• |

नेपाली आकाशमा वैशाखमा दुईवटा उल्का वर्षाको रमाइलो दृश्य देख्न पाइने

download (12)काठमाडौँ, ८ वैशाख । मौसमले साथ दिएको खण्डमा वैशाख महिनामा नेपाली आकाशमा दुईवटा उल्का वर्षाको रमाइलो दृश्य देख्न पाइनेछ । वैशाखमा हेर्न नसकिए यस्तो दृश्य हेर्नलाई कार्तिक महिनासम्म कुर्नुपर्ने छ ।

नेपाल इस्ट्रोनोमिकल सोसाईटीका अध्यक्ष सुरेश भट्टराईका अनुसार वैशाख ५ गतेदेखि सक्रिय भएको वीणा उल्का वर्षा (लाइरिड मिटियोर सावर) वैशाख १२ गतेसम्म सक्रिय रहनेछ । वैशाख ९ गते ९ः४५ बजे अत्यधिक सक्रिय हुनेछ । अत्यधिक सक्रियताको समयमा प्रतिघन्टा १५:२० वटा उल्का खसेको देख्न सकिनेछ । वैशाख १३ गते औशी परेकोले यस वर्षको उल्का वैशाख ९ गते राति ९ः४५ बजेदेखि २ः४५ बजेसम्म हेर्दा उत्तम हुने अध्यक्ष भट्टराई बताउँछन् ।

थ्याचर नामक पुच्छ्रेताराले छोडेका धुलोको कण पृथ्वीको वायुमण्डलमा घर्षण भई जलेर नस्ट हुँदा सो उल्का वर्षा देखिने गर्दछ । थ्याचर पुछ्रेताराले सूर्यको एक फन्को लगाउन ४१५ वर्ष लगाउँदछ ।

अध्यक्ष भट्टराईका अनुसार वैशाख २३ गते कुम्भ उल्का वर्षा (एटा एक्वारिड मिटियोर सावर) हुंदैछ । उक्त दिन दक्षिणी गोलाद्र्धबाट प्रतिघन्टा ५५ वटाभन्दा बढी उल्का देखिने भएपनि नेपालबाट १० देखि ३० वटासम्म देख्न सकिनेछ । हेली नामक पुच्छ्रेताराले छोडेका धुलोको कण पृथ्वीको वायुमण्डलमा घर्षण भई जलेर नस्ट हुँदा सो उल्का वर्षा देखिने गर्दछ । हेली पुच्छ्रेताराले सूर्यको एक फन्को लगाउन ७६ वर्ष लगाउँदछ ।

पुच्छ्रेतारा वा धुम्केतुहरुले सूर्यलाई परिक्रमा गर्ने क्रममा आफ्नो कक्षमा धुलोको कण छोड्ने गर्छन जुन लाखाँै किलोमीटरसम्म फैलिन सक्छन । यसरी फैलिएका धुलोको कणले सूर्यलाई परिक्रमा गरिरहेको हुन्छ । परिक्रमा गर्ने क्रममा धुलाको कण पृथ्वीको वायुमण्डलमा ठोक्किँदा उल्का देखिन्छ । यस्तो दृश्यमा १० वा सोभन्दा बढी उल्का देखिएमा त्यस्तो घटनालाई उल्का वर्षा भन्ने गरिन्छ ।

सम्बन्धित समाचार

२८ वर्षे युवकले गरे ८२ वर्षीयासँग वृद्धा विवाह

15-1489587373-2

एजेन्सी । तपाईंले थुप्रै पटक मानिसको मुखबाट ‘प्रेम अन्धो हुन्छ’ भन्ने वाक्य सुन्नुभएको होला । प्रेममा पर्ने मानिसहरु एकअर्काको प्रेमबाहेक…

लोकमानको घरमा म्याद टाँस्न गएका सर्वोच्चको टोलीमाथि अवरोध

lok-man-karki

काठमाडौं, १ कात्तिक । अख्तियार प्रमुख लोकमान सिंह कार्कीको घरमा म्याद टाँस्न पुगेको टोली आज पनि म्याद नटाँसी फर्केको छ…

प्रधानमन्त्री प्रचण्ड आज स्वदेश फर्कदै

prachanda-1

काठमाडौं, १ कात्तिक । भारतको गोवामा सम्पन्न ब्रिक्स सम्मेलनमा सहभागी भई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज स्वदेश फर्कदै छन् ।…

भारतीयको माया जालमा परिन् निर्वाचन आयुक्त इला शर्मा

quraishi-ela-sherma

काठमाडौँ, २० असोज । निर्वाचन आयुक्त इला शर्मा प्रेममा परेकि छिन् । शर्मा भारतका पूर्व प्रमुख निर्वाचन आयुक्त एसवाइ कुरेशीसँग…

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

जनकपुरधाममा सीता–राम विवाह महोत्सवको रौनक

अज्ञात समूहद्वारा बम विस्फोट

लामखुट्टे मार्न विषादीयुक्त मालाथिनको धुवाँ

बजेट कार्यान्वयनमा समस्या

मोटरसाइकले ठक्कर दिँदा एकको मृत्यु