• |

श्रीलङ्काले लुम्बिनीको विकासमा सहयोग गर्छ : राजदूत पेरेरा

ws-perera..

काठमाण्डौँ, २८ जेठ । नेपालका लागि श्रीलङ्काका राजदूत डब्लु एस पेरेराले सामाजिक न्याय तथा सहअस्तित्वका लागि बुद्ध दर्शन तथा साहित्यको महत्व रहेको बताईन्  ।

सम्राट अशोकले श्रीलङ्कामा धर्मदूत पठाएको स्मरणमा महाराजगन्जस्थित राजदूतावासमा शनिबार साँझ आयोजित ‘विशेष बुद्ध पूजा’ कार्यक्रममा उनले विश्व शान्ति कायम राख्न बुद्धले दिएका उपदेशको पालना गर्नुपर्नेमा जोड दिँदै बुद्ध धर्मका कारणले नेपाल र श्रीलङ्काबीच बलियो सम्बन्ध रहेको  बताईन् ।

ठूलो नरसंहार गरेर सम्राट भएका अशोकले बुद्ध दर्शनलाई अवलम्बन गरी एसियाका विभिन्न मुलुकमा प्रवद्र्धन गरेका कारण बौद्ध साहित्यमा उनको परिचय आउने गरेको बताउँदै श्रीलङ्काले लुम्बिनीको विकासका लागि सहयोग गर्ने प्रतिबद्धता जनाए । उनले इपू तेस्रो शताब्दीमा अशोकका छोरा महिन्द्रले श्रीलङ्कामा बुद्ध दर्शन तथा साहित्यको प्रचार गरेको जानकारी बताईन् ।

अखिल नेपाल भिक्षु महासङ्घका अध्यक्ष भिक्षु मैत्रीले पञ्चशीलको प्रार्थना गर्दै बुद्ध दर्शनको विकास तथा साहित्यलाई अशोकले प्रवद्र्धन गर्नुका साथै लुम्बिनीमा अशोकस्तम्भ गाडेकाले बुद्धको जन्मस्थलकाबारेमा विवाद गर्न नहुने बताईन् ।

चारुमति बौद्ध विहारका प्रमुख भिक्षु तपस्सी धम्मले विशेष बुद्ध पूजा गर्दै बौद्ध दर्शन तथा उपदेश प्रचारका लागि तत्कालीन नेपाल मण्डलका साथै श्रीलङ्का, बर्मा, थाइल्यान्डलगायत विभिन्न मुलुकमा आफ्ना छोराछोरी तथा विश्वासिला दूत पठाएको जानकारी गराए । प्रत्येक वर्ष जेठ पूर्णिमाको अवसरमा दूतावासले यस किसिमको पूजा गर्ने गर्छ ।

सम्बन्धित समाचार

संयुक्त राष्ट्रसंघकोे ७२औँ महासभामा मानव अधिकार परिषद्मा नेपाल निर्वाचित

Nepal-Flag

वाशिङ्टन डिसी, ३१ असोज । संयुक्त राष्ट्रसंघकोे ७२औँ महासभाले मानव अधिकार परिषद्मा नेपाललाई पनि निर्वाचित गरेको छ । विभिन्न देशका…

उपप्रधानमन्त्रीद्वारा नेपालको महावाणिज्य दूतावास कार्यालयको उद्घाटन

Krishna_Bdr_Mahara

काठमाण्डौँ, २५ भदौ । उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले चीनको ग्वान्जाओस्थित नेपालको महावाणिज्य दूतावास कार्यालयको आज उद्घाटन गरे । परराष्ट्रमन्त्री…

हरितालिका तीजका अवसरमा राष्ट्रपतिद्धारा शुभकामना

bidhya_bhandari_crop1446045468031.jpg_1718483346

काठमाण्डौँ, ८ भदौ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली महिलाहरुको महान् चाड हरितालिका तीजका अवसरमा स्वदेश र विदेशमा रहेका सम्पूर्ण नेपालीमा…

प्रधानमन्त्री देउवा आज नयाँ दिल्ली प्रस्थान

प्रधानमन्त्री_देउवा_दिल्ली_प्रस्थान__फोटोफिचर_8015

काठमाण्डौँ, ७ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवा भारतको पाँच दिवसीय राजकीय भ्रमणका लागि आज नयाँ दिल्लीतर्फ प्रस्थान गरेका छन् ।…

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

बलात्कार गरेको आरोपमा एक पक्राउ

दुई सय ६५ जनामा स्क्रब टाइफस, १८ जनामा डेंगु रोगको संक्रमण

यमपञ्चकको दोस्रो दिन आज कुकुर तिहार

चितवनमा मतदाता संख्या तीन लाख ५४ हजार

स्वास्थ्य संस्थाको चल र अचल सम्पत्ति अब स्थानीय तह मातहतलाई जिम्मा