• |

बाढी प्रभावित व्यक्तिको संख्या यकिन नहुँदा राहत वितरण प्रभावित

चितवन, २१ भदौ । चितवनमा बाढी प्रभावित व्यक्तिको संख्या यकिन नहुँदा राहत वितरण प्रभावित भएको छ । सरकारबाट प्राप्त प्रतिव्यक्ति दैनिक रु ७० राहत रकम, संख्या यकिन नहुँदा राम्ररी वितरण गर्न सकिएको छैन जसका कारण एउटा नगरपालिकाबाहेक अन्य नगरपालिका र भरतपुर महानगरमा घरधुरीको आधारमा मात्रै न्यून राहत उपलब्ध गराइएको जिल्ला विपद् व्यवस्थापन समिति चितवनका स्रोत व्यक्ति हरिबाबु ढकालले जानकारी दिए । जिल्लामा बाढीबाट ४९९ घर पूर्ण क्षति भएको तथ्याँक छ । तर ती घरमा कतिजना मानिस प्रभावित भएका छन् भन्ने तथ्याँक माडी नगरपालिकाबाहेक अन्यबाट आउन नसकेको ढकाल बताए ।

GEDSC DIGITAL CAMERA

माडीमा व्यक्ति संख्याका आधारमा रकम वितरण भएपनि अन्य क्षेत्रमा प्रभावित व्यक्ति संख्या प्राप्त नभएकाले क्षति भएको घरलाई एकजना मानेर अहिलेसम्म रु १४ लाख ६३ हजार ८४० राहत वितरण भएको छ ।

सरकारबाट प्राप्त रकम प्रतिव्यक्ति दैनिक रु ७० का दरले भदौ महिनाभरको ३१ दिनको हिसाब गरेर सो रकम उपलब्ध गराइएको छ । माडीमा भने १२३ घरधुरी पूर्ण क्षति भएकोमा ३२३ जना प्रभावित भएको तथ्याँक आएकाले उनीहरुका लागि रु सात लाख ९१० राहत वितरण भएको समितिले जनाएको छ ।

यस्तै, भरतपुर महानगरमा ८२ घरका लागि रु एक लाख ७७ हजार ९४०, रत्ननगर नगरपालिकामा १११ घरका लागि रु दुई लाख ४० हजार ८७०, खैरहनी नगरपालिकामा ३६ घरलाई रु ७८ हजार १३०, राप्ती नगरपालिकामा १३१ पीडित घरका लागि रु दुई लाख ८४ हजार २७० वितरण भएको ढकालले जानकारी दिए ।

इच्छाकामना गाउँपालिका र कालिका नगरपालिकाका पीडितलाई भने राहत वितरण बाँकी रहेको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ । भदौ महिनामा बाढी पीडितले प्रतिव्यक्ति रु दुई हजार १७० राहत पाउँछन् । अहिले घरधुरीअनुसारको रकम पठाएकाले तथ्याँक आएपछि अन्य बाँकीलाई राहत वितरण गर्ने विपद् समितिले जनाएको छ । चितवनका प्रमुख जिल्ला अधिकारी तथा विपद् व्यवस्थापन समितिका संयोजक नारायणप्रसाद भट्ट राहत वितरण प्रभावकारी गर्न निर्देशन दिएको बताए।

सम्बन्धित समाचार

बलात्कार गरेको आरोपमा एक पक्राउ

balakar-garne-pakrau-1

भोजपुर, १ कात्तिक । बलात्कार गरेको आरोपमा भोजपुर थिदिङ्खाका एक व्यक्ति पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यलय भोजपुरकाअनुसार बलात्कारी…

यमपञ्चकको दोस्रो दिन आज कुकुर तिहार

kukur_tihar_529267076

काठमाडौँ, १ कात्तिक । यमपञ्चकको दोस्रो दिन आज बिहान अरुणोदय कालमा नरक स्नान गरी यम दीप दान गरियो । कात्तिक…

चितवनमा मतदाता संख्या तीन लाख ५४ हजार

matadata-parichaya-patr

चितवन, १ कात्तिक । गत स्थानीय निर्वाचनपछि जिल्लामा मतदाताको संख्या बढेको छ । आउँदो मंसिर २१ मा हुन लागेको प्रतिनिधि…

जमुना घलेलाई भारी मत अन्तरले हराउँदै एनआरएनए अध्यक्षमा भट्ट विजयी

xBhaban-Bhatta1-17102017022504-1000x0.jpg.pagespeed.ic.KECtO2B-CN

काठमाण्डौँ, ३१ असोज । गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा भवन भट्ट विजयी भएका छन् । काठमाण्डौँमा जारी आठौं विश्व…

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

बलात्कार गरेको आरोपमा एक पक्राउ

दुई सय ६५ जनामा स्क्रब टाइफस, १८ जनामा डेंगु रोगको संक्रमण

यमपञ्चकको दोस्रो दिन आज कुकुर तिहार

चितवनमा मतदाता संख्या तीन लाख ५४ हजार

स्वास्थ्य संस्थाको चल र अचल सम्पत्ति अब स्थानीय तह मातहतलाई जिम्मा