• |

अष्ट्रेलियामा नेपाली खाना प्रर्बधन कार्यक्रम सम्पन्न

17203501_1390669787652322_230605292_nअष्ट्रेलिया, २६ फागुन । युनिग्लोव विजनेस ग्रुप तथा क्युइनस्फोर्ड कलेजको सहकार्य र टु टेबलको आयोजनामा अष्ट्रेलियाको व्रिस्वेनमा एकदिनको नेपाली खाना प्रर्बधन कार्यक्रम सम्पन्न भएको छ ।

सेफ्स पप अप डिनर’ नाम दिइएको उक्त कार्यक्रममा नेपाली परम्परागत खानालाई आधुनिक शैलिमा फ्युजन गरी प्रस्तुत गरीएको थियो । कार्यक्रममा नेपाली मौलिक खानालाई अन्तराष्ट्रिय जगतमा अभिवृद्धि गर्दै नेपालको र्पयटक व्यवसायलाई समेत योगदान दिने उद्देश्य राखीएको थियो । बरिष्ठ तबला बादक धिरेन्द्र श्रेष्ठको समुहको सुमधर संगितले कार्यक्रमलाई थप नेपालमय बनाएको थियो ।

नेपाली युवा व्यवसायीहरुले संचालन गरेको प्रख्यात रेष्ट्रुरेण्ट क्याफे ६३, स्टेनली स्ट्रीटमा सम्पन्न उक्त कार्यक्रमा सुरज प्रधान, शिशिर कंडेल, निरज प्रधान लगायतका सेफहरुको टिमले विविध खालका स्वादिष्ट परिकारहरु पस्किएका थिए ।

अष्टेलियमा विविध पेशा र व्यवसायमा आवद्ध नेपालीहरुले कार्यक्रमलाई आपसी भेटघाट र मेलमिलाप थलोको रुपमा प्रयोग गरेका थिए । कार्यक्रमा क्युनस्फोर्ड कलेजका कमर्सीयल कुकरी विभागका प्रमुख स्टेफन फरलंगले नेपालीखानाका परिकार र कलात्मक प्रस्तुतीले आफु लोभीएको बताए । त्यस्तै गरी आयोजक सस्था टु टेवलका सेफहरु शिशिर कंडेल र सुरज प्रधानले परम्परागत नेपाली खानाको महत्व र त्यसको आधुनिक प्रस्तुतीको आवस्यकता र महत्वको बारेमा प्रकाश पारेका थिए । नेपाली खानालाई फ्युजन गरेर प्रस्तुत गर्दा यसको महत्व र अन्तराष्ट्रिय पहिचानमा सहयोग पुग्ने उनिहरुको धारणा थियो । यसै गरि युनिग्लोव विजनेश ग्रुपका निर्देशक उमेश खड्का र क्याफे ६३ का संचालक रोशन कंडेलले यस्तो कार्यक्रम अष्टेलियामानै पहिलो चोटी आयोजना गरिएको र अवका दिनमा यसलाई अझ विशाल, व्यवस्थित र भव्य रुपमा संचालन गर्नको लागि थप उर्जा प्रप्त भएको बताएका थिए ।

17199021_1390669904318977_465311865_n

साँझ साढे पाँच बजे देखि शुरु भएको सो कार्यक्रमा भुटेको तथा पोलेको मकै, मोही, मकैको रोटी, ट्राउट माछा, चुकौनी, काक्रा गुन्दु्रकको अचार, खसिको मासु कोदाको ढिडो र जुजुधौ दहि लगायतका परिकाहरुको व्यावस्था गरिएको थियो ।

कार्यक्रमा व्रिशवेन स्थित नेपाली शैक्षिक परामर्शदाताहरु, कलेज तथा विश्वविद्यालयका प्रतिनिधीहरु लगायत दुई सय भन्दा बढिको सहभागिता रहेको थियो । आयोजकले आगामी अप्रिलमा अष्ट्रेलियाको सिड्नीमा वृहत नेपाली खाना महोत्सवको आयोजना गरिने बताएका छन् ।

सम्बन्धित समाचार

अष्ट्रेलियामा बिभिन्न मनोरञ्जनात्मक कार्यक्रम सहित सुर्के थैली साँझ हुदैं

20562071_1035184113283972_22221013_n

अष्ट्रेलिया । नेपाली गीत संगीत लाई आजको दिन सम्म पुर्याउने सधैं नौलो र मिठो शब्द संगीत भर्न अब्बल सर्जक राजन…

अष्ट्रेलियाको पर्थमा नेपालीमाँझ जात्रा

jatra

गत शुक्रबार देखि अल नेपाल प्रदर्शनमा आएको चलचित्र ‘जात्रा ‘ले दर्शकको उच्च साथ पाएको छ । चलचित्रलाई समिक्षक तथा दर्शकहरुले…

अष्ट्रेलियामा बेजोड प्रस्तुतिको तयारीमा शिव परियार र अल्मोडा उप्रेती

musical night

नजिकिदै गरेका चाडवाडलाई मध्यनजर गर्दै अष्ट्रेलियाका बिभिन्न शहरहरुमा बृहत सांगीतिक कार्यक्रम म्युजिकल नाईट हुने भएको छ । म्युजिकल नाईटको सुरुवात…

संचारकर्मी देवकोटा भिक्टोरिया राज्यका लागि पर्यटनदूतमा नियुक्त

chiranjeevi-pp

सिड्नी । नेपाल पर्यटन बोर्ड नेपालले संचारकर्मी चिरञ्जीवी देवकोटालाई अस्ट्रेलियाको भिक्टोरिया राज्यको लागि अवैतनिक पर्यटनदुतमा नियुक्त गरेको छ । नेपालको…

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

मोटरसाइकले ठक्कर दिँदा एकको मृत्यु

भाइटीकाको उत्तम साइत ११ः५१ बजे

तिहारको चौंथो दिन गरियो गाई, गोरु, कृषक र गोवद्र्धन पूजा

बलात्कार गरेको आरोपमा एक पक्राउ

दुई सय ६५ जनामा स्क्रब टाइफस, १८ जनामा डेंगु रोगको संक्रमण