धा कपुरले नेपालकी प्रियंकालाई जिस्क्याईन्

श्रद्धा कपुर

बलिउडमा आफ्नो सौन्दर्यता र अभिनयका कारण चर्चामा रहेकी अभिनेत्री श्रद्धा कपुरले नेपालका अभिनेत्रीहरुलाई पनि चिन्ने गरेको खुलासा भएको छ ।…

सलमान ब्यस्थ हुँदा अर्को बर्ष मात्र फ्लोरमा जानेभयो ‘किक’को सिक्वेयल

kick

यसै बर्ष फ्लोरमा जाने भनिएको बलिउड चलचित्र ‘किक’को सिक्वेयल एक बर्ष पछाडि धकेलिने भएको छ । सलमान खान चलचित्र ‘ट्यूबलाइट’…

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

बलात्कार गरेको आरोपमा एक पक्राउ

दुई सय ६५ जनामा स्क्रब टाइफस, १८ जनामा डेंगु रोगको संक्रमण

यमपञ्चकको दोस्रो दिन आज कुकुर तिहार

चितवनमा मतदाता संख्या तीन लाख ५४ हजार

स्वास्थ्य संस्थाको चल र अचल सम्पत्ति अब स्थानीय तह मातहतलाई जिम्मा