• |

नार्कोसीले ल्यायो भिडियो क्लिपिङ सेवा

अस्ट्रेलियामा स्थापित सूचना प्रविधिमा खोज तथा उत्पादन गर्ने संस्था बुनेशा इन्टरनेसनलद्वारा सञ्चालित नर्कोसी डटकमले आफ्नो स्थापनाको दोस्रो वर्ष सुरु हुँदा आफ्नो पछिल्लो उत्पादन सार्वजनिक गरेको छ । नार्कोसीले नेपाली भाषाको अनलाइन पत्रकारिताको प्रवर्द्धन गर्न यस वर्षदेखि नेपालको प्रेस काउन्सिलसँग अनलाइन क्लिपिङका लागि सहकार्य सुरु गरेको छ भने हालै नेपाली भाषाका श्रव्यदृश्य सामग्रीहरु सजिलै हेर्न सकिने प्रविधि तयार गरेको छ ।

http://www.narkosi.com/videos लिंकमा गएर भिडियोहरु हेर्न सकिनेछ । नार्कोसी डटकममा यसअघि नै नेपाली भाषाका रेडियोहरु समेत सुन्न सकिने व्यवस्था भइसकेको छ ।

विश्वभरमा अहिले करिव १ करोड नेपाली भाषीहरु इन्टरनेटको पहुँचमा भएको अनुमान छ । नार्कोसीको पहल ती १ करोड इन्टरनेट प्रयोगकर्ता नेपाली भाषीलार्इ नेपाली भाषाका भिडियो सामग्रीहरु सजिलै उपलब्ध गराउने प्रयास थालेको हो ।

नार्कोसी भिडियो क्लिपिङ सेवा

नार्कोसी भिडियो क्लिपिङ सेवा

नार्कोसी डटकमले गरेको एक तथ्यांक संकलनका क्रममा नेपाली भाषाका ३ सय ७० भन्दा बढी युट्युब भिडियो च्यानलहरु देखिएका छन् । प्रत्येक २४ घन्टामा युट्युबमा ३ सयभन्दा बढी नेपाली भाषाका भिडियो सामग्रीहरु अपलोड हुने गर्दछन् । नार्कोसी डटकमले आफ्ना उपभोक्ताहरुको सेवाका लागि युट्युबमा अपलोड भएका कुनै पनि भिडियोलार्इ १० मिनेटभन्दा कम समयमै उपलब्ध गराउँदछ । नार्कोसी डटकमको संग्रहमा हालसम्म ६० हजारभन्दा बढी नेपाली भाषाका भिडियोहरु संकलन भइसकेका छन् ।

नार्कोसी डटकमले नेपाली भाषाका युट्युब चानलहरुले प्रशारण गर्ने कार्यक्रमहरु विषयगत रुपमा प्रस्तुत गरेकाले दर्शक–श्रोताको समय बच्नुका साथै आफ्नो रुचिअनुशारका कार्यक्रम छान्न सकिने बुनेशा इन्टरनेसनलका सीर्इओ खेम शर्माले जनाएका छन् ।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

विवादका कारण भक्तपुर क्षेत्र नं २ मा मतगणना शुरु हुन सकेन

काठमाण्डौँ क्षेत्र नं ५ मा पोखरेल अगाडि

मतपेटिकालाई लक्षित गरी दुईवटा बम विस्फोटन

प्रकाशमान सिंहलाई कडा टक्कर दिदैं रविन्द्र मिश्र

मोरङमा मतगणना शुरु