• |

एनआरएन अष्ट्रेलियाको महासचिवमा नारायण कोइरालाको उमेदवारी घोषणा

NRN-600x500

ब्रिसबेन, १८ जेठ । गैरआवासीय नेपाली संघ अष्ट्रेलियाको आगामी कार्यकालको लागि महासचिवमा नारायण कोइरालाले उमेदवारी घोषणा गरेका छन् । अध्यक्ष पदमा उमेदवारी दिने घोषणा गरिसकेका टोनु घोताने पनि कोईरालालाई शुभकामना दिन उक्त कार्यक्रममा उपस्थित भएका थिए ।

यसैगरी उम्मेद्वारी घोषणा कार्यक्रममा शुभकामना दिनका लागि आईसीसी सदस्य ईश्वर कुईकेल, एनसीसी सदस्य डा. देवराज पौडेल पनि पुगेका थिए ।

कार्यक्रममा बोल्दै महासचिवको रुपमा उमेदवारी दिने घोषणा गरेका वर्तमान एनआरएन अष्ट्रेलियाका सल्लाहकार नारायण कोइरालाले सन् २००५ देखि आबद्ध रहेर विभिन्न तहमा रही आफुले संस्थामा योगदान दिएको बताए ।

उनले नेप्लीज एशोसिएसन अफ क्वीन्सल्याण्डको सचिव र अध्यक्ष समेत भएर नेपाली समूदायको सेवा गरेको अनुभव रहेको बताए । विभिन्न संघसंस्थामा काम गर्दा अहिलेसम्म प्रतिस्पर्धामा उभिनु नपरेको भन्दै कोइरालाले यस पटकको निर्वाचनलाई व्यवहारिक पक्ष हो भनेर बुझिदिन पनि सबैमा आग्रह गरे ।

एनआरएन अष्ट्रेलियाले नेपालमा भूकम्प आएको बेला खेलेको भूमिकाको सबैले प्रशंसा गरेको बताउँदै उनले भने, एनआरएनको अपरिहार्यताको बारेमा कुनै दुईमत छैन । यसको उचाईलाई कायम राख्ने र अझ अघि बढाउने दायित्व हाम्रो हो ।

यसैगरी क्वीन्सल्याण्ड संयोजक एवं उपाध्यक्ष पदमा सन्तोष कुँवरले पनि आफ्नो उम्मेद्वारी घोषणा गरेका छन् । कार्यक्रममा बोल्दै उनले व्यक्तिगत समय खर्चिएर समूदायका लागि केही गर्छु भनी अघि आउने सबैको प्रशंसा गर्दै मिलेर टिमवर्कको रुपमा काम गर्न सके पक्कै पनि सफलता प्राप्त हुने आफ्नो विश्वास रहेको बताए ।

क्वीन्सल्याण्ड राज्य समितिको सचिवको रुपमा कार्यरत रहँदा आफ्नो क्रियाशीलतालाई हेरेर नै अग्रजहरुले संयोजकको रुपमा अघि बढ्न दिएको सुझाव अनुसार आफुले उपाध्यक्ष पदमा उम्मेद्वारी दिने निर्णय गरेको कुँवरको भनाई छ ।

कार्यक्रममा अध्यक्ष पदको निम्ति उम्मेद्वारी घोषणा गरिसकेका वर्तमान महासचिव टोनु घोतानेले विश्वको ७० भन्दा बढी देशमा फैलिएको अन्तर्राष्ट्रिय संगठन भएको कारण विश्वभरिको सञ्जालसँग जोड्दै अष्ट्रेलियावासी नेपालीको हितमा काम गर्नुपर्ने बताए ।

सम्बन्धित समाचार

अष्ट्रेलियामा बिभिन्न मनोरञ्जनात्मक कार्यक्रम सहित सुर्के थैली साँझ हुदैं

20562071_1035184113283972_22221013_n

अष्ट्रेलिया । नेपाली गीत संगीत लाई आजको दिन सम्म पुर्याउने सधैं नौलो र मिठो शब्द संगीत भर्न अब्बल सर्जक राजन…

तामाङ सोसाइटी सिड्नीद्धारा बनभोज तथा बिभिद मनोरजनात्मक कार्यक्रमको आयोजना

sydney

सिड्नी, २० असार । तामाङ सोसाइटी अफ यन यस् डब्लु सिड्नीद्धारा यही जुलाई १५ मा सिड्नीमा बनभोज (पिकनिक) तथा बिभिद…

सिड्नीका रेल स्टेशन खतरापूर्ण बन्दै

maxresdefault

सिड्नी, ८ बैशाख । अस्ट्रेलियाका मुख्य सहरहरुमा निकै भिडभाड हुने गर्दछ ।त्यही भिडभाडको कारण अस्ट्रेलियाको सिड्नीमा रहेका रेल स्टेशनहरु खतरापूर्ण…

अस्ट्रेलियामा मुसलधारे वर्षा र बाढीका कारण उद्धारमा कठिनाई

c24e2c76ac69c5ee036ed7fe6f99d34c

अस्ट्रेलिया,१८ चैत । तूफानद्वारा भद्रगोल बनेको उत्तरपूर्वी अस्ट्रेलियामा उद्धारका लागि खटिएका सुरक्षाकर्मी र स्थानीय उद्धारकर्मीका समूहलाई उद्धार कार्यमा खट्न लगातारको…

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

बलात्कार गरेको आरोपमा एक पक्राउ

दुई सय ६५ जनामा स्क्रब टाइफस, १८ जनामा डेंगु रोगको संक्रमण

यमपञ्चकको दोस्रो दिन आज कुकुर तिहार

चितवनमा मतदाता संख्या तीन लाख ५४ हजार

स्वास्थ्य संस्थाको चल र अचल सम्पत्ति अब स्थानीय तह मातहतलाई जिम्मा