• |

‘हिमाली हावा’ किन्न पाईने ठाउं

Swiss-mountain-airएजेन्सी । यदी तपाईं स्वीटजरल्याण्ड पुग्नुभएको छ भने त्यहाँ सबैकुरा महंगो छ भन्ने कुरा थाहा होला । हुँदाहुँदा त्यहाँको हावासमेत महंगोमा बिक्री भइरहेको छ ।

हुनत त्यहाँको हावा निःशुल्क छछ । तर, यदी तपाईंले त्यहाँको हिमालको हावा अर्डर गर्नुभयो भने ठूलो रकम तिनुपर्ने हुन्छ । आल्पस् हिमश्रृंखलाबाट संकलन गरिएको उक्त हावालाई एक लिटरको डब्बामा संकलन गरेर बेचिन्छ । जसको लागि तपाईंले करिब १७ हजार नेपाली रुपैयाँ तिर्नुपर्ने हुन्छ ।

बासेलमा बसिरहेका बेलयाती एक्सपाट जोन ग्रिनले यो व्यवसाय शुरु गरेका हुन् । यो अनलाइन व्यवसायबाट उनले स्वीटजरल्याण्डको हावा विश्वभर बेची रहेका छन् । उनले उक्त हावा स्वीटजरल्याण्डको जरम्याट नामक गाउँको गोप्य स्थानबाट संकलन गरेको दाबी गर्छन् ।

हावाको बोतलमा हावा स्वीटजरल्याण्डकै भएको प्रमाणित गरिएको छ भने त्यहाँ जुन स्थानबाट हावा संकलन गरिएको हुन्छ त्यसको जिपिएस पनि उपलब्ध हुन्छ ।

यति महंगोमा सबैले हावा किन्न नसक्ने हुँदा उनले ९७ डलरमा ५ एमएलको बोतल पनि बेचिरहेका छन् । खर्च गर्न सक्नेहरुले २४७ डलरमा ३ लिटरको हावाको बोतल पनि किन्न सक्नेछन् ।

बेलायतको केन्टका बासिन्दा ग्रिनले हावालाई विश्वका विभिन्न ठाउँमा पुर्याउनुपर्ने भएकाले महंगो पर्ने बताउँछन् । उनी यो व्यवसाय क्षणिक नहोस् भन्नेमा पनि आफू सचेत रहेको बताउँछन् ।

यस व्यवसायबाट आर्जित नाफाको २५ प्रतिशत उनले वल्र्ड भिजन नामक च्यारिटीलाई पनि दान गर्छन् । वल्र्ड भिजनले अफ्रिकामा शुद्ध खानेपानीको क्षेत्रमा काम गरिरहेको छ ।

ग्रिनको यो योजना नयाँ भने होइन, यसअघि फ्रान्स, क्यानाडा, रसिया र चीनमा यो व्यवसाय धेरै अघि देखि नै शुरु भइसकेको छ ।

सम्बन्धित समाचार

जहां ६–७ वर्षको उमेरमा शारिरिक सम्बन्ध बनाउनका लागि तालिम दिईन्छ

trobriand

एजेन्सी ।  तपाईंलाई अचम्मका लाग्ला कि एउटा जनजाती यस्तो पनि छ जहाँका ६–७ बर्ष उमेरका बालबच्चाले सम्भोग गर्न थाल्छन् ।…

५४ किलो सुनको शौचालय

gold-toilet

एजेन्सी । राजा–महाराजा तथा धनाढ्यहरुको कल्पनामा रहने सुनको शौचालय सर्वसाधारणहरुका लागि समेत खुला भएको छ । न्युयोर्ककको सोलोमोन आर गुगेनहिम…

५५० बर्षदेखि ध्यानमग्न सन्त जस्को अझैपनि बढीरहन्छन् कपाल र नङ

vikshu

भारतको हिमाञ्चल प्रदेशमा ५५० बर्षदेखि एक स्तुपमा ध्यानमग्न महिलाको अझैपनि नङ र कपाल बढिरहने गरेको खवर सार्वजनिक भएको छ ।…

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

जनकपुरधाममा सीता–राम विवाह महोत्सवको रौनक

अज्ञात समूहद्वारा बम विस्फोट

लामखुट्टे मार्न विषादीयुक्त मालाथिनको धुवाँ

बजेट कार्यान्वयनमा समस्या

मोटरसाइकले ठक्कर दिँदा एकको मृत्यु