• |

प्रधानमन्त्री देउवा सहित उपप्रधानमन्त्रीले लिए शपथ

title-deubea_HsTPPj4ggC

काठमाण्डौँ, २४ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवालाई राष्ट्रपति कार्यालयमा आज आयोजित विशेसमारोहमा पद तथा गोपनीयताको शपथ गराईन् ।

व्यवस्थापिका–संसद्बाट मङ्गलबार नेपाली काँग्रेसका सभापति एवम् संसदीय दलका नेता देउवा चौंथो पटक प्रधानमन्त्री निर्वाचित भएका हुन् । उनले कुल उपस्थित ५५८ मतमध्ये ३८८ मत प्राप्त गरेका थिए ।

यसअघि उनि विसं २०५२ भदौ २७ गते पहिलो पटक प्रधानमन्त्री बनेका थिए । यसपछि २०५८ साउन ११ गते दोस्रो पटक र २०६१ साल जेठ २० गते तेस्रो पटक उनि प्रधानमन्त्री बनेका थिए ।

नवनिर्वाचित प्रधानमन्त्री देउवाले ईश्वर, देश र जनताको नाममा शपथ लिएका हुन् । विशेष समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कामु प्रधानन्यायाधीश गोपाल पराजुली, सभामुख ओनसरी घर्ती, प्रमुख प्रतिपक्षी दल नेकपा ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीलगायत उपस्थित थिए ।

यसैगरी, पूर्व प्रधानमन्त्री, पूर्व उपप्रधानमन्त्री एवम् मन्त्रीहरू, संवैैधानिक निकायका प्रमुख, तीनवटै सुरक्षा निकायका प्रमुख, उच्च पदस्थ कर्मचारी, नेपालस्थित कूटनीतिक निकायका प्रमुख तथा प्रतिनिधि, विभिन्न राजनीतिक दलका नेता, पत्रकार, उद्योगी तथा व्यवसायी सो समारोहमा उपस्थित थिए ।शपथ ग्रहणपछि उपस्थित विशिष्ट व्यक्तिहरुले प्रधानमन्त्री देउवालाई बधाई दिएका थिए ।

यस्तै, राष्ट्रपति भण्डारीले आजै तीन उपप्रधानमन्त्रीलाई पनि पद तथा गोपनीयताको शपथ गराईन् । फोरम लोकतान्त्रिक नेपालका अध्यक्ष विजयकुमार गच्छदारले उपप्रधानसहित सङ्घीय मामिला तथा स्थानीय विकास, नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले उपप्रधानसहित परराष्ट्र र काँग्रेस नेता गोपालमान श्रेष्ठले उपप्रधानसहित शिक्षा मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

यसैगरी, काँग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले अर्थ, माओवादी नेता जनार्दन शर्माले गृह, काँग्रेसका फरमुल्हा मन्सुरले श्रम तथा रोजगार र माओवादीकै प्रभु साहले बिना विभागीय मन्त्रीको कार्यभार सम्हाल्ने छन् ।

नवनियुक्त उपप्रधान तथा मन्त्रीहरुलाई नेपालको संविधान २०७३ अनुसार राष्ट्रपति भण्डारीले गोपनीयताको शपथ गराईन् ।

सम्बन्धित समाचार

जमुना घलेलाई भारी मत अन्तरले हराउँदै एनआरएनए अध्यक्षमा भट्ट विजयी

xBhaban-Bhatta1-17102017022504-1000x0.jpg.pagespeed.ic.KECtO2B-CN

काठमाण्डौँ, ३१ असोज । गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा भवन भट्ट विजयी भएका छन् । काठमाण्डौँमा जारी आठौं विश्व…

घरघरमा आज फूलपाती भित्र्याइँदै

1462533709

काठमाडौँ, ११ असोज । बडादशैँअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिन मनाइने फूलपाती आज घरघरमा भित्र्याइँदैछ । घटस्थापनाका दिनदेखि विधिपूर्वक दुर्गालाई आह्वान…

तीजको अवसरमा पाशुपत क्षेत्रमा बिहानैदेखि भक्तजनको भीड

Haritalika_Teej_Festival_-1

काठमाण्डौँ, ८ भदौ । हरितालिका (तीज) का अवसरमा आज बिहान ३ बजेदेखि नै पशुपतिनाथ मन्दिरमा भक्तजनको भीड लागेको छ ।भक्तजन…

संविधानले पूर्णता नपाए देश दुर्घटनातर्फ जानसक्छ : देउवा

ser-bahadur-deuwa2-1

  चितवन, २९ मंसिर । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संविधान कार्यान्वयन हुन नसके देशमा जे पनि हुनसक्ने भएकाले पुरानै…

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

बलात्कार गरेको आरोपमा एक पक्राउ

दुई सय ६५ जनामा स्क्रब टाइफस, १८ जनामा डेंगु रोगको संक्रमण

यमपञ्चकको दोस्रो दिन आज कुकुर तिहार

चितवनमा मतदाता संख्या तीन लाख ५४ हजार

स्वास्थ्य संस्थाको चल र अचल सम्पत्ति अब स्थानीय तह मातहतलाई जिम्मा