• |

सुखानीका सहिद सम्झँदै मेची महाकाली अभियान

uml-1-1-1024x576झापा, २१ फागुन । नेकपा एमाले ले ‘सुखानीका सहिद दिवस’ को दिन पारेर आजदेखि मेची महाकाली राष्ट्रिय अभियान प्रारम्भ गर्दैछ ।

संविधान कार्यान्वयन, निर्वाचन, समृद्धि, स्वाभिमान, राष्ट्रिय एकताका र सामाजिक सद्भावका लागि गरिएको सो १५ दिने अभियानका लागि पार्टीका अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता झलनाथ खनाल, नेता माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र भीमबहादुर रावल, स्थायी कमिटी सदस्य सुवास नेम्वाङलगायत नेता आइसकेका छन् ।

स्थानीय साल्बारी, सुखानी, गरामनी र ज्यामिरगढीमा अलग अलग कार्यक्रम गर्ने र नेताहरु पुगेर श्रद्धाञ्जलि दिने कार्यक्रम रहेको सांसद रवीन कोइरालाले जानकारी दिए । ‘झापा विद्रोह’ मा संलग्न अध्यक्ष अध्यक्ष ओली र अन्य नेताहरु सुखानी उद्यानमा पुगी सहिदप्रति श्रद्धाञ्जलि दिएर अभियानको औपचारिक शुभारम्भ गरिएको छ ।

तत्कालीन निरङ्कुश पञ्चायती व्यवस्थाको विरोधका क्रममा गिरफ्तारमा परेका झापा विद्रोहका पाँच नेतालाई सरकारले विसं २०२९ फागुन २१ गते कारागार सरुवाका नाममा झापाको चन्द्रगढीबाट इलामको सुखानीस्थित जङ्गलमा लगी दिउँसै गोली हानी हत्या गरेको थियो ।

सहादत पाउनेमा रामनाथ दाहाल, नेत्र घिमिरे, वीरेन राजवंशी, कृष्ण कुइँकेल र नारायण श्रेष्ठ थिए । गत वर्ष सरकारले उनीहरुलाई सहिद घोषणा गरेको थियो । लोकतान्त्रिक २०६२÷०६३ को आन्दोलनको सफलतापछि सरकारले एमालेका पूर्वनेता तथा वरिष्ठ साहित्यकार मोदनाथ प्रश्रितको संयोजकत्वमा गठित सहिदको मापदण्ड निर्धारणसम्बन्धी सुझाव समितिले ती पाँच योद्धालाई सहिद घोषणा गर्न सिफारिस गरेको थियो ।

झापाको काकडभिट्टाबाट सुरु हुने सो अभियान कञ्चनपुर हुँदै आगामी चैत ५ गते सुर्खेत पुगेर समापन हुनेछ । आजै झापाको बिर्तामोड र दमकमा अभियानअन्तर्गतका कार्यक्रम हुँदैछन् । संविधान कार्यान्वयन, निर्वाचन, समृद्धि, स्वाभिमान, राष्ट्रिय एकताका र सामाजिक सद्भावको नारा रहेकोे सो अभियानका लागि नेपाली, मैथिली, थारु, डोट्याली र भोजपुरी भाषामा प्रचार सामग्री वितरण गरिएको छ ।

सम्बन्धित समाचार

संयुक्त राष्ट्रसंघकोे ७२औँ महासभामा मानव अधिकार परिषद्मा नेपाल निर्वाचित

Nepal-Flag

वाशिङ्टन डिसी, ३१ असोज । संयुक्त राष्ट्रसंघकोे ७२औँ महासभाले मानव अधिकार परिषद्मा नेपाललाई पनि निर्वाचित गरेको छ । विभिन्न देशका…

उपप्रधानमन्त्रीद्वारा नेपालको महावाणिज्य दूतावास कार्यालयको उद्घाटन

Krishna_Bdr_Mahara

काठमाण्डौँ, २५ भदौ । उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले चीनको ग्वान्जाओस्थित नेपालको महावाणिज्य दूतावास कार्यालयको आज उद्घाटन गरे । परराष्ट्रमन्त्री…

हरितालिका तीजका अवसरमा राष्ट्रपतिद्धारा शुभकामना

bidhya_bhandari_crop1446045468031.jpg_1718483346

काठमाण्डौँ, ८ भदौ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली महिलाहरुको महान् चाड हरितालिका तीजका अवसरमा स्वदेश र विदेशमा रहेका सम्पूर्ण नेपालीमा…

प्रधानमन्त्री देउवा आज नयाँ दिल्ली प्रस्थान

प्रधानमन्त्री_देउवा_दिल्ली_प्रस्थान__फोटोफिचर_8015

काठमाण्डौँ, ७ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवा भारतको पाँच दिवसीय राजकीय भ्रमणका लागि आज नयाँ दिल्लीतर्फ प्रस्थान गरेका छन् ।…

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

जनकपुरधाममा सीता–राम विवाह महोत्सवको रौनक

अज्ञात समूहद्वारा बम विस्फोट

लामखुट्टे मार्न विषादीयुक्त मालाथिनको धुवाँ

बजेट कार्यान्वयनमा समस्या

मोटरसाइकले ठक्कर दिँदा एकको मृत्यु