• |

अस्ट्रेलियामा मुसलधारे वर्षा र बाढीका कारण उद्धारमा कठिनाई

c24e2c76ac69c5ee036ed7fe6f99d34cअस्ट्रेलिया,१८ चैत । तूफानद्वारा भद्रगोल बनेको उत्तरपूर्वी अस्ट्रेलियामा उद्धारका लागि खटिएका सुरक्षाकर्मी र स्थानीय उद्धारकर्मीका समूहलाई उद्धार कार्यमा खट्न लगातारको वर्षा र बाढीका कारण कठिनाई भएको यहाँको प्रहरीले बताएको छ ।

गत मङ्गलबार डेवी नामको तूफान आउँदा क्वीन्सल्यान्ड राज्यको वोवेन र एअरलीबीच बीचको क्षेत्रमा रुखहरु लडेका, डुङ्गाहरु बगेका र व्यापक क्षति पुगेको थियो ।

सिड्नीबाट पूर्वमा अवस्थित सामुद्रिक तटमा आँधीपछि लगातार वर्षा भएको र यसका कारण कटिपय नदीकिनारमा रहेका बस्तीहरु समेत जलमग्न भएका छन् ।

आँधीपछि परेको वर्षाले क्वीन्सल्यान्डको राजधानी ब्रिसवनमा औसत एक महिनामा पर्ने वर्षाभन्दा बढी रहेको पाइएको अस्ट्रेलियाली मौसमविद्ले जनाएका छन् ।

आँधी र मुसलधारे वर्षाका कारण क्वीन्सल्यान्डका मनोरञ्जन पार्क र तटक्षेत्रलाई बन्द गरिएको छ ।

क्वीन्सल्यान्ड धेरै ठूलो राज्य भएको र विशाल मौसमी अवस्थाका कारण राज्यका धेरै क्षेत्रमा अस्तव्यस्त बनेको क्वीन्सल्यान्डका प्रधानमन्त्री अनास्टासिया पालास्नुकले बताए ।

क्वीन्सल्यान्डका अधिकारीले तटीय क्षेत्र वरपर समुद्रबाट आएका सार्क(खतरनाक शिकारी माछा) लाई धपाइएको बताउँदै विस्तारै पानीमा झरी सुरक्षित स्थलतिर लाग्न अनुरोध गरेका छन् ।

आँधी र वर्षाका कारण कसैको मृत्यु भएका खबर भने समाचार तयार पार्दासम्म आएको छैन । आँधी र मुसलधारे वर्षापछि आएको बाढीका कारण हजारौँ मानिस बस्ती छाडेर उच्च क्षेत्रमा शरण लिन पुगेका छन् ।

अस्ट्रेलियाको सेनाले आँधीले खडा गरेका अवरोध हटाउन ठूलो सङ्ख्यामा सैनिकलाई परिचालित गरेको छ ।

सम्बन्धित समाचार

अष्ट्रेलियामा बिभिन्न मनोरञ्जनात्मक कार्यक्रम सहित सुर्के थैली साँझ हुदैं

20562071_1035184113283972_22221013_n

अष्ट्रेलिया । नेपाली गीत संगीत लाई आजको दिन सम्म पुर्याउने सधैं नौलो र मिठो शब्द संगीत भर्न अब्बल सर्जक राजन…

तामाङ सोसाइटी सिड्नीद्धारा बनभोज तथा बिभिद मनोरजनात्मक कार्यक्रमको आयोजना

sydney

सिड्नी, २० असार । तामाङ सोसाइटी अफ यन यस् डब्लु सिड्नीद्धारा यही जुलाई १५ मा सिड्नीमा बनभोज (पिकनिक) तथा बिभिद…

एनआरएन अष्ट्रेलियाको महासचिवमा नारायण कोइरालाको उमेदवारी घोषणा

NRN-600x500

ब्रिसबेन, १८ जेठ । गैरआवासीय नेपाली संघ अष्ट्रेलियाको आगामी कार्यकालको लागि महासचिवमा नारायण कोइरालाले उमेदवारी घोषणा गरेका छन् । अध्यक्ष…

सिड्नीका रेल स्टेशन खतरापूर्ण बन्दै

maxresdefault

सिड्नी, ८ बैशाख । अस्ट्रेलियाका मुख्य सहरहरुमा निकै भिडभाड हुने गर्दछ ।त्यही भिडभाडको कारण अस्ट्रेलियाको सिड्नीमा रहेका रेल स्टेशनहरु खतरापूर्ण…

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

मोटरसाइकले ठक्कर दिँदा एकको मृत्यु

भाइटीकाको उत्तम साइत ११ः५१ बजे

तिहारको चौंथो दिन गरियो गाई, गोरु, कृषक र गोवद्र्धन पूजा

बलात्कार गरेको आरोपमा एक पक्राउ

दुई सय ६५ जनामा स्क्रब टाइफस, १८ जनामा डेंगु रोगको संक्रमण