• |

‘एलजी सिने अवार्ड–२०७४’मा ‘जात्रा’उत्कृष्ट चलचित्र अवार्ड हात सफल

lgl

काठमाण्डौं । विपीन कार्की र वर्षा राउत उत्कृष्ट अभिनेता अभिनेत्री घोषित भएको ‘एलजी सिने अवार्ड–२०७४’मा ‘जात्रा’ले उत्कृष्ट चलचित्र अवार्ड हात पारेको छ । बिपिन र बर्षाले पनि यहि चलचित्रबाट अवार्ड थापे ।

सोमबार राजधानीको सैनिक अफिसर्स क्लबमा सिने सर्कल नेपालले आयोजना गरेको सो अवार्ड समारोहमा ‘जात्रा’बाटै उत्कृष्ट निर्देशक र उत्कृष्ट पटकथाको अवार्ड प्रदीप भट्टराईले हात पारे ।

दुई दर्जन विधामा अवार्ड प्रदान गरिएको हो । समारोहमा वर्षको लोकप्रिय ‘छक्कापन्जा’बाट दीपकराज गिरी र लोकप्रिय अभिनेत्री यसै चलचित्रबाट प्रियंका कार्की घोषित भए । वर्षको उत्कृष्ट अभिनेता अभिनेत्री जोडीको अवार्ड भने पुरानो डुंगाबाट मेनुका प्रधान र माओत्से गुरुङले जिते ।

समारोहमा उत्कृष्ट चलचित्र पाश्र्व गायक युवराज चौलागाईंले, चलचित्र पाश्र्व गायिका मीना निरौलाले, उत्कृष्ट संगीतकारको अवार्ड कालिप्रसाद बास्कोटा, उत्कृष्ट नृत्य निर्देशकको अवार्ड कविराज गहतराजले, उत्कृष्ट चलचित्र सम्पादक अर्जुन जीसीले, उत्कृष्ट पाश्र्वसंगीत शैलेश श्रेष्ठले, उत्कृष्ट छाँयाकार दीर्घ गुरुङले, द्वन्द्व निर्देशन (संयोजन) हिमाल केसीले प्राप्त गरे ।

सीपी र मालालाई सम्मान
निजी क्षेत्रबाट निर्माण भएको पहिलो नेपाली चलचित्र ‘माइतीघर’का अभिनेता सीपी लोहनी र अभिनेत्री माला सिन्हालाई सम्मान गरिएको छ ।

‘एलजी सिने अवार्ड–२०७४’मा दुबैलाई सम्मान गरिएको हो । कार्यक्रममा उपराष्ट्रपति नन्दबहादु पुन, चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरी, अग्रज कलाकार मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, प्रधान सेनापति राजेन्द्र क्षत्रीलगायतले सीपी र मालालाई सम्मान प्रदान गरे ।

यस्तै माइतीघरका गीतकार किरण खरेल, यादव खरेल, निर्माण संयोजक गेहेन्द्र धिमाल, कलाकार चैतेदेवी, टीकाभूषण दाहाल, वसन्त श्रेष्ठ, गायक प्रेमध्वज प्रधान सहितलाई पनि कार्यक्रममा सम्मान गरियो ।
नेपाली चलचित्रमा द्वन्द्व निर्देशक भएर तीन दशकभन्दा लामो समय देखि कार्यरत एनबी महर्जनलाई ५० हजार रुपैयाँसहित ‘लाइफटाइम एचिभमेन्ट अवार्ड’पनि कार्यक्रममा दिइयो ।

सम्मानले नेपाली चलचित्रकर्मीलाई प्रोत्साहन मिल्नुका साथै चलचित्रको विकासमा मद्दत पुग्ने उपराष्ट्रपति पुनले बताए ।

उहिलेको चलचित्र ‘माइतीघर’बाट नेपालमा यतिबेला आफूलाई सम्मान गर्दा अति खुसी लागेको अभिनेत्री माला सिन्हाले बताइन् ।

सने सर्कलका अध्यक्ष दिनेश डीसीले चलचित्रको पर्दा अगाडि र पछाडि रहेर काम गर्नेहरूको सम्मानका लागि गतवर्षबाट यो अवार्ड प्रदान गरिँदै आएको बताए ।

सम्बन्धित समाचार

अभिनेत्री मनिषा कोइराला ४७ बर्षमा प्रवेश

यस्तो_छ_अभिनेत्री_मनिषा_कोइरालाको_रंगिन_यात्रादेखि_क्यानसरसम्मको_भित्री_रहस्य8926

काठमाण्डौं । नेपाली मुलकी बलिउड अभिनेत्री मनिषा कोइराला ४७ बर्ष पुगेकी छन् । उनी ४६ पुरा गरेर ४७ लागेकी हुन्…

नेपाली फिल्म ‘लस्ट एण्ड फाउण्ड’ले बेस्ट आउटस्टाण्डीङ्ग प्रेजेन्टेसन अवार्ड हात पार्न सफल

TIFDF04_tjhvhRnPBz

काठमाण्डौं । थाईल्याण्ड ईन्टरनेशनल फिल्म डेस्टिनेसन फेस्टिवलमा नेपाली फिल्म ‘लस्ट एण्ड फाउण्ड’ले बेस्ट आउटस्टाण्डीङ्ग प्रेजेन्टेसनको अवार्ड हात पारेको छ ।…

अष्ट्रेलिया मा बस्ने गायक दिल तामाङ ले ल्याए ह्रदयास्पर्शी म्युजिक भिडियो (भिडियो सहित)

20503783_1032331896902527_1531845142_n

अष्ट्रेलिया । अष्ट्रेलिया मा बस्ने गायक दिल तामाङको ह्रदयास्पर्शी म्युजिक भिडियो ( Youtube) मा सार्वजनिक भएको छ । सागर को…

राजधानीमा ११ औं इजरायली फिल्म फेस्टिभल

11th_Israeli_Film_Festival-21062017085030-1000x0

काठमाण्डौं । ११ औं ईजरायली फिल्म फेस्टिभल राजधानीमा सुरु भएको छ । मंगलबार व्यवस्थापिका संसदका सभामुख अंसारी घर्तीमगरले उट्घाटन गरेको…

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

दुर्घटना न्यूनीकरण गर्न रिफ्लेक्टर स्टिकर

प्रदेश नं १का प्रदेशसभा सदस्यको शपथ

क्याफे गफ दोश्रो संस्करण भाग-१

विवादका कारण भक्तपुर क्षेत्र नं २ मा मतगणना शुरु हुन सकेन

काठमाण्डौँ क्षेत्र नं ५ मा पोखरेल अगाडि