• |

२८ वर्षे युवकले गरे ८२ वर्षीयासँग वृद्धा विवाह

15-1489587373-2एजेन्सी । तपाईंले थुप्रै पटक मानिसको मुखबाट ‘प्रेम अन्धो हुन्छ’ भन्ने वाक्य सुन्नुभएको होला । प्रेममा पर्ने मानिसहरु एकअर्काको प्रेमबाहेक केही पनि सोच्दैनन् । उनीहरु न त उमेर हेर्छन् न रुप नै । यस्तै केही भएको छ २८ वर्षका सोफयां लोहो डानडेलसँग ।

२८ का बेहुला, बेहुली ८२ वर्ष

सोफयां इन्डोनेसियामा बस्छन् । २८ वर्षका यी युवक प्रेममा परे । प्रेम ती महिलाको आवाजमार्फत भयो जसको फोन उनलाई गलत नम्बरमार्फत आएको थियो । तर सोफयांलाई उक्त आवाज यति मन पर्यो कि उनले त्यो नम्बरलाई सेभ गरे । फोन मार्था पोटूको थियो जसले गल्तीपूर्वक सोफयांलाई फोन गरेकी थिईन् । मार्था ८२ वर्षका विधवा महिला थिइन् जो आफ्नो घरमा एक्लै बस्थिन् । सोफयांले त्यसै नम्बरमा दोस्रोपटक फोन गरे र त्यसपछि दुबैबिच कुराकानी हुन थाल्यो । यी युवकलाई थाहा थिएन कि त्यो मधुर आवाज भएकी महिला उनको उमेरको नभई आफ्नी हजुरआमाको उमेरकी हुन् । फोनमा यी दुईको निकै दिनसम्म कुराकानी भइरह्यो ।

फोनमार्फत सुरु भयो प्रेम :

निकै दिनसम्म फोनमा कुरा भएपछि दुबैले भेट्ने निर्णय गरे । सोफयांले मार्थासँग उनको घरको ठेगाना मागे । मार्थाले पनि मनमनै उनलाई मन पराउन थालिसकेकी थिइन् त्यसकारण घरको ठेगाना दिइन् ।

15-1489587412-3

मार्थालाई देखेर दंग :

मार्थालाई भेट्न उनी उनको घर गए । उनले घरको ढोका ढक्ढकाउँदा एक वृद्ध महिलाले ढोका खोलिन् । सोफयांले आफू मार्थालाई भेट्न आएको बताए । उनले सोचेका पनि थिएनन कि ढोका खोल्ने ती वृद्ध महिला नै मार्था हुन् । पछि उनले आफू नै मार्था भएको बताइन् । उनलाई देखेर सोफयां दंग भए । उनलाई विश्वास भएको थिएन कि यतिका दिनसम्म जोसँग कुरा गरिरहेका थिए ती ८२ वर्षकी एक वृद्ध महिला हुन् ।

वास्तविक प्रेम :

सोफयां ८२ वर्षकी मार्थालाई देखेर अश्चर्यचकित भए तर आफू एक अर्कासँग वास्तविक प्रेम भएकाले सोफयांले बिना कुनै संकोच मार्थालाई विवाहको प्रस्ताव राखे । यो प्रस्ताव देखेर मार्था दंग भइन् र प्रस्ताव मंजुर गरिन् । दुबैले एक अर्कासँग विवाह गरे ।

सम्बन्धित समाचार

नेपाली आकाशमा वैशाखमा दुईवटा उल्का वर्षाको रमाइलो दृश्य देख्न पाइने

download (12)

काठमाडौँ, ८ वैशाख । मौसमले साथ दिएको खण्डमा वैशाख महिनामा नेपाली आकाशमा दुईवटा उल्का वर्षाको रमाइलो दृश्य देख्न पाइनेछ ।…

लोकमानको घरमा म्याद टाँस्न गएका सर्वोच्चको टोलीमाथि अवरोध

lok-man-karki

काठमाडौं, १ कात्तिक । अख्तियार प्रमुख लोकमान सिंह कार्कीको घरमा म्याद टाँस्न पुगेको टोली आज पनि म्याद नटाँसी फर्केको छ…

प्रधानमन्त्री प्रचण्ड आज स्वदेश फर्कदै

prachanda-1

काठमाडौं, १ कात्तिक । भारतको गोवामा सम्पन्न ब्रिक्स सम्मेलनमा सहभागी भई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज स्वदेश फर्कदै छन् ।…

भारतीयको माया जालमा परिन् निर्वाचन आयुक्त इला शर्मा

quraishi-ela-sherma

काठमाडौँ, २० असोज । निर्वाचन आयुक्त इला शर्मा प्रेममा परेकि छिन् । शर्मा भारतका पूर्व प्रमुख निर्वाचन आयुक्त एसवाइ कुरेशीसँग…

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

जनकपुरधाममा सीता–राम विवाह महोत्सवको रौनक

अज्ञात समूहद्वारा बम विस्फोट

लामखुट्टे मार्न विषादीयुक्त मालाथिनको धुवाँ

बजेट कार्यान्वयनमा समस्या

मोटरसाइकले ठक्कर दिँदा एकको मृत्यु