• |

सहासिक खेल बन्जी जम्पको सम्भाव्यता अध्ययन शुरु

काठमाण्डौँ, २१ भदौ । कीर्तिपुर नगरपालिकाले पर्यटनको प्रवद्र्धनका लागि स्थानीय बल्खु खोलामा नजिकै सहासिक खेल बन्जी जम्पको सम्भाव्यता अध्ययन शुरु गरेको छ । कीर्तिपुर र तीनथानाको सिमानास्थलमा पर्ने त्यस क्षेत्रमा रहेको डाँडामा बन्जी जम्प संरचनाका लागि विस्तृत परियोजना प्रतिवेदन निर्माणको कार्य शुरु भएको छ । कीर्तिपुर नगरपालिका–२ स्थित उक्त क्षेत्रमा गरिएको भौगोलिक सर्भेक्षणबाट बन्जी जम्पका लागि उपयुक्त देखिएपछि नगरपालिकाले पर्यटकीय गन्तव्यका रुपमा विकास गरी आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने लक्ष्य राखेको छ ।

1441060194bungee-jump-in-Nepal.jpg

काठमाण्डौँ उपत्यकाबाट नजिक पर्ने त्यस क्षेत्रमा सो खेलको विकासका लागि आवश्यक पर्ने भौतिक पूर्वाधार निर्माणका लागि नगरपालिकाले चालु आवमा रु एक करोड विनियोजन गरेको नगर प्रमुख रमेश महर्जनले जानकारी दिए । विस्तृत परियोजना प्रतिवेदनपछि उक्त पूर्वाधार सम्पन्न गर्न के कति खर्च लाग्ने र कसरी निर्माण पूरा गर्ने भन्ने विषयमा टुंगो लाग्ने छ । नगरपालिकाले त्यहाँ गर्ने लगानीबाट त्यस क्षेत्र आसपासका स्थानीय लाभान्वित हुने र रोजगारीको अवसर बढ्ने विश्वास गरिएको छ ।

सम्बन्धित समाचार

विवादका कारण भक्तपुर क्षेत्र नं २ मा मतगणना शुरु हुन सकेन

download (4)

भक्तपुर, २२ मंसिर । भक्तपुर क्षेत्र नं २ मा विवादका कारण मतगणना कहीले शुरु गर्ने भन्ने अनिश्चित बनेको छ ।…

काठमाण्डौँ क्षेत्र नं ५ मा पोखरेल अगाडि

Ishwor-Pokhrel-e

काठमाण्डौँ, २२ मंसिर । काठमाण्डौँ निर्वाचन क्षेत्र नं ५ को प्रारम्भिक मतगणनामा वाम गठबन्धनका प्रतिनिधिसभाका उम्मेदवार ईश्वर पोखरेलले अग्रता लिएका…

मतपेटिकालाई लक्षित गरी दुईवटा बम विस्फोटन

download (3)

डडेल्धुरा, २२ मसिंर । डडेल्धुराको भित्रीमधेश क्षेत्रबाट मतपेटिका बोकी सदरमुकाम ल्याउँदै गरेको गाडीलाई लक्षित गरी बम विस्फोट गराइएको छ ।…

प्रकाशमान सिंहलाई कडा टक्कर दिदैं रविन्द्र मिश्र

download (2)

काठमाण्डौं, २२ मंसिर । काठमाडौं क्षेत्र नम्बर १ को प्रारम्भिक मतगणनामा विवकशील साझा पार्टीका रविन्द्र मिश्रले कांग्रेसका प्रकाशमान सिंहलाई कडा…

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

विवादका कारण भक्तपुर क्षेत्र नं २ मा मतगणना शुरु हुन सकेन

काठमाण्डौँ क्षेत्र नं ५ मा पोखरेल अगाडि

मतपेटिकालाई लक्षित गरी दुईवटा बम विस्फोटन

प्रकाशमान सिंहलाई कडा टक्कर दिदैं रविन्द्र मिश्र

मोरङमा मतगणना शुरु