• |

अष्ट्रेलियामा नेपाली विद्यार्थी चौथो स्थानमा

नारायण खड्का
अष्ट्रेलियामा अध्ययनका लागि विद्यार्थी भिसा पाउने देशहरुमा नेपाल चौथो स्थानमा परेको छ । अष्ट्रेलिया सरकारको पछिल्लो तथ्यांक अनुसार चीन, भारत र ब्राजिलपछि नेपालका विद्यार्थीहरु अध्ययनका लागि अष्ट्रेलिया सरकारको चौथो प्राथमिकतामा परेका हुन् ।Nepali-Student-Graduating-1-13022017103126-1000x0

यहाँको अध्यागमन बिभागको तथ्यांक अनुसार आर्थिक बर्ष २०१५–१६ को जुनसम्मको १ बर्ष अवधिमा नेपालबाट भिषा आवेदन दिएका नेपाली विद्यार्थीहरुमध्ये ७ हजार ७ सय ५९ जनाले अध्ययन भिषा पाएका छन् । तथ्यांक अनुसार विगतको यही अवधिमा यो संख्या ५ हजार ४ सय ५९ थियो जुन अघिल्लो आर्थिक बर्षको बिद्यार्थी संख्यामा ४२ दशमलव १ प्रतिशतले बृद्धि भएको हो ।

अफसोर (विदेशी मुलकबाट अध्ययन भिषा पाउने) नेपाली विद्यार्थीहरुको संख्या र समग्र अष्ट्रेलियामा अध्ययनरत विदेशी विद्यार्थीहरुको संख्याको आधारमा समेत नेपाल अष्ट्रेलियामा चौथो स्थानमा छ । जुन विश्वबाट अष्ट्रेलियामा अध्ययन भिसामा आउने बिद्यार्थीहरुको संख्याको आधारमा तथ्यांक तयार गरिएको हो । यसैगरि नेपाल र अष्ट्रेलिया दुबै देशमा रहेका नेपाली विद्यार्थीहरुमा १० हजार ६ सय ५५ जना बिद्यार्थीहरुले एक बर्षको अवधिमा अध्ययनका लागि भिषा पाएका छन् । जुन अघिल्लो वर्षको यही समयको एक बर्षमा ८ हजार ९ सयय ८७ जनाले अध्ययनका लागि बिद्यार्थी भिषा पाएका थिए ।

अहिले अष्ट्रेलियाका विभिन्न शैक्षिक संस्थाहरुमा अध्ययनरत नेपाली विद्यार्थीहरुको संख्या १८ हजार ७ सय ७७ रहेको तथ्यांक उपलब्ध छ । जुन अघिल्लो बर्षको यही अवधिमा १६ हजार ४ सय ४७ रहेको थियो । गतवर्षमा बिद्यार्थी भिषा पाउने संख्यामात्र नभएर समग्र विद्यार्थी संख्यामा समेत नेपाल चौथो नम्बरमा रहेको छ । ‘नेपाली विद्यार्थीहरु पढाईमा लगनशिल र मेहनती भएकाले नै नेपालले यो स्थान पाएको हो,’ विगत एक दशकदेखि शिक्षा र माइग्रेसन सम्बन्धि परामर्श दिँदै आएका ब्यवसायी सञ्जीव पाण्डेले  भने, ‘यसले अध्ययनकै लागि अष्ट्रेलिया आउन चाहने नेपाली विद्यार्थीहरुलाई अवश्य सहज बनाउनेछ ।’

शिक्षा क्षेत्र अष्ट्रेलिया सरकारको आम्दानीको मुख्य स्रोतमध्येमा पर्दै आएको छ । जसका कारण समेत अष्ट्रेलियाले उच्च शिक्षाका लागि विश्वभरिबाट बिद्यार्थीहरुलाई अध्ययनका लागि अवसर दिँदै आएको छ ।

सम्बन्धित समाचार

अष्ट्रेलियाको संसदीय निर्वाचनमा नेपाली उम्मेदवार

aus

अष्ट्रेलिया । पश्चिम अष्ट्रेलियामा अबको एक महिनापछि हुन लागेको संसदीय निर्वाचनमा एक नेपालीले उम्मेदवारी दिएका छन् । अष्ट्रेलियाको राजनीतिक दल…

अष्ट्रेलियामा पार्टीको गतिबिधि संयोजन गर्न सुमन खरेललाई नयाँ शक्तिको अनुरोध

suman-kharel-with-brb

सिड्नी । नयाँ शक्ति पार्टी नेपाल, कार्यकारी समिति नवलपुरले अष्ट्रेलियामा पार्टीको गतिबिधि संयोजन गर्न अष्ट्रेलियामा रहदै आएका पार्टीका संस्थापक सदस्य…

धुर्मुस सुन्तलीलाई एडिलेटबाट १२ लाख सहयोग

dhurnus-suntali

एडिलेट । एकिकृत नमुना मुसहर बस्ती निर्माणका लागी सहयोग जुटाउन अष्ट्रेलिया पुगेका जोडि सितारम कट्टेल धुर्मुस र कुञ्जना घिमिरे सुन्तलीलाई…

सापकोटाद्वारा अन्तराष्ट्रीय नेपाली समाज,अष्ट्रेलियाको अध्यक्षमा उमेदवारी

anish sapkota

मेलवर्न । अन्तराष्ट्रीय नेपाली समाज, अष्ट्रेलियाको अधिवेशनले आगामी मे को अन्तिम साता भित्र हुने भएको छ । अधिवेशन मिति नजिकिदै…

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

विवादका कारण भक्तपुर क्षेत्र नं २ मा मतगणना शुरु हुन सकेन

काठमाण्डौँ क्षेत्र नं ५ मा पोखरेल अगाडि

मतपेटिकालाई लक्षित गरी दुईवटा बम विस्फोटन

प्रकाशमान सिंहलाई कडा टक्कर दिदैं रविन्द्र मिश्र

मोरङमा मतगणना शुरु